ख्रीष्टाब्द
१९६९–१९७३ सम्म
चाल्र्स कोलसनले अमेरिकाका सैँतिसौँ
राष्ट्रपति रिचार्ड निक्सोनका कानुनी
सल्लाहकारको रूपमा काम गरेका
थिए । तिनी
प्रतिभावान् व्यक्ति थिए भन्ने
तथ्यलाई इन्कार गर्न सकिँदैनथ्यो
तर त्यो प्रायश:
राष्ट्रपति निक्सोनको अन्धकारपूर्ण पक्षलाई
उत्साह दिन लागु
हुन्थ्यो । निक्सोनको
प्रशासन कालमा कोलसन निकै
सांसारिक र डरछेरुवा
थिए । कोलसन
वाटरगेट
प्रकरणका एक
जिम्मेवार व्यक्ति थिए जुन
प्रकरणले गर्दा तिनले मात्र
कमाएन तर सात महिने जेल जीवन
पनि गुजार्नुपर्यो ।
तर
एउटा ख्रीष्टियान किताबले
तिनको जीवनमा आमूल
परिवर्तन ल्याइदियो । त्यो
पुस्तकको नाउँ हो,
मेएर
क्रिस्चियानिटी
। बिसौँ शताब्दीका
विख्यात रक्षाशास्त्री सी. एस.
लेविसद्वारा लिखित यस पुस्तकलाई
तिनले आफ्ना नजिकैको
मित्रबाट हात पारेका
थिए । बौद्धिक
अहम्बारे लेखकको प्रस्तुतीकरणले कोलसनलाई
प्रहार गर्यो र
ख्रीष्टाब्द १९७३ को
अगस्ट महिनामा तिनी
ख्रीष्टियान बने ।
त्यसपछि तिनी नयाँ
मान्छे भए ।
तिनका मूल्य मान्यताहरू
परिवर्तन भए ।
अब तिनले आफ्नो
अद्भूत खुबीलाई खराबीको निम्ति
होइन भलाइको निम्ति
प्रयोग गर्न थाले
।
ख्रीष्टाब्द
१९७६ मा तिनले
प्रिज्न
फेलोसिप
(झ्यालखानाका बन्दीहरूलाई सुसमाचार सुनाउने
संस्था) को स्थापना
गरे । हाल
विश्वव्यापी बनेको यो संस्था
तिनको आफ्नै जेल
जीवनको अनुभवबाट उदय भएको
थियो । तिनको
यस सेवा–कार्यबाट
लाखौँ मानिसहरूले सुसमाचार
सुन्ने मौका पाएका
छन् । तिनले
तिस ओटाभन्दा बेसी
कृतिहरू छाडेर गएका छन्
। ब्रेक पोइन्ट
नामक तिनको दैनिक
रेडियो कार्यक्रमबाट धेरैले प्रेरणा पाए
।
यसरी
आफ्नो अधिकारलाई बेइमानीपूर्वक
प्रयोग गर्दै आएका कूटनीतिज्ञको
दृष्टिकोणलाई ख्रीष्टियान शिक्षाले रूपान्तरण
ल्याएको थियो ।