ख्रीष्टाब्द
१६१८–१६४८ सम्म
मध्य युरोपमा जारी
श्रृङ्खलाबद्ध युद्धलाई युरोपेली इतिहासमा
तिस
वर्षे
युद्धको नाउँले
चिनिन्छ । यही
युद्धको बेलामा जर्मनीका पास्टर,
ईश्वरशास्त्रीसाथै भजन लेखक
पावल गेरहार्ड र
तिनको परिवार घर
छाडेर भाग्नु परेको
थियो ।
एक
रातको कुरो हो
। तिनीहरू कुनै
गाउँको सानो पौवामा
बसिरहेका थिए ।
घरबारविहीन अवस्थामा तिनीहरू भयभीत
थिए । तिनकी
पत्नी निराश हुँदै
चिच्च्याइन् । उनलाई
सान्त्वना दिन पावलले
परमेश्वरको प्रबन्ध र सुरक्षाबारे
धर्मशास्त्रका प्रतिज्ञाहरू उनलाई स्मरण दिलाइन्
। पास्टर आफै
एकलै बगैँचामा गए
। तिनले आफूलाई
सम्हाल्न सकेनन् र तिनी
पनि रोए ।
आफू जीवनकै अन्धकारपूर्ण
घडीमा आएको महसुस
गरे तिनले ।
त्यसको
लगत्तै तिनले एउटा बोझ
हटेर गई परमेश्वरको
ताजा उपस्थितिको महसुस
गरे । आफ्नो
कलम निकाली तिनले
भजनका यी शब्दहरू
कोरे जसले धेरैलाई
सान्त्वना दिएका छन्:
बतासलाई
तपाईंको भय प्रदान
गर्नुस्,
आशा
गर्नुस् र व्याकुल
नहुनुस् ।
परमेश्वरले
तपाईंको सुस्केरा सुन्नुहुन्छ र
तपाईंको आँसु गन्नुहुन्छ,
परमेश्वरले
तपाईंको शिर उँचो
पार्नुहुन्छ ।
तरङ्ग,
बादल र आँधीद्वारा
उहाँले
शान्तपूर्वक बाटो सफा
गर्नुहुन्छ ।
उहाँको
समयलाई पर्खनुस्,
यो
रात चाँडै नै
आनन्दमय दिनमा परिणत हुनेछ
।