menu bar

Thursday, August 6, 2015

इस्लामिक धर्मशास्त्र कुरआन पढेर ख्रीष्टियान बन्न प्रोत्साहान पाएका जोसेफको कथा



तिनको नाउँ हो, मारिया जोसेफ तिनी हाम्रो छिमेकी मुलुक भारतमा मुसलमान परिवारमा हुर्केका थिए तिनकी आमाले तिनी सानो छँदा नै तिनलाई परमेश्वरमा अर्पण गरेकी थिइन्

केरलामा दस वर्षसम्म दर्शनशास्त्र ईश्वरशास्त्र पढेका जोसेफ १८ वर्ष नपुग्दै मस्जिदमा गुरु बनेका थिए

कसैले तिनलाईयेशू को हुनुहुन्छ ?” भनेर सोधेपछि त्यसले तिनलाई पुन: कुरआन पढ्न अभिप्रेरित गर्यो तिनले कुरआनमा भएका ११४ अध्याय ,६६६ ओटा शब्दहरू पुरै पढे कुरआनमा इस्लाम धर्मका संस्थापक मोहम्मदको नाउँ केवल पटक येशूको नाउँ २५ पटक उल्लेख भएको पाए तिनले तिनको जिज्ञासा थियो, “येशूलाई किन यति धेरै ठाउँ दिइएको ?” कुरआनमा येशूकी आमा मरियमको बाहेक अन्य कुनै स्त्रीको नाउँ उल्लेख गरिएको छैन

अलमलमा परेका जवान मुस्लिम विद्वान् जोसेफले ख्रीष्टियमतको अनुसन्धान थाले तिनी एउटा ख्रीष्टियान जमघटमा उपस्थित भए जहाँ तिनले यूहन्ना :१२ लाई पढे, “तर जतिले उहाँ [येशू] लाई ग्रहण गरे उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो

जोसेफ केवल परमेश्वरको दास हुन चाहन्थेनन् ख्रीष्टियान विश्वासमा परमेश्वरलाईपिताभनी सम्बोधन गर्न मिल्थ्यो जुन अवधारणा इस्लाम धर्ममा एक प्रकाश वर्ष टाढा

तिनले ख्रीष्टियान विश्वासलाई अङ्गाले तर तिनको लागि नयाँ विश्वास सार्है महङ्गो साबित हुन पुग्यो तिनको परिवारले तिनीमाथि उग्र सतावट खन्याए तापनि परमेश्वरले तिनलाई अद्भूत रूपमा बचाउनुभएको तिनको गवाहीलाई युट्युबमा लाखौँ मानिसहरूले हेरिसकेका छन्      

Leave Your Comments Here.