menu bar

Sunday, August 16, 2015

टेलरअनुसार ख्रीष्टको प्रेम नै मिसनरी हुनुको उद्देश्य हो



मिसनरी भई चीनमा ५१ वर्ष बिताएका हडसन टेलरद्वारा स्थापित ओएमएफ इन्टरनेसनल नामक अन्तरसाम्प्रादायिक ख्रीष्टियान मिसनरी संस्था तिनको मृत्युपश्चात् संसारमै महानतम प्राटेस्टेन्ट मिसन एजेन्सी बन्यो तिनको समयमा चाइना इनल्यान्ड मिसन भनेर चिनिने यस संस्थाको निर्देशक छँदा मिसनको लागि दरखास्त दिएकाहरूलाई तिनी आफैले अन्तर्वार्ता लिने गर्थे

एक पटक तिनले केही निवेदकहरूलाई भेटे मिसनको निम्ति तिनीहरूको मनसाय जान्न चाहन्थे टेलर तिनले एक जनालाई सोधे, “किन तपाईं विदेशी मिसनरी भएर जाने इच्छा गर्नुहुन्छ ?” निवेदकको जवाफ थियो, “ जान चाहन्छु किनभने ख्रीष्टले हामीलाई सारा संसारमा गएर हरेक प्राणीलाई सुसमाचार सुनाउने आज्ञा दिनुभएको अर्कोको उत्तर थियो, “ जान चाहन्छु किनकि दसौँ लाख मानिसहरू ख्रीष्टविना नष्ट भइरहेका छन् अरूहरूले फरकफरक जवाफ दिए त्यसपछि टेलरले भने, “यी सबै मनसाय असलै छन् तर जाँच, परीक्षा, सङ्कष्ट सम्भाव्य मृत्युको सामना गर्नुपर्दा तपाईं चुक्नुहुनेछ तर एउटा मनसाय जसले तपाईंलाई सङ्कष्ट मृत्युमा पनि जीवितै राख्नेछ त्यो होख्रीष्टको प्रेम

Leave Your Comments Here.