ख्रीष्टियान
जगत्मा जर्ज मुलरलाई
प्रार्थनाको योद्धाको रूपमा चिनिन्छ
। उन्नाइसौँ शताब्दीको
आरम्भमा इङ्गल्यान्डमा जन्मेका मुलर ९२
वर्षको उमेरमा आफ्नो अनन्त
घरमा प्रवेश गरेका
थिए । तिनले
आफ्नो जीवन कालमा
१०,००० भन्दा
बेसी अनाथ बाल
बालिकाहरूको हेरचाह गरे ।
तिनले ११७ ओटा
स्कुलको स्थापना गरे जसमार्फत
एक लाख बिस
हजारभन्दा बढी बाल
बालिकाहरूले शिक्षा हासिल गरे
जसमध्ये अधिकांश अनाथ केटाकेटीहरू
थिए ।
जर्ज
मुलरले हरेक कुरोको
लागि प्रार्थना गर्थे
र परमेश्वरले त्यसको
जवाफ दिनुहुन्थ्यो भनेर
पनि अपेक्षा गर्थे
। आफ्नो जीवनको
पछिल्लो समयमा पुरै बाइबललाई
वर्षको चार पटक
पढेर सिद्धयाउने आदत
बनाएका मुलरले प्रार्थना र
बाइबल अध्ययनमा दैनिक
घण्टौँ बिताउँथे । दिन
प्रतिदिन परमेश्वरमाथि तिनको विश्वास मजबुत
हुँदै गइरहेको थियो
। तिनको जीवनमा
परमेश्वरले प्रार्थना सुन्नुभएका कैयौँ
रोचकसाथै प्रेरणादायी प्रसङ्गहरू छन्
। यहाँ हामी
एउटा प्रसङ्गलाई हेर्नेछौँ
।
एक
दिनको कुरो हो
। तिनले आफ्ना
पाँच जना साथीहरूका
लागि प्रार्थना गर्न
थाले । धेरै
महिना बितेपछि पाँच
जनामध्ये एक जनाले
प्रभु येशूमा विश्वास
गरे । दस
वर्षपश्चात् अर्का दुई जना
पनि येशूका अनुयायी
बने । चौथो
मानिसलाई प्रभु येशूमा आउन
२५ वर्ष लाग्यो
। आफ्नो मृत्यु
नहोउञ्जेलसम्म मुलर प्रार्थनामा
लागिरहे, पाँचौँ मित्रका लागि
। एक न
एक दिन ती
मित्रले प्रभु येशूलाई चिन्नेथिए
भन्ने अपेक्षासाथ मुलरले
ती साथीको लागि
५२ वर्षसम्म प्रार्थना
गरिरहे । मुलर
थाकेनन् । मुलरको
अन्त्येष्टिको केही समयपश्चात्
ती पाँचौँ मित्रले
पनि उद्धार पाए
।
“निरन्तर
प्रार्थना गरिरहो” (१ थेसलोनिकी
५:१७) भन्ने
प्रेरित पावलको अर्ती मुलरको
जीवनमा वास्तवमै लागु भएको
देखिन्छ ।