menu bar

Wednesday, August 19, 2015

४०० पटकभन्दा बेसी सन्डे स्कुलमा उपस्थित भएपछि येशूलाई अङ्गाल्ने ठिटो



छिमेकका केही केटाकेटीहरूको निमन्त्रणा पाएर एक जना बच्चा बालबालिकाहरूलाई बाइबल सिकाइने ठाउँमा गएछ ४०० ओटा आइतबार सन्डे स्कुलमा उपस्थित हुनका लागि त्यही मण्डलीमा धाएछ बस ड्राइभरले हरेक हप्ता उसलाई इमान्दारीपूर्वक त्यहाँ लैजाने गथ्र्यो यसरी हप्तैपिच्छे उसले आफ्नो उपस्थिति जनाए तापनि उसले कहिल्यै आफ्नो जीवन येशू ख्रीष्टमा समर्पित गरेको थिएन अन्तत: एउटा दिन आयो माध्यमिक स्कुलको विद्यार्थी छँदा उसले आफ्नो जीवन प्रभु येशूमा अर्पण गर्यो

त्यो ठिटोको नाउँ होनर्मन गेइस्लर हाल गेइस्लर ख्रीष्टियान ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री हुन् तिनी भेरिटास इभान्जलिकल सेमिनारी साउद्रन इभान्जलिकल सेमिनारीका सहसंस्थापक हुन् यी दुवै सेमिनारीहरू अन्तरसाम्प्रादायिक ख्रीष्टियान शैक्षिक संस्थाहरू हुन् लोयोला विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि हासिल गरेका गेइस्लर ९० भन्दा बेसी पुस्तकका लेखक, सहलेखकसाथै सम्पादक हुन्

ड्राइभरले त्यस ठिटोलाई ३९९ चोटि मण्डलीमा पुर्याएर पछि नलगिदिएको भए के हुन्थ्यो होला ? “यो केटो आत्मिक रूपमा फिटिक्कै बढेन त्यसैले उसको लागि मैले किन समय खेर फाल्ने ?” भनेर ड्राइभरले गुनासो गरेको भए के हुन्थ्यो होला ? तर ड्राइभरले त्यसो गरेन त्यो ठिटो अन्तत: विख्यात लेखकसाथै रक्षाशास्त्री बन्न पुगे           

Leave Your Comments Here.