menu bar

Saturday, August 1, 2015

येशू यस धरतीमा तरवार चलाउन आउनुभयो (मत्ती १०:३४) कि शान्ति ल्याउन (यूहन्ना १४:२७) ?



मत्ती १०:३४ मा प्रभु येशूले भन्नुभयो, “ पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई आएको हुँ जब कि अर्को ठाउँमा येशूले भन्नुभएको , “शान्ति तिमीहरूसँग छोडिराख्छु आफ्नो शान्ति तिमीहरूलाई दिन्छु संसारले दिएजस्तो तिमीहरूलाई दिँदिनँ तिमीहरूको ह्दय व्याकुल नहोस् भयभीत नहोस्” (यूहन्ना १४:२७) येशूका यी दुई ओटा भनाइहरूलाई हेर्दा उहाँको आगमनको उद्देश्यमा बेमेल खाएकोजस्तो देखिन्छ येशू किन आउनुभयो: तरवार चलाउन वा शान्ति स्थापित गर्न

धर्मशास्त्रको साक्षीलाई हेर्दा येशूले आफ्ना अनुयायीहरूलाई शान्ति प्रदान गर्न चाहनुहुन्थ्यो भन्ने तथ्य अखण्डनीय तलका यी केही पदहरूले यसको पुष्टि गर्छन् पावलले लेखे, “परमेश्वर हाम्रा पिता प्रभु येशू ख्रीष्टबाट अनुग्रह शान्ति” (फिलिप्पी :) येशूलाईशान्तिको राजकुमार” (यशैया :) भनिन्छ येशू हामीलाई शान्ति दिन चाहनुहुन्छ (यूहन्ना १४:२७)  

त्यसो भए मत्ती १०:३४ को अर्थ के हो ? एक अर्थमा येशू कोलाहाल मच्चाउन आउनुभएको थियो भन्ने उद्देश्यलाई पनि इन्कार गर्न सकिँदैन । मत्ती १०:३४ मा येशू आफ्ना चेलाहरूलाई व्याख्या गर्दै हुनुहुन्छ कि कतिपय अवस्थामा सुसमाचारले फुट ल्याउँछ एउटै परिवारमा छोरोले उहाँमाथि विश्वास गर्न सक्छ जब कि बुबाले नगर्न सक्छ आमाले विश्वास गर्न सक्छे भने छोरीले इन्कार गर्न सक्छे

हामीले उहाँको आगमनको वास्तविक उद्देश्य उहाँको आगमनले निम्त्याउन सक्ने आसन्न प्रभावबिचको भिन्नतालाई छुट्टयाउन सक्नुपर्छ उहाँमाथि विश्वास गरेपछि परमेश्वरका मानिसहरू संसारका मानिसहरूबाट अलग गरिन्छन् उहाँको आगमनको आखिरी उद्देश्य मानवीय ह्दय पृथ्वीमा शान्ति स्थापित गर्नु भए तापनि तत्कालको लागि त्यसले फुट ल्याउन सक्थ्यो    

Leave Your Comments Here.