प्रभु
येशू ख्रीष्ट क्रूसमा
झुन्ड्याइनुहुँदा उहाँका दायाँ र
बायाँ दुई जना
डाँकाहरू पनि उहाँसँगै
क्रूसमा टाँगिएका थिए ।
एक जनाले वा
दुवै जनाले येशूको
अपमान गरे भन्ने
सम्बन्धमा सुसमाचारका विवरणहरू बेमेल
भएको जस्ता देखिन्छन्
।
- मत्ती— “अनि उहाँसँग क्रूसमा झुन्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे” (मत्ती २७:४४) ।
- मर्कूस— “उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे” (१५:३२) ।
- लूका— “क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्यो, ‘के तिमी ख्रीष्ट होइनौ ? तिमी आफैलाई र हामीलाई बचाऊ’” (२३:३९) ।
यी
तिन ओटा प्रतिवेदनलाई
एक अर्कामा तुलना
गरेर पढ्दा हामी
प्रस्ट हुन्छौँ कि लेखकद्वय
मत्ती र मर्कूसका
भनाइअनुसार दुवै अपराधीहरूले
येशूको निन्दा गरे जब
कि लूकाको अभिलेखअनुसार
केवल एक जनाले
। कति जनाले
येशूको निन्दा गरे— एक
वा दुवै ?
सुरुमा
दुवै जना डाँकाले
मुक्तिदाताको अपमान गरे ।
सम्भवत: येशूको महानतालाई देखेर
पछि एक जनाचाहिँले
पश्चात्ताप गर्यो ।
येशू
क्रूसमा टाँगिनुहुँदा उहाँले भन्नुभएको थियो,
“हे पिता, यिनीहरूलाई
क्षमा गर्नुहोस्, किनकि
यिनीहरूले के गर्दैछन्
सो जान्दैनन्” (लूका
२३:३४) ।
क्रूसबाट येशूले बोल्नुभएका सात
ओटा वाणीमध्ये यो
पहिलो वाणीलाई क्षमाको
वाणी भनिन्छ ।
रोमी सिपाहीहरूलगायत अन्य
जति पनि येशूलाई क्रूसमा टाँग्न
संलग्न थिए तिनीहरूलाई
क्षमा दिइयोस् भनी
येशूले पितासँग बिन्ती गर्नुभयो
। येशूको उदाहरण
र वचनबाट प्रभावित
भई पश्चात्ताप नगर्ने
अपराधीलाई हप्काउँदै पश्चात्ताप गर्नेचाहिँले
भन्यो, “तँ पनि
त्यही दण्डमा परेको
छस्, तापनि परमेश्वरको
डर मान्दैनस् ? हाम्रो
दण्ड त न्यायोचित
छ, किनकि हामीले
त आफ्नो कामको
उचित फल भोगिरहेका
छौं, तर यी
मानिसले त केही
अनुचित काम गरेका
छैनन्” (लूका २३:४०–४१)
। पश्चात्तापी अपराधीको
निवेदनलाई स्वीकार गर्नुहुँदै येशूले
उसलाई प्रतिज्ञा गर्नुभयो,
“साँच्चै म तिमीलाई
भन्दछु, आजै तिमी
मसित स्वर्गलोकमा हुनेछौ”
(लूका २३:४३)
।
तब,
यी सबै विवरणहरूलाई
विश्लेषण गरी हामी
निष्कर्ष निकाल्न सक्छौँ कि
सुरुमा दुवै जनाले
येशूको अपमान गरे जसको
विषयमा मत्ती र लूकाले
अभिलिखित गरेका छन् ।
पछि दुईमध्ये एक
जनाले पश्चात्ताप गर्यो
जसको विषयमा लूकाले
लेखेका छन् ।