menu bar

Tuesday, August 11, 2015

बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएको राजा पत्ता लागेसँगै आलोचकहरू स्तब्ध



नाबोनिदस नवबेबिलोनी साम्राज्यका राजा थिए जसले ५५६५३९ ख्रीष्टपूर्वसम्म शासन गरेका थिए ५३९ ख्रीष्टपूर्वमा फारसका राजा कोरेसद्वारा तिनको पराजयसँगै नवबेबिलोनी साम्राज्य ढल्न पुग्यो तसर्थ, सेकुलर इतिहासले तिनलाई नै नवबेबिलोनी साम्राज्यका अन्तिम राजाको रूपमा उल्लेख गर्दै आएको थियो तर दानिएलको विवरणअनुसार बेलसजर अन्तिम राजा भएको जस्तो देखिन्छ, “बेलसजर राजाले आफ्ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए उनीहरूसित उनले दाखमद्य पिए” (दानिएल :)

केही इतिहासकारहरूले बाइबलमा उल्लिखित राजा बेलसजरलाई काल्पनिक पात्र ठानेका थिए बाइबलभन्दा बाहिरको कुनै पनि स्रोतले बेलसजरलाई बेबिलोनी राजाहरूको सूचीमा समावेश नगरेकोले सेकुलर इतिहासअनुसार नाबोनिदस नै नवबेबिलोनी साम्राज्यका आखिरी राजाको रूपमा देखिएकोले दानिएलको विवरणमा त्रुटि भनी बाइबलका आलोचकहरूले निष्कर्ष निकाल्दै आएका थिए

तर ख्रीष्टाब्द १८५४ को पुरातात्त्विक खोजले बाइबलका आलोचकहरूको त्यस निष्कर्षलाई गतिलो जवाफ दिएको जे. . टेलरले ऊर भनिने बाइबलीय सहर (आधुनिक इराकमा पर्ने) को निरीक्षण गर्दा तिनले माटोले बनेका चार ओटा सिलिन्डर फेला पारे छैटौँ शताब्दी ख्रीष्टपूर्वमा नाबोनिदसद्वारा यी सिलिन्डरहरूमा लिखित कीलाक्षरी लेखनले भवनहरूको पुनर्निर्माणसाथै इतिहासबारे चर्चा गर्छन् इतिहासकारहरूका लागि सबैभन्दा चकित पार्ने कुरो नाबोनिदसका जेठा छोरा बेलसजरको उल्लेख हो

बाइबलभन्दा बाहिर राजा बेलसजरको नाउँलाई उल्लेख गर्ने यो पहिलो सन्दर्भ हो अहिले हामीलाई प्रस्ट रूपमा थाहा कि बेलसजर नाबोनिदसका जेठा छोरा थिए जसले आफ्ना पिता बेबिलोनभन्दा बाहिर छँदा प्रतिशासकको रूपमा राज्य चलाएका थिए दानिएललाई राज्यको दोस्रो नभई किनतेस्रो सर्वोच्च शासक” (दानिएल :२९) भनी घोषणा गरियो भनेर पनि यसले व्याख्या गर्दछ यसरी बाइबलीय विवरण पुरातात्त्विक खोजबाट हामी निष्कर्ष निकाल्न सक्छौँ कि नाबोनिदस बेलसजर क्रमश: राजा प्रतिशासक थिए यस खोजले निर्वावाद रूपमा बाइबलको ऐतिहासिक सच्चाइलाई पुष्टि गरेको      



Leave Your Comments Here.