सूर्य,
ग्रह र पुछ्रेताराहरूको
यो ज्यादै सुन्दर
प्रणाली बौद्धिक र शक्तिशाली
व्यक्तित्वका बुद्धिबाट मात्र आउन
सक्छ ।
सर आइज्याक
न्युटन,
भौतिकशास्त्रीसाथै
गणितज्ञ
पाले
[अङ्ग्रेज दार्शनिक]
को बौद्धिक तर्क
र विश्वको उत्पत्तिसम्बन्धी
तर्कले परमेश्वरको अस्तित्वलाई प्रमाणित
गर्छन् र यो
रचना परमेश्वरले गर्नुभएको
हो भन्नाका लागि
विश्वको व्यवस्थितपनाले दरिलो साक्षी जुटाउँछ
।
एडवार्ड हेरिसन,
खगोलविद्साथै
विश्व–उत्पत्तिशास्त्रविद्
यस्तो
खालको सृष्टिलाई हेरी
परमेश्वरमाथि विश्वास नगर्नु मेरो
लागि असम्भव हुन्छ
।
जोन ग्लेन,
अन्तरिक्ष–यात्रीसाथै
इन्जिनिएर
जति
धेरै म प्रकृतिको
अध्ययन गर्दछु त्यति नै
धेरै सृष्टिकर्ताबारे चकित
पर्दछु ।
लुई पास्चर,
सुक्ष्म
जीवशास्त्री
हामी
देख्छौँ कि मानवीय
कालिगडले जस्तै परमेश्वरले व्यवस्थितपना
र नियममुताबिक संसारको
निर्माण गर्नुभयो अनि हरेक
कुरोलाई राम्ररी नाप्नुभयो ।
जोहानन केप्लर,
खगोलविद्साथै
गणितज्ञ
गुरुत्वाकर्षणले
ग्रहहरूको चाललाई व्याख्या गर्दछ
तर ती ग्रहहरूलाई
कसले चालमा स्थापित
गर्यो
भनी यसले व्याख्या
गर्न सक्दैन ।
सर आइज्याक
न्युटन,
भौतिकशास्त्रीसाथै
गणितज्ञ
अहिले
म विश्वास गर्दछु
कि असीमित बुद्धिद्वारा
यस विश्वलाई अस्तित्वमा
ल्याइयो । म
विश्वास गर्दछु कि विश्वका
जटिल नियमहरूले वैज्ञानिकहरूले
जेलाई परमेश्वरको समझ
भनेका छन् त्यसलाई
प्रदर्शन गर्दछन् । म विश्वास गर्दछु कि
जीवन र पुनरुत्पादन
ईश्वरीय स्रोतमा उत्पन्न हुन्छन्
। आधा शताब्दीभन्दा
बेसी समयसम्म मैले
नास्तिकवादको व्याख्या गरी यसको
पक्षमा वकालत गरे तापनि
किन म यी
कुराहरूमा विश्वास गर्दछु ? छोटो
उत्तर यही हो:
म यही देख्दछु
यही नै आधुनिक
विज्ञानबाट उदय भएको
विश्वको तस्बिर हो ।
एन्टोनी फ्लु,
दार्शनिक
डीएनए
कम्प्युटर प्रोग्रामजस्तै हो तर
हालसम्म सृजित कुनै पनि
सफ्टवेएरभन्दा यो विकसित
छ ।
बिल गेट्स,
आविष्कारकसाथै
कम्प्युटर
प्रोग्रामर
सृष्टिवादको
विपरीत बौद्धिक संरचना यसको
आफ्नै हकमा एउटा
विज्ञान हो र
यो आफ्नै खुट्टामा
खडा हुन सक्छ
।
विलियम ए.
डेम्ब्स्की,
गणितज्ञ,
दार्शनिकसाथै
ईश्वरशास्त्री
शून्यताबाट
यस्तो व्यवस्थितपनाको उदय
भयो भन्ने कुरा
मेरो लागि ज्यादै
असम्भव छ ।
व्यवस्थापन गर्ने सिद्धान्त विद्यमान
हुनैपर्छ । परमेश्वर
मेरो लागि रहस्य
हुनुहुन्छ तर केही
नहुनुको साटो किन
केही कुरो अस्तित्वमा
छ भन्ने आश्चर्यकर्मको
लागि उहाँ नै
व्याख्या हुनुहुन्छ ।
अलान सान्डेज,
खगोलविद्