menu bar

Tuesday, August 4, 2015

बाइबलीय विवरणसित सम्बन्धित ४,००० वर्ष पुरानो पुरातात्त्विक खोज



बाइबलीय पुरातत्त्वविद्याको क्षेत्रमा एब्ला शिलालेखहरूको उल्लेखनीय महत्त्व रहेको यस खोजले बाइबलीय ज्ञानमा थप प्रकाश छर्ने काम गरेको

माटोले बनेका ,८०० ओटा पत्रहरू, ,७०० टुक्राहरू अन्य हजारौँ साना चोइटाहरूको सङ्ग्रहलाई दिइएको नाउँ हो, एब्ला शिलालेखहरू सिरियाको एब्ला नाउँ गरेको प्राचीन सहरमा यो खोज पत्ता लागेको थियो उत्खननको क्रममा इटालीका पुरातत्त्वविद् पावलो मत्तिया उनको दलले ख्रीष्टाब्द १९७४१९७५ मा यी शिलालखेहरू फेला पारेका हुन् यी शिलालेखहरूलाई हाल सिरियाका विभिन्न सङ्ग्रहालयहरूमा राखिएका छन्  

बाइबलसित यस महत्त्वपूर्ण खोजको के सम्बन्ध रहेको ? दस्तावेजी सिद्धान्तका प्रतिपादकहरूले विगतमा सिकाउँदै आएका थिए कि मोशाको समय (,४०० ख्रीष्टपूर्व) मा लेख्ने चलनको विकास भइसकेको थिएन त्यसैले, बाइबलका ती अगिल्ला पाँच ओटा पुस्तकहरू ,४०० ख्रीष्टपूर्वतिर मोशाले नभई धेरै शताब्दीपछि अरूहरूले तयार पारेका हुन् भनी तिनीहरूले दाबी गर्दै आएका थिए तर एब्ला आविष्कारले छर्लङ्ग पारेको कि मोशाभन्दा हजार वर्षअगि नै व्यवस्था, रीतिरिवाज घटनाहरूलाई लेखेर राखिँदोरहेछ

एब्ला आविष्कारको अर्को महत्त्वपूर्ण योगदान उत्पत्ति १४ अध्यायसित जोडिएको जुन अध्यायलाई वर्षौंसम्म ऐतिहासिक ठानिएको थिएन यस अध्यायले एलामका राजा कदोर्लाओमेरसाथै मेसोपोटामियाका अन्य राजाहरूमाथि अब्राहामको विजयलाई उल्लेख गर्दछ यी राजाहरूलाई काल्पनिकसाथै सदोम, गमोरा, अदमा, सबोयीम सोअरजस्ता बेँसीका पाँच ओटा सहरहरूलाई मिथ्या ठानिएको थियो उत्पत्ति १४ अध्यायमा लेखिएको , “तब सदोम, गमोरा, अदमा, सबोयीम बेलाका (अर्थात् सोअरका) राजाहरू निस्केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू” (उत्पत्ति १४:) तर एब्ला पत्रहरूले बेँसीका यी पाँच ओटै सहरको नाउँ उल्लेख गरेका छन्, त्यो पनि उत्पत्ति १४ अध्यायले जस्तै उही क्रममा

इतिहाससित जोडिएका बाइबलका कतिपय विवरणहरूलाई बाइबलका आलोचकहरूले विश्वसनीय ऐतिहासिक अभिलेखको रूपमा इन्कार गर्दै आएको भए तापनि एकातिर पुरातात्त्विक खोज बाइबलीय विवरणसित मेल खाएको भने अर्कोतिर यसले बाइबलका ती विवरणहरूलाई ऐतिहासिक अभिलेखको रूपमा पुष्टि गरिदिएको       

Leave Your Comments Here.