menu bar

Monday, August 17, 2015

प्रार्थना गर्दै प्रभुको अनन्त घरमा प्रस्थान गरेका जोन नक्स



जोन नक्स सोर्हौँ शताब्दीका स्कटल्यान्डका सुधारवादी, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक थिए तिनलाई प्रेसबिटेरिएन सम्प्रदायको संस्थापकको रूपमा आदर गरिन्छ निर्भिक नक्सको परिवर्तनकारी दर्शनशास्त्रले अङ्ग्रेज प्युरिटनहरूमा अद्भूत प्रभाव पारेको थियो  

जीवनको अन्तिम घडीमा नक्स सिकिस्त बिरामी परेका थिए तिनले आफ्नी पत्नीलाई डाके यसो भने, “धर्मशास्त्रको त्यस खण्डलाई पढ जहाँ मैले पहिलो पटक भरोसा राखेको थिएँ यूहन्ना १७ अध्यायमा अभिलिखित येशूको सुन्दर प्रार्थनालाई सुनेपछि तिनलाई आफ्नो कमजोरी बिर्सेजस्तो लाग्यो तिनले प्रार्थना गर्न थाले तिनले आफ्ना सहकर्मीहरूका निम्ति इमान्दारीपूर्वक बिन्ती चढाए सुसमाचारलाई इन्कार गरेका ईश्वरविहीनहरूका लागि तिनले परमेश्वरलाई पुकारे भर्खरै प्रभुमा आएका मानिसहरूका लागि तिनले अन्तरबिन्ती चढाए सतावटको सामना गरिरहेका प्रभुका सेवकहरूको सुरक्षाको निम्ति तिनले अनुरोध गरे नक्सले प्रार्थना गरिरहँदा तिनको आत्मा प्रभुको घरमा प्रस्थान गर्यो

नक्स प्रार्थनाका योद्धा थिए तिनको विषयमा रानी मरियमले भनेकी थिइन्, “मेरा शत्रुहरूका सेनाभन्दा तिनका प्रार्थनाहरूदेखि डराउँछु ”  

Leave Your Comments Here.