फ्रान्सेली
सम्राट् नेपोलियन बोनापार्टले युरोपको
कामकाजमा उन्नाइसौँ शताब्दीको प्रारम्भमा
झण्डै एक दसकसम्म
कब्जा जमाएका थिए
।
मध्य
युरोपेली मुलुक अस्ट्रियाको फेल्डकर्च
नामक सहरका बासिन्दाहरू
के गर्ने भनेर
अन्यौलमा थिए ।
नेपोलियन बोनापार्टका विशाल सेनाले
त्यहाँ आक्रमण गर्ने तयारी
गर्दै थिए ।
उक्त सानो सहरको
सिमानाका टाकुराहरूमा नेपोलियनका सिपाहीहरू
तैनाथ भइसकेका थिए
। हतार–हतारमा
नागरिक परिषद् बोलाइयो, तिनीहरू
प्रतिरक्षाको लागि तयार
हुने वा सेतो
झण्डा हल्लाउँदै आत्म
समर्पण गर्ने भनी निधो
गर्न । यो
प्रभु येशूको पुनरुत्थानको
सम्झनास्वरूप उत्सव मनाइने इस्टर
सन्डेको दिनमा भएको थियो
। मानिसहरू स्थानीय
मण्डलीमा भेला भएका
थिए ।
पास्टर
खडा भई तिनले
यसो भने, “प्रिय
मित्रहरू, हामी आफ्नै
शक्तिमा अगाडि बढिरहेका छौँ
र त्यो प्रयास
असफल भएको प्रस्टै
छ । आज
प्रभुको पुनरुत्थानको दिन भएकोले
केवल घण्टीहरू बजाऔँ;
नियमित सङ्गति गरौँ अनि
बाँकी जिम्मा परमेश्वरको
हातमा सुम्पौँ ।
हामीलाई हाम्रो कमजोरी मात्र
थाहा छ तर
हाम्रो प्रतिरक्षा गर्नुहुने परमेश्वरको शक्ति
थाहा छैन ।”
पास्टरको योजनालाई मानिसहरूले स्वीकार
गरे अनि तिनीहरूले
मण्डलीका घण्टीहरू बजाए ।
शत्रुहरूले अकस्मात् त्यस्तो आवाज
सुनेपछि सहरको प्रतिरक्षाको लागि
रातमा अस्ट्रियाका सेना
आइपुगे भन्ने निष्कर्ष निकाले
। सेवा टुङ्गिनुअगावै
बोनापार्टका सेना त्यहाँबाट
प्रस्थान गरे ।