गन्ती
२२–२४ अध्यायहरूले
बालामको कथालाई वर्णन गर्छन्
। बओरका छोरा
बालामसित भविष्यवाणी बोल्ने क्षमता
थियो ।
इस्राएलीहरू
प्रतिज्ञाको देशतर्फ प्रस्थान गर्दै
थिए । तिनीहरू
अगाडि बढिरहेको खबरले
मोआबका राजा बालाक
भयभीत भए र
इस्राएलीहरूलाई सराप दिन
अगमवक्ता बालामलाई भाडामा लिने
निधो गरे तिनले
। तर परमेश्वर
सपनामा बालामकहाँ देखा पर्नु
भई उहाँले इस्राएल
जातिलाई सराप दिन
बालामलाई मनाही गर्नुभयो ।
अन्तत: परमेश्वरको अनुमति पाएर
बालाम आफ्नो गन्तव्यमा
पुग्छन् र तिनले
इस्राएलीहरूको पक्षमा सुन्दर ईश्वरवाणी
बोल्छन् ।
बाइबलभन्दा
बाहिर बालाम नाउँ
गरेको कुनै अगमवक्ताको
अभिलेख उपलब्ध थिएन ।
तसर्थ, बाइबलका आलोचकहरूले बालाम
र गधा बोलेको
घटनालाई काल्पनिक कथाको दर्जा
दिँदै आएका थिए
। तर बिसौँ
शताब्दीको उत्तराद्र्धमा फेला पारिएको
पुरातात्त्विक खोजले आलोचकहरूको यस
दृष्टिकोणलाई बदल्न बाध्य पारेको
छ ।
ख्रीष्टाब्द
१९६७ मा जोर्डनको
पूर्वी तटमा अवस्थित
डेर अल्ला नाउँ
गरेको सहरमा एउटा
खोज फेला पारियो
जसलाई बालामको शिलालेख
भनेर चिनिन्छ ।
यस शिलालेखमा बालाम
र तिनको भविष्यवाणीबारे
उल्लेख गरिएको छ । बाइबलीय अगमवक्ताबारे बताउने
यो नै हालसम्म
पत्ता लागेको प्राचीनतम
पुरातात्त्विक खोज हो
। करिब ८००
ख्रीष्टपूर्वको मिति दिइएको
यस शिलालेखलाई अहिले
जोर्डनको सिटाडेल सङ्ग्रहालयमा राखिएको
छ ।
अगमवक्ताको
रूपमा बालामको ख्याति
बाइबलीय विवरणसित स्पष्टत: मेल
खान्छ । जुन
भवनमा यस लेखोटलाई
फेला पारिएको थियो
त्यो सम्भवत: राजा
उज्जियाह (यशैया ६:१)
को शासनकालमा महाभूकम्पको
कारणले नष्ट भयो
। तर फेला
पारिएको लेखोट निकै पुरानो
जस्तो देखिन्छ र
यो शिलालेख पहिले
नै प्रचार प्रसारमा
आइसकेको पाठयांशको भागजस्तो देखिन्छ
। जुन ठाउँमा
बसेर बालामले इस्राएलीहरूको
पक्षमा ईश्वरवाणी बोलेको थियो
त्यो ठाउँ यस
शिलालेख पत्ता लागेको ठाउँबाट
३० माइल पनि
टाढा छैन ।
बालामको
शिलालेखको आविष्कारसँगै इस्राएलीहरूको प्रस्थान, उजाड–स्थानसाथै
प्रतिज्ञा देशमाथिको कब्जासित जोडिएका
घटनाहरूलाई काल्पनिक ठान्नेहरूलाई धक्का
पुगेको छ ।
अब यो प्रस्ट
भएको छ कि
बाइबलले भनेझैँ बालाम एक
ऐतिहासिक व्यक्ति थिए ।