menu bar

Saturday, August 15, 2015

अब्राहामबाट इश्माएल पहिले नै जन्मिसकेको भए तापनि कसरी इसहाक अब्राहामको “एउटै छोरो” हुन सक्छ (उत्पत्ति २२:२) ?



परमेश्वरले अब्राहामको विश्वासको जाँच गर्न खोज्नुहुँदा उहाँले अब्राहामलाई भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होमबलि गर्” (उत्पत्ति २२:) तर इसहाकको जन्म हुनुभन्दा धेरै वर्षअगि नै अब्राहामले हागारबाट इश्माएललाई जन्माइसकेका थिए, “अनि हागारले अब्राम [अब्राहामको पहिलेको नाउँ] को एक जना छोरो जन्माई हागारले जन्माएको आफ्नो छोराको नाउँ अब्रामले इश्माएल राखे” (उत्पत्ति १६:१५) इसहाक इश्माएलबाहेक अब्राहामका अन्य छोराहरू पनि थिए भनी बाइबलले हामीलाई बताउँछ, “तर आफू जीवित छँदै उन [अब्राहाम] का उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, आफ्ना छोरा इसहाकबाट छुट्टयाएर तिनीहरूलाई पूर्व देशतिर पठाइदिए” (उत्पत्ति २५:) अब्राहामबाट इसहाक जन्मनुभन्दा पहिले इश्माएल जन्मिसकेको भए तापनि कसरी इसहाक अब्राहामकोएउटै छोरोहुन सक्छ ? यो प्रश्न मुनासिब नै

निस्सन्देह उत्पत्ति २५ मा उल्लिखित अब्राहामका छोराहरू इसहाक जन्मेपछि मात्रै जन्मे तिनीहरू अब्राहामकी उपपत्नी कतूराका छोराहरू थिए उपपत्नीबाट जन्मेकाले तिनीहरू प्रतिज्ञाका उत्तराधिकारीहरू थिएनन् त्यसै गरी, इश्माएल पनि अविश्वासमा उपपत्नीबाटै जन्मेका छोरा थिए तिनी पनि प्रतिज्ञाका हकदार थिएनन् यस अर्थमा प्रतिज्ञाको हकदार केवल इसहाक थिए जसको विषयमा भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ” (हिब्रू ११:१८)

हामीले यो पनि बुझेको हुनुपर्छ कि इसहाक अब्राहामका विशेष अर्थात् अद्वितीय छोरा थिए तिनी यस अर्थमा अद्वितीय थिए कि तिनीद्वारा नै मसीहको आगमन हुनेथियो भनी प्रतिज्ञा गरिएको थियो (उत्पत्ति १७:१९२१)

विश्वास गर्नेहरू सबै नै परमेश्वरका सन्तान हुने भए (गलाती :२६) तापनि येशू ख्रीष्ट परमेश्वरकाएक मात्र पुत्र” (यूहन्ना :१६) हुनुहुन्छ जसरी येशू ख्रीष्ट परमेश्वरका विषेश पुत्र हुनुहुन्छ त्यसै गरी इसहाक अब्राहामका विशेष पुत्र थिए

उत्पत्ति २२: मा उल्लिखित शब्दएउटैको लागि प्रयोग भएको हिब्रू शब्द याकिद हो जसको अर्थ हुन्छ— “अद्वितीयवाविशेष इसहाक अब्राहामका विशेष अर्थात् अद्वितीय पुत्र थिए तिनी प्रतिज्ञाका सन्तान थिए यस अर्थमा इसहाक अब्रहामकाएउटै छोरोथिए   

Leave Your Comments Here.