उन्नाइसौँ
शताब्दीको पूर्वाद्धमा अमेरिकामा जन्मेका
भजन लेखक एच.
एल. हेस्टिङ्ग्स ख्रीष्टाब्द
१८४४ मा प्रशान्त
महासागरको दक्षिणमा पर्ने टापुको
देश फिजी पुगे
। त्यस समयमा
त्यहाँ मानवीय जीवन निकै
सस्तो थियो ।
वास्तवमै भन्नुपर्दा मान्छेको कुनै
मूल्य नै थिएन
। तपाईंले एउटा
मान्छेलाई ७०० रुपियाँमा
किन्न सक्नुहुन्थ्यो ।
एउटा
मान्छेलाई किनिसकेपछि तपाईंले उसलाई
चाहेअनुसार व्यवहार गर्न सक्नुहुन्थ्यो—
काममा दलाउन सक्नुहुन्थ्यो;
कोर्रा लगाउन सक्नुहुन्थ्यो; भोकभोकै
राख्न सक्नुहुन्थ्यो; वा
तपाईंले उसलाई खान पनि
सक्नुहुन्थ्यो । धेरैले
खाने गर्थे ।
धेरै
वर्ष बितेपछि ती
भजन लेखक पुन:
त्यही देशमा पुगे
। यस पटक
मान्छेको मूल्य कल्पना गर्नै
नसक्ने गरी बढेको
पाए तिनले ।
अब ७०० रुपियाँमा
मान्छे किन्न नपाउने भयो
। वास्तवमा, तपाईंले
एउटा मान्छेलाई करडौँ
रुपियाँमा पनि किन्न
नपाइने भयो ।
किन ? किनकि टापुको
त्यस देशको चारैतिर
१,२०० ओटा
मण्डली छन् जहाँ
ख्रीष्टको सुसमाचार प्रचार गरिन्छ
र हामी आफ्नै
होइनौँ तर दाम
तिरेर किनिएका हौँ
भनी मानिसहरूलाई सिकाइन्छ
।
मान्छेको
मासु खाने ती
फिजीका बासिन्दाहरू येशूको सुसमाचारको
प्रभावसँगै सभ्यताको भर्याङ चढ्दै
छन् । के
यो सुसमाचारको शक्तिको
प्रस्ट सकारात्मक प्रभाव होइन
र ?