menu bar

Saturday, August 8, 2015

आफ्नी छोरीहरूसँग लोतको यौन सम्बन्धलाई के बाइबलले अनुमोदन गर्छ (उत्पत्ति १९:३०–३८) ?



परमेश्वरले सदोम गमोरालाई नष्ट गर्नुअगि लोत तिनका छोरीहरू परमेश्वरको प्रकाश पाएर सदोमबाट भाग्न सफल भएका थिए यात्रामा लोतकी पत्नी अनाज्ञाकारी भएकीले उनको विनाश हुन पुग्यो लोत आफ्नी दुई छोरीका साथमा पहाडमा गएर बस्न लागे संसारको रीतिबमोजिम लोतका छोरीहरूले पतिहरू नपाउने डरले तिनीहरूले पितालाई मताएर आफ्ना पिताबाट सन्तान जन्माउने षड्यन्त्र रचे उत्पत्तिको उक्त विवरणअनुसार जेठी कान्छीबाट क्रमश: मोआब बेनअमी नाउँका छोराहरू जन्मे   

लोत तिनका छोरीहरूले पाप गरे भन्ने कुरामा कुनै प्रश्नै छैन तर हामीले के भुल्नुहुँदैन भने बाइबलमा उल्लिखित हरेक कुरोलाई बाइबलले अनुमोदन गर्दैन बाइबलको काम यसले जस्तो देख्छ त्यस्तै लेख्छ त्यसकारण, बाइबलमा प्रभुका महान् दासहरूका कमजोरीसाथै पापहरू पनि उदाङ्गो पारिएका छन् तर ती हाम्रो अनुसरणको लागि भने अवश्य होइन लोत तिनका छोरीहरूको क्रियाकलाप ठिक भएकोले त्यसलाई बाइबलमा लेखिएको होइन तर त्यो घट्न पुगेकोले उल्लेख गरिएको हो बाइबलले यस्तो अधर्मको समर्थन गर्दैन यस वाक्यलाई ध्यान दिएर पढ्नुस्बाइबल धर्मशास्त्रको सत्यता यसले जे प्रकट गर्छ त्यसमा पाइन्छ यसले जे अभिलिखित गर्छ त्यसमा होइन यस भिन्नतालाई बुझिएन भने बाइबलले पाप गर्न सिकाउँछ भनी गलत किसिमले निष्कर्ष निकाल्नुपर्ने हुन्छ परमेश्वरको इच्छाबाट होइन तर आफ्ना स्वार्थी इच्छाबाट उब्जेका यस्ता दुष्ट कार्यहरू हामीले नदोहोर्याऔँ भनेर तीहाम्रै शिक्षाको निम्ति लेखिएका हुन्” ( कोरिन्थी १०:११)

Leave Your Comments Here.