पावलले
चिनेको एक जना
मानिस (तिनी आफै
?) तेस्रो स्वर्गसम्म उचालिए भनी
तिनले बताएका छन्
(२ कोरिन्थी १२:१) ।
तिनको भनाइबाट प्रस्ट
हुन्छ कि पहिलो
र दोस्रो स्वर्ग
पनि अस्तित्वमा छन्
।
आज
हामीले विश्व अर्थात् युनिभर्सलाई
जुन दृष्टिकोणबाट बुझ्दछौँ
प्राचीन समयका मानिसहरूले त्यसरी
बुझ्दैनथ्ये । तिनीहरूले
त्यसरी नै लेखे
जसरी तिनीहरूले बुझे
। स्वर्गको बारेमा
उल्लेख गर्ने पदहरूलाई एकत्रित
गरी अध्ययन गर्दा
हामी यही निष्कर्षमा
पुग्छौँ कि बाइबलले
तिन ओटा बेग्लाबेग्लै
स्वर्गको चर्चा गरेको छ
।
१. पहिलो
स्वर्ग—
पृथ्वीको
वायुमण्डल
पहिलो
स्वर्गमा पृथ्वीको वरिपरिको वायुमण्डल
पर्दछ । प्राविधिक
भाषामा यसलाई न्यूनमण्डल (अर्थात्
ट्रोपोस्फेएर)
भनिन्छ । यो
पृथ्वीको वायुमण्डलको सबैभन्दा तल्लो
भाग हो ।
यो पृथ्वीको सतहदेखि
झण्डै बिस माइल
माथिसम्म फैलिएको छ । यो त्यही
स्थान हो जहाँ
हामी सास फेर्छौं;
हामीले वृष्टि पाउँछौँ अनि
चराचुरुङ्गीहरू रमाउँछन् । यस
स्वर्गको बारेमा चर्चा गर्ने
तलका यी केही
पदहरू हुन्:
- परमप्रभुले आकाश [अङ्ग्रेजीमा ह्याभेन्स अर्थात् स्वर्ग], आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ । तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ (व्यवस्था २८:१२) ।
- तिनले फेरि प्रार्थना गरे, र आकाश [अङ्ग्रेजीमा ह्याभेन अर्थात् स्वर्ग] बाट वर्षा भयो, र भूमिले उब्जनी दियो (याकूब ५:१८) ।
२. दोस्रो स्वर्ग— अन्तरिक्ष
यो
पृथ्वीको वायुमण्डलभन्दा बाहिरको स्थान हो
जसलाई अन्तरिक्ष भनिन्छ
। यहीँ नै
सूर्य, चन्द्रमासाथै ताराहरू छन् ।
- तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन् । उहाँले आकाश [अङ्ग्रेजीमा ह्याभेन्स अर्थात् स्वर्ग] मा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ (भजनसंग्रह १९:४) ।
- आकाश [अङ्ग्रेजीमा ह्याभेन अर्थात् स्वर्ग] का ताराहरू र तिनका तारापुञ्जले आफ्नो चमक दिनेछैनन् । सूर्य पनि उदय हुँदाहुँदै अँध्यारो हुनेछ, र चन्द्रमाले ज्योति दिनेछैन (यशैया १३:१०) ।
३. तेस्रो स्वर्ग— परमेश्वरको वासस्थान
यो
त्यो ठाउँ हो
जहाँ परमेश्वर बास
गर्नुहुन्छ । परमेश्वर
सर्वव्यापी हुनुभएकोले उहाँ कुनै
एउटा निश्चित भूगोलमा
सिमित नहुनु भए
तापनि उहाँ स्वर्गमा
बास गर्नुहुन्छ भनी
धर्मशास्त्रले बताउँछ ।
- यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् (मत्ती ५:१६) ।
- अब हामीले भन्न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ (हिब्रू ८:१) ।
माथिका यी खण्डहरूबाट हामी बुझ्छौँ कि बाइबल धर्मशास्त्रमा तिन ओटा बेग्लाबेग्लै किसिमका स्वर्गको उल्लेख गरिएको छ यद्यपि नेपाली बाइबलमा पहिलो र दोस्रो किसिमको स्वर्गलाई उल्लेख गर्न “आकाश” भनी अनुवाद गरिएको छ । पृथ्वीको वरिपरिको वायुमण्डल पहिलो स्वर्ग हो जहाँबाट हामी वृष्टि पाउँछौँ । त्यसभन्दा माथिको भाग दोस्रो स्वर्ग अर्थात् अन्तरिक्ष हो जहाँ सूर्यलगायतका आकाशीय पिण्डहरू छन् । तेस्रो स्वर्ग परमेश्वरको वासस्थान हो ।