यदि
डार्बिनवाद साँचो हो भने
जीवनको कुनै उद्देश्य
वा अर्थ छैन;
नैतिकता भन्ने कुरो छैन;
मानव–जाति र
जनावरको बिचमा कुनै गुणात्मक
भिन्नता छैन; मृत्युपछि
कुनै जीवन छैन
र मानवीय इतिहासको
कुनै उद्देश्य छैन
। अब, मानव–जाति विकसित
हुँदै यस अवस्थामा
आइपुगे या तिनीहरू
विकसित भएनन् भन्ने कुरोले
वास्तवमै केही फरक
पार्दैन भनी तपाईं
मलाई बताउन खोज्दै
हुनुहुन्छ ?
ग्रेग कुल
मानव
शरीरमा भएको एउटै
मात्र जीवित कोष
पनि न्युयोर्क सहरभन्दा
जटिल छ ।
लिनुस पाउलिङ,
जीवशास्त्री,
जीव–रसायनशास्त्री,
लेखकसाथै
नोबेल
पुरस्कार
विजेता
एउटा
मानवीय कोषमा ब्रिटानिका विश्वकोशको
३० ओटै ठेलीको
तिन या चार
गुणा जानकारीलाई भण्डारण
गर्ने क्षमता हुन्छ
।
रिचार्ड डाउकिन्स,
विकासवादी
जीवशास्त्रीसाथै
लेखक
मानवीय
डीएनएमा ब्रिटानिका विश्वकोशमाभन्दा बेसी
व्यवस्थित जानकारी हुन्छन् ।
यदि अन्तरिक्षबाट विश्वकोशको
पुरै पाठ्यांश कम्प्युटर
कोडमा आइपुग्ने हो
भने मानिसहरूले यसलाई
पृथ्वी बाहिरको प्राणीको अस्तित्वको
प्रमाणको रूपमा हेर्छन् ।
तर त्यही कुरो
प्रकृतिमा देख्दा [डार्बिनवादीहरूद्वारा] यसलाई उद्देश्यविनाको
शक्तिको कामको रूपमा व्याख्या
गरिन्छ ।
जर्ज सिम
जोनसन,
लेखक
डीएनए
कम्प्युटर प्रोग्रामजस्तै हो ।
तर यो हामीले
सृजना गरेको कुनै
पनि सफ्टवेएरभन्दा निकै
जटिल छ ।
बिल गेट्स,
माइक्रोसफ्टका
संस्थापक
यो
हामीलाई सधैँ छक्क
पार्ने कुरो हो
कि हामी नर्सरी
स्कुलमा छँदा भ्यागुता
राजकुमारमा परिवर्तन हुने कुरो
नर्सरी स्कुलमा सिकाइने दन्त्य
कथा थियो भनी
तिनीहरूले हामीलाई सिकाए ।
तर जब हामी
कलेजमा गयौँ तिनीहरूले
हामीलाई बताए कि
भ्यागुता राजकुमारमा परिवर्तन हुने
कुरो विज्ञान थियो
।
रोन कार्लसन
र
एड
डेकर
मलाई
लाग्छ कि पचास
वर्षभन्दा बेसी डीएनएको
बारेमा गरिएको खोजले संरचनाको
लागि नयाँ र
अत्यधिक शक्तिशाली तर्कको लागि
सामग्रीहरू जुटाएको छ ।
एन्टोनी फ्लु,
दार्शनिकसाथै
लेखक
पृथ्वीमा
जीवको उदय जसरी
भएको भए तापनि
जैविक यौगिकहरूको घोलबाट
जीवको उदय भयो
भन्ने साधारणत: बुझिएको
अवधारणा ज्यादै असम्भव परिकल्पना
हो भन्ने कुरो
प्रस्ट हुँदै गइरहेको छ
। तसर्थ, हामी
यस दृश्यलाई उचित
रूपमा “पूर्वजैविक रसको मिथ”
भन्न सक्छौँ ।
चाल्र्स बी.
थाक्सटोन,
वाल्टर
एल.
ब्राड्ली
र
रोजर
एल.
ओलसेन
पृथ्वीमा
अजैविक पदार्थबाट आफसे आफ
जीवको उदय भयो
भन्ने धारणा दृढ
सरलीकरण सिद्धान्तमा भन्नुपर्दा केवल
विश्वासको कुरो हो
र यो पूर्णत:
विचारधारामा आश्रित छ ।
हुबर्ट योकी,
भौतिकशास्त्रीसाथै
प्राध्यापक
जैविक
यौगिकहरूको घोलबाट पृथ्वीमा जीवको
उदय भयो भन्ने
अवधारणा केवल धर्म
सिद्धान्त हो जसलाई
फ्याँक्न वैज्ञानिकहरूलाई मुश्किल परिरहेको छ
। वर्तमान समयमा
यसको समर्थनको लागि
कुनै परीक्षणात्मक साक्षी
छैन । वास्तवमा,
अजैविक पदार्थबाट जीवको सृजना
गर्ने सबै प्रयास
पास्चरको समयदेखि असफल भएका
छन् ।
चन्द्र विक्रम
सिंह,
गणितज्ञ,
खगोलविद्साथै
अन्तरिक्ष
जीवशास्त्री