menu bar

Wednesday, October 7, 2015

येशू ख्रीष्टले आफ्नो अनमोल रगतद्वारा हामीलाई छुटकारा दिनुभएको छ



ख्रीष्टाब्द १८३६ मा अमेरिकामा जन्मेका अदोनिराम जडसन प्रचारक, लेखकसाथै बाइबल अनुवादक थिए तिनी बर्मामा मिसनरी भएर गएका थिए

जडसन अमेरिकामा पास्टर हुँदा तिनले मण्डलीको सामुन्ने एक जना जवान केटोलाई भेटे जसले आफूसित एउटा खिया लागेको पिँजडा बोकिरहेको थियो पिँजडाभित्र थुप्रै चराहरू डरले पखेटा फटफटाउँदै थिए

जडसनले सोधपुछ गरे, “यी चराहरू तिमीले कहाँबाट ल्याएको ?”

मैले तिनलाई बारीमा पासोमा पारेको”, केटोले जवाफ फर्कायो

तिमी यी चराहरूलाई के गर्छौंभन्ने जडसनको प्रश्नमा केटोले उत्तर दियो, “ तिनीहरूसँग खेल्नेछु अनि मलाई लाग्छ, हाम्रो घरमा एउटा बिरालो तिनलाई त्यसको आहारा हुन दिनेछु

जडसनले पैसा तिरेर ती चराहरूलाई किन्ने मनसाय व्यक्त गर्दा केटो यसो भन्दै चिच्च्याए, “तपाईं तिनलाई चाहनुहुन्न यी जङ्गली चराहरू हुन् जसले राम्ररी गाउन सक्दैनन्

तिमीलाई पिँजडा चराहरूको लागि अमेरिकी डलर दिन्छु”, जडसनले मूल्य चुकाउन खोजे

जडसनले पिँजडासहित ती चराहरू किने अनि केटो खुसी हुँदै, उफ्रँदै आफ्नो बाटो लाग्यो जडसन मण्डली भवनको पछाडिपट्टि गए; तिनले पिँजडाको ढोका खोले अनि ती चराहरूलाई पिँजडाबाट मुक्त गरिदिए

आगामी आइतबार जडसनले आफूसँगै रित्तो पिँजडा लिएर पुल्पिटमा गए कसरी येशू ख्रीष्ट हराएकाहरूलाई खोज्न आउनुभएको हो भन्ने सम्बन्धमा तिनले आफ्नो यस अनुभवलाई उपमाको रूपमा प्रयोग गरे पुल्पिटबाट पास्टर जडसनले यसो भन्दै थिए, “‘यी चराहरूले गाउन सक्दैनन् भनी केटोले मलाई भन्दै थियो तर जब मैले तिनलाई मुक्त गरिदिएँ तिनीहरू आकाशतिर जाँदै थिए लाग्थ्यो तिनीहरूलेहामीले छुटकारा पायौँ; छुटकारा पायौँ; छुटकारा पायौँभनेर गाउँदै थिए

येशू ख्रीष्ट क्रूसमा मर्नुहुँदा उहाँले रगत बगाउनुभयो अनि उहाँले आफ्नो अनमोल रगतद्वारा हामीलाई छुटकारा दिनुभयो

Leave Your Comments Here.