menu bar

Friday, October 9, 2015

मदर टेरेसाको जीवनबाट प्रभावित भई विश्व विख्यात पत्रकार ख्रीष्टियान बने



ख्रीष्टाब्द १९०३ मा इङ्गल्यान्डमा जन्मेका माल्कोम पत्रकार, लेखक, सञ्चारकर्मीसाथै व्यङ्ग्यकार थिए दोस्रो विश्वयुद्धमा तिनले ब्रिटिस सरकारको लागि सेना जासुसीको रूपमा काम गरे पाँच जना सन्तानमध्ये साहिँलो छोरोको रूपमा जन्मेका माल्कोम साम्यावादी शिक्षाबाट आकर्षित थिए तर जीवनको यात्रामा उकालीओराली गर्ने क्रममा तिनको भेट मदर टेरेसासित हुन पुग्यो जसको जीवनले तिनको दृष्टिकोण मात्र परिवर्तन गरिदिएन तर तिनले नयाँ धर्मलाई नै अङ्गाल्न पुगे

माल्कोमले पहिलो पटक ख्रीष्टाब्द १९६७ मा मदर टेरेसालाई भेटेका थिए, बीबीसीको लागि मदरको अन्तर्वार्ता लिने क्रममा परोपकारको क्षेत्रमा नाउँ कमाएकी मदरले ख्रीष्टाब्द १९७९ मा नोबेल शान्ति पुरस्कार जितेकी थिइन् माल्कोमद्वारा उनीसित लिइएको अन्तर्वार्ता यति लोकप्रिय हुन पुग्यो कि त्यसको एक वर्षपश्चात् माल्कोमको फिल्मी टोली भारतको कलकत्ता आएपुगे, एउटा डकुमेन्ट्री फिल्म बनाउन त्यहीँ नै मदर टेरेसाले मिसनरीको रूपमा काम गरिरहेकी थिइन् समथिङ्ग ब्युटिफुल फर गड नामक उक्त फिल्म कलकत्ताका गरिबहरूको बिचमा भएको मदरको कामको बारेमा थियो मदरसित बिताएका ती क्षणहरू सन्देहवादी माल्कोमको जीवनमा यति प्रभावशाली भए कि मदरको प्रभावमा परेर तिनले ख्रीष्टियान विश्वासलाई अङ्गाले

आफ्नो जीवनको अधिकांश समय अज्ञेयवादी रहेका माल्कोमले ख्रीष्टाब्द १९६९ मा जिसस रिडिसकभर्ड नामक पुस्तकको प्रकाशन गरी आफू ख्रीष्टियान भएको घोषणा गरे तिनले येशूको बारेमा थप दुई पुस्तक पनि प्रकाशित गरेका छन्        

Leave Your Comments Here.