menu bar

Thursday, October 1, 2015

परमेश्वरले प्रार्थनाको उत्तर दिनुभएका १० ओटा मन छुने उदाहरणहरू



के परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ ? निस्सन्देह, यसको उत्तर सकारात्मक हुन्छ बाइबलमा परमेश्वरले प्रार्थनाको जवाफ दिनुभएका मनग्गे उदाहरणहरू पाइन्छन् जसबारे बाइबलका विद्यार्थीहरू सचेत छन् तर यहाँ हामी परमेश्वरले इतिहासमा प्रार्थनाको जवाफ दिनुभएका १० ओटा घतलाग्दा नमुनाहरूलाई हेर्नेछौँ  

. परमेश्वरले विश्वासीहरूको प्रार्थना सुन्नुभयो 
लुन पुबुआनक एक जना स्थानीय मिसनरीको नाउँ हो जसले थाइल्यान्डको उत्तरपूर्वमा अवस्थित कालासिन प्रान्तको एउटा गाउँमा प्रभुको सेवा गरिरहेका थिए एक दिन आइतबार तिनीहरूले आराधना सेवा गरिरहँदा गाउँका स्थानीय अगुवाहरू आएर सेवालाई बिथोलिदिए तीमध्येको एक जना अगुवाले भने, “यदि तपाईंले आफ्नो परमेश्वरलाई वृष्टिको लागि बिन्ती चढाउनुभयो उहाँले हामीलाई वृष्टि दिनुभयो भने हाम्रा सबै मानिसहरूले तपाईंको परमेश्वरलाई पुज्नेछन् हामी सबै नै ख्रीष्टियान हुनेछौँ तिनीहरूको भनाइप्रति लुनलाई सुरुमा विश्वास लागेन त्यसैले तिनले भने, “तपाईं जीवित परमेश्वरसित ठट्टा गर्न सक्नुहुन्न तर अगुवाचाहिँले कसम खाँदै भने, “यदि हामीले आफ्नो प्रतिज्ञा पुरा गरेनौँ भने परमेश्वरले हामीमाथि न्याय ल्याउनुभएको होस् त्यसपछि ख्रीष्टियानहरूले तुरुन्तै उपवास प्रार्थनामा समय बिताउन थाले परमेश्वरले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो चौथो दिनमा बेसरी पानी पर्यो पानी यति धेरै परेको थियो कि गाउँलेहरूले येशू नै साँचो जीवित परमेश्वर हुनुहुन्छ भनी स्वीकार गरे गाउँमा भएका सबै १३४ परिवार नै ख्रीष्टियान बने

. परमेश्वरले टोरीको प्रार्थना सुन्नुभयो
लाग्थ्यो, टोरीका जेठो दाजुले प्रभुलाई कहिल्यै विश्वास गर्दैनथ्ये तर प्रार्थनामा औधी विश्वास गर्ने टोरीले आफ्नो दाजुको परिवर्तनको निम्ति १५ वर्षसम्म निरन्तर रूपमा प्रार्थना गरिरहे तिनले दाजुको लागि प्रार्थना गर्न एक दिन पनि छुटाएनन् जाडो महिना थियो अमेरिकाको सिकागो सहरमा टोरी घुँडा टेकेर प्रार्थना गरिरहँदा तिनले परमेश्वरको आवाज सुने, “मैले तिम्रो प्रार्थना सुनेको छु अब तिमीले प्रार्थना गर्नुपर्दैन तिम्रो दाजुले विश्वास गर्नेछन् दुई हप्तापछि टोरीका दाजु तिनको घरमा आए तिनी बिरामी परेका थिए त्यसैले तत्कालै घर छाडेर जान सक्ने अवस्थामा थिएनन् घरबाट प्रस्थान गर्नुभन्दा ठिक एक दिनअगि विख्यात प्रचारक डी. एल. मुडीको अफिसमा टोरीका दाजुले आफ्नो जीवन प्रभु येशूमा सुम्पे

. परमेश्वरले एउटी महिलाको प्रार्थना सुन्नुभयो
कप्तानको अनुरोधनमा पास्टर एफ. बी. मेएरलेउत्तर प्राप्त प्रार्थनाशीर्षकमा वचन बोले स्रोताको रूपमा एक जना अज्ञेयवादी पनि थिए उसका साथीहरूले उसलाई सोध्यो, “डा. मेएरको प्रवचनको विषयमा तपाईंको के राय ?” अज्ञेयवादीले जवाफ दियो, “उहाँले भन्नुभएको एउटै वचनमा पनि मेरो विश्वास छैन त्यही दिन पास्टर सेवाको लागि अर्को ठाउँमा पनि गए सेवाको थालनीअगि अज्ञेयवादीले आफ्नो गोजीमा दुई ओटा सुन्तला हाल्यो जाँदै गर्दा उसले बाटोमा एक जना महिलालाई सुतिरहेको भेट्टायो जसका हत्केलाहरू खुला थिए ठट्टा गर्ने उद्देश्यले उसले महिलाको हत्केलामा ती दुई ओटै सुन्तला राखिदियो सङ्गति सकिएपछि महिलाले एउटा सुन्तलालाई मजाले खाइरहेको भेट्टायो उसले मुस्कुराउँदै उसले महिलालाई भन्यो, “तपाईंले निकै मिठो मान्दै सुन्तला खाँदै हुनुहुन्छ जस्तो बातचितको अन्त्यमा महिलाले व्याख्या गरी, “यो सामुद्रिक यात्रामा मलाई कैयौँ दिनसम्म वाकवाकी लागिरहेको थियो मलाई सुन्तला पठाइदिनुस् भनी मैले परमेश्वरलाई बिन्ती चढाएको थिएँ मलाई लाग्छ, प्रार्थना गर्दागर्दै निदाएँ जब ब्युँझेँ, मलाई उहाँले एउटा मात्र नभएर दुई ओटा सुन्तला पठाइदिनुभएछ !” अज्ञेयवादी अवाक् भयो पछि उसले येशू ख्रीष्टमाथि विश्वास गर्यो

. परमेश्वरले जर्ज मुलरको प्रार्थना सुन्नुभयो    
एक दिनको कुरो हो जर्ज मुलरले पाँच जना साथीहरूका लागि प्रार्थना गर्न थाले धेरै महिना बितेपछि पाँच जनामध्ये एक जनाले प्रभु येशूमा विश्वास गरे दस वर्षपश्चात् अर्का दुई जना पनि येशूका अनुयायी बने चौथो मानिसलाई प्रभु येशूमा आउन २५ वर्ष लाग्यो आफ्नो मृत्यु नहोउञ्जेलसम्म मुलर प्रार्थनामा लागिरहे, पाँचौँ मित्रका लागि एक एक दिन ती मित्रले प्रभु येशूलाई चिन्नेथिए भन्ने अपेक्षासाथ मुलरले ती साथीको लागि ५२ वर्षसम्म प्रार्थना गरिरहे मुलर थाकेनन् मुलरको अन्त्येष्टिको केही समयपश्चात् ती पाँचौँ मित्रले पनि उद्धार पाए
   
. परमेश्वरले मुलरको प्रार्थना सुनी कुहिरो हटाइदिनुभयो  
ख्रीष्टाब्द १८७७ को अगस्ट महिनामा जर्ज मुलर पानी जहाजबाट संसारको दोस्रो ठुलो एटलान्टिक महासागर पार गर्दै थिए तिनी चढेको जहाज बाक्लो कुहिरोभित्र प्रवेश गर्यो आगामी दिनको मध्यान्हसम्ममा मुलरलाई क्यानडाको क्युबेक पुग्नुपथ्र्यो भनी तिनले जहाजका कप्तानलाई बताए तर सुरक्षाको खातिर कप्तानले जहाजको गतिलाई कम गर्दै थिए भनी तिनले मुलरलाई जवाफ दिए त्यसो हुँदा मुलरलाई ढिलो हुने निश्चित थियो कुहिरो हटोस् भनी प्रार्थना गर्नका लागि जहाजको कुनै एउटा कोठा पाऊँ भनी मुलरले कप्तानलाई अनुरोध गरे त्यसो गर्नु समयको बरबादी मात्र हो भनी दाबी गर्दै कप्तान पनि मुलरको पछिपछि लागे मुलरले प्रार्थना गरिसकेपछि कप्तानले पनि प्रार्थना गर्न थाले तर मुलरले तिनलाई रोके, आंशिक रूपमा कप्तानको अविश्वासको कारणले मूलत: परमेश्वरले प्रार्थनाको जवाफ दिइसक्नुभएको थियो भन्ने मुलरको विश्वासको कारणले तिनीहरू माथि उक्लँदा देखे कि कुहिरो साँच्चै नै हटिसकेको रहेछ त्यसको केही समयपछि कप्तान ख्रीष्टियान बने       

. परमेश्वरले बालबालिकाहरूको प्रार्थना सुन्नुभयो 
एक जना मिसनरीले भनेको कथा हो यो हाम्रो मिसन स्टेसनमा भएकी एउटी महिलाले गर्भ अवधि पुरा नभईकन एउटा बच्चा जन्माई बच्चालाई जीवित राख्न हामीले इन्क्युबेटरको निर्माण गर्ने कोसिस गर्यौँ तर हामीसँग भएको एउटै मात्र तातो पानी राख्ने बोतल मर्मत हुन नसक्ने अवस्थामा थियो त्यसैले हामीले बालबालिकाहरूलाई त्यो बच्चा उसकी दिदीको निम्ति प्रार्थना गर्न अनुरोध गर्यौँ एक जना केटीले बिन्ती बिसाई, ‘हे परमेश्वर, हामीलाई आज नै एउटा तातो पानी राख्ने बोतल पठाइदिनुस् भोलिसम्म ढिलो हुनेछ किनकि त्यसबेलासम्म बच्चा मरिसक्नेछ हे प्रभु, दिदीको निम्ति एउटा गुडिया पनि पठाइदिनुस् ताकि उसले एकलोपनको महसुस नगरोस् ’” त्यही दिन दिउँसो इङ्गल्यान्डबाट एउटा ठुलो पोको आइपुग्यो जसमा पानीको बोतल गुडिया दुवै समावेश थिए

. परमेश्वरले मुलर अनाथहरूको प्रार्थना सुन्नुभयो 
एक दिनको कुरो हो जर्ज मुलरको अनाथालयमा खाजा थिएन किन्नको लागि पैसा पनि थिएन तर ती अनाथ केटाकेटीहरू भने खाजाको लागि पर्खिरहेका थिए मुलरले केटाकेटीहरूलाई भने, “अब स्कुलको लागि तयार हुनुपर्छ खाजा जुटोस् भनी प्रार्थना गरौँ तिनको प्रार्थना समाप्त हुने बित्तिकै ढोका ढकढक गरेको आवाज आयो त्यहाँ एक जना मान्छेले रोटी ल्याएकोरहेछ उसले भन्यो, “ आज राति सुत्नै सकिनँ आज बिहान तपाईंका केटाकेटीहरूलाई खाजाको अभाव हुने कुरो थाहा पाएँ मैले  त्यो मबाट पूर्ति भएको प्रभु चाहनुहुन्थ्यो तसर्थ, राति दुई बजे उठेँ यी ताजा रोटीहरू तयार पारेँ

. परमेश्वरले जोन तिनकी पत्नीको प्रार्थना सुन्नुभयो 
एक रातको कुरो हो मिसनरी जोन पाटोनप्रति वैरभाव राख्ने स्थानीयहरूले तिनको मिसन केन्द्रलाई घेरे, पाटोन उक्त केन्द्रलाई जलाउने उद्देश्यले त्यस त्रासदीपूर्ण रातमा पाटोन तिनकी पत्नीले छुटकाराको लागि परमेश्वरलाई बिन्ती चढाए बिहान भएपछि ती आक्रमणकारीहरू भागेर गएको देख्दा पाटोनका दम्पती छक्क परे एक वर्ष बित्यो त्यसबिचमा आदिवासीको मुखियाले येशू ख्रीष्टलाई अङ्गालिसकेको थियो उक्त घटनाको स्मरण गर्दै त्यस रातमा किन तिनीहरूले पाटोनको घरलाई नजलाएको भनेर तिनले मुखियालाई सोधे मुखियाले छक्क पार्ने जवाफ दिए, “त्यहाँ तपाईंसँगै उपस्थित ती सबै मानिसहरू को थिए ?” त्यस्ता कोही मानिसहरू त्यहाँ थिएनन् भनी पाटोनलाई राम्ररी थाहा थियो तर मुखिया आक्रमण गर्नदेखि डराए किनकि हातमा तरवार लिएर सेतो वस्त्र धारण गरेका सयौँ मानिसहरू मिसन केन्द्रलाई घेरेर बसेको तिनले देखेका थिए भनी तिनले बताए     

. परमेश्वरले टेलरसाथै विश्वासीहरूको प्रार्थना सुन्नुभयो 
बतास रोकिएकोले हडसन टेलरले यात्रा गरेको पानी जहाज अगाडि बढ्न सकेन पानीको प्रबल धारले जहाजलाई कुनै ढिस्कातिर लग्दैथियो अवस्था खतरापूर्ण हुँदैथियो पानीको धारबाट जहाजलाई बाहिर ल्याउन नाविकहरूले लामो डुङ्गाको प्रयोग गरे तापनि तिनीहरू असफल भए त्यस जहाजमा टेलरबाहेक अन्य तिन जना विश्वासी थिए आफ्नो क्याबिनमा गई बतासको आगमनको लागि प्रार्थना गर्न टेलरले तिनीहरूलाई सल्लाह दिए तिनीहरूले त्यसै गरे जब टेलरले प्रार्थना गरिरहेका थिए परमेश्वरले अपरिहार्य बतास पठाउनुहुनेथियो भन्ने निश्चयता टेलरले पाए तिनी जहाजको तलामा उक्लिए जहाजको एक कर्मचारीलाई जहाजको मुख्य पाल तल झार्न अनुरोध गरे बतास आउँदै थियो भन्ने कुरामा टेलर निश्चित थिए त्यो कर्मचारी अविश्वासी भएकोले उसले मानेन तर पालको एक छेउ बिस्तारै उठ्न थालेको देखे तिनीहरूले मन्द बतासको आगमन भइसकेको थियो तिनीहरूले पाललाई तल झारे छिट्टै तिनीहरू सुरक्षितसाथ आफ्नो गन्तव्यतर्फ लागे

१०. परमेश्वरले कर्नेल ग्रेसीकी पत्नीको प्रार्थना सुन्नुभयो
टाइटानिक दुर्घटनाको थालनी भएको आइतबार बेलुका एक जना अमेरिकी स्त्री निकै चिन्तित थिइन् डरको दबाबले उनी सुत्न सकिनन् भित्री ह्दयले प्रार्थनाको लागि ढकढकायो उनलाई उनका पति कर्नेल ग्रेसी टाइटानिकबाट यात्रा गरी आफ्नो घरतर्फ आउँदै थिए उनले पुरा इमान्दारीसाथ आफ्ना श्रीमान्को सुरक्षाको निम्ति परमेश्वरलाई पुकारा गरिन् समय बित्दै थियो तर उनले कुनै निश्चयता पाइनन् त्यसैले, वेदनापूर्वक प्रार्थनालाई जारी राखिन् ती महिलाले बिहान पाँच बजेसम्मको निरन्तर प्रार्थनाको परिणामस्वरूप उनले चैनको महसुस गरिन् अनि शान्तिसँग सुत्न गइन् आर्खिबाल्ड ग्रेसी टाइटानिक जहाजका एक यात्रु थिए हिउँको ढिक्कामा ठोक्किएर जहाज दुर्घटना भएपछि लाइफबोटमार्फत ज्यान जोगाउने कोसिस गरे सयौँले कर्नेल ग्रेसीले आफ्नो बाँच्ने आशा गुमाइसकेका थिए तर पानीको भुमरीले तिनलाई यसरी पानीको सतहमा ल्याइदियो कि तिनी आफै नै छक्क परे नजिकै तिनले लाइफबोट फेला पारे अन्य केही यात्रुहरूसँगै तिनी पाखामा उत्रन सफल भए यता श्रीमान् मृत्युसँग मुकाबिला गरिरहेकै बेलामा उता श्रीमतीले तिनको सुरक्षाको निम्ति बिन्ती गरिरहेकी थिइन्


  



Leave Your Comments Here.