तिनको
नाउँ हो, जेफ्री
दमार । तिनी
कुख्यात हत्यारा मात्र थिएनन्
तर तिनले मान्छेको
मासु पनि खाने
गर्थे । तिनले
जीवनमा कम्तीमा पनि सत्र
जनाको हत्या गरेका
थिए । हत्याको
अपराध लागेका जेफ्रीलाई
जन्म कैदको सजाय
सुनाइएको थियो ।
ख्रीष्टियान
सेवकसाथै लेखक रोय
राटक्लिफले जेफ्रीसित मित्रता गाँसे
र तिनलाई प्रभु
येशू ख्रीष्टको बारेमा
बताए । जेफ्रीले
झ्यालखानामा नै आफ्नो
जीवन येशूमा सुम्पे
र आफूलाई कहिल्यै
जेलमुक्त गरिँदैनथ्यो भन्ने जानेर
तिनले त्यहीँ नै
बप्तिस्मा लिए ।
ख्रीष्टियान
भइसकेपछि तिनको जीवनमा देखा
परेको सकारात्मक परिवर्तनलाई
मानिसहरूले अवलोकन गर्न थाले
। जेफ्रीका पिता
र तिनका मित्रहरूले
तिनको जीवनमा विकास
भएको छुट्टै आत्मालाई
देखे । जेफ्रीका
पिताले विगतमा मण्डली त्याग
गरेर गएको भए
तापनि छोरोको जीवनमा
आएको परिवर्तनले तिनी
मण्डलीको विश्वासयोग्य सदस्यमा पुनस्थापित भए
। जेफ्रीका भाइले
पनि प्रभु येशूमा
विश्वास गरे ।
जेफ्रीले भनेका छन्, “मैले
गरेका अपराधहरूको लागि
म अत्यधिक दु:खित छु
। मेरो विचारमा
मैले गरेको कामको
लागि राज्यले मलाई
मृत्युदण्ड दिएको हुनुपथ्र्यो ।”
जेफ्रीले
बप्तिस्मा लिएको केही महिनापछि
एक जना सङ्गी
बन्दीद्वारा तिनको हत्या गरियो
। तर जेफ्रीले
आफ्नो जीवन प्रभु
येशूमा सुम्पने मौकालाई भने
गुमाएनन् । ख्रीष्टाब्द
१९६० मा अमेरिकामा
जन्मेका जेफ्रीको जीवनमा आधारित
फिल्मसाथै पुस्तकहरू प्रकाशन गरिएका
छन् ।
परमेश्वरको
अपार अनुग्रहको छतमुनि
जस्तोसुकै डरलाग्दो हत्यारालाई पनि
ठाउँ छ भन्ने
तथ्य जेफ्रीको परिवर्तनमा
छर्लङ्ग देख्न सकिन्छ ।