दस
वर्ष लागेपछि तिनले
आफ्ना पिताको गोजीबाट
पैसा चोर्न थाले
। त्यसलाई विकास
गरी तिनले आफ्ना
मित्रहरूबाट पनि पैसा
चोर्न लागे ।
स्कुलमा अध्ययन गर्दा चोरीको
आरोपमा तिनलाई तिन हप्ता
झ्यालखानामा पनि हालियो
। त्यस्ता कुलतहरूलाई
मिल्काउने सङ्कल्प गरे तापनि
तिनले सजिलैसित छुटकारा
पाउन सकेनन् ।
पछि पास्टर बन्नलाई
तिनी हेल विश्वविद्यालयमा
भर्ना भए ।
बेटा नाउँ गरेका
तिनका मित्रले तिनलाई
बाइबल अध्ययन हुने
सभामा निमन्त्रणा दिए
। त्यो क्षण
तिनको जीवनमा निर्णायक
मोड साबित हुन
पुग्यो । त्यस
दिनदेखि तिनले आफ्ना खराब
आदतहरूलाई पन्छाई तिनी ख्रीष्टको
लागि खडा भए
। तिनको नाउँ
हो— जर्ज मुलर
।
जर्ज
मुलर सुसमाचार प्रचारक,
मिसनरीसाथै अनाथालयका निर्देशक हुन्
। इङ्गल्यान्डको ब्रिस्टोलस्थित
अस्ले
डाउन
अनाथालयका निर्देशक
मुलर विश्वासका महानायक
हुन् । तिनले
आफ्नो जीवन कालमा
१०,००० भन्दा
बेसी अनाथहरूको हेरचाह
गरे । तिनले
११७ ओटा स्कुलको
स्थापना गरे जसले
१,२०,०००
भन्दा बढी बाल
बालिकाहरूलाई ख्रीष्टियान शिक्षा उपलब्ध
गराए । ती
शिक्षा पाउनेहरूमध्ये अधिकांश अनाथहरू थिए
।
२७
सेप्टेम्बर १८०५ मा
जर्मनीमा जन्मेका जर्ज मुलर
२४ वर्षको उमेरमा
मिसनरी हुने सोच
राखेर इङ्गल्यान्ड लागे
तर तिनी पास्टर
बने ।
ख्रीष्टाब्द
१८३० मा मुलर
मेरी ग्रोभ्ससित वैवाहिक
सम्बन्धमा बाँधिए । विवाहको
तिन हप्तापश्चात् तिनीहरूले
पास्टरीय सेवाको लागि तनखा
नलिने निर्णय गरे
। आफ्ना खाँचाहरूका
लागि केवल परमेश्वरमा
भर पर्ने निर्णय
लिए ती नवदम्पतीले
।
मुलरको
समयमा अनाथहरूलाई कसैले
हेरचाह गर्दैनथ्यो । बाँच्नका
लागि तिनीहरूले कि
माग्नुपथ्र्यो कि भने
चोर्नुपथ्र्यो । मानिसहरूले
तिनीहरूमाथि दया देखाउँदैनथ्ये
। सरकारले तिनीहरूलाई
काम गर्नुपर्ने घरमा
राख्थ्यो जहाँ तिनीहरूले
लामो समयसम्म कठिन
कामहरू पनि गर्नुपर्ने
हुन्थ्यो । १८३५
सम्ममा पुरै इङ्गल्यान्डमा
दर्जन जति अनाथालयहरू
मात्र थिए जहाँ
बस्न शुल्क लाग्थ्यो
। स्वाभाविक नै
हो कि गरिबहरू
पैसा तिरेर त्यस्ता
आश्रमहरूमा बस्न सक्दैनथ्ये
।
जर्ज
मुलरले अनाथालयको थालनीको लागि
प्रार्थना गर्न सुरु
गरे । परमेश्वरले
प्रार्थना सुन्नुभयो । सबै
बन्दोवस्त भयो ।
तिनले स्थापना गरेको
पहिलो अनाथालयमा ३०
जना केटीहरू थिए
। त्यसपछि दोस्रो
अनि तेस्रो अनाथ
आश्रम पनि खोलिए
।
अन्तत:
ब्रिस्टोलको उत्तरमा पर्ने अस्ले
डाउन नामक क्षेत्रमा
तिनले अनाथालयको लागि
केही जमिन किने
। त्यहीँ तिनले
अस्ले
डाउन
अनाथालयको स्थापना
गरे जहाँबाट हजारौँ
अनाथ बाल बालिकाहरूले
हुर्कने अवसर पाए
।
परमेश्वरका
अन्य भक्त सेवकहरूलेझैँ
मुलरले पनि दु:खलाई नजिकैबाट
अनुभूति गरेका थिए ।
तिनीबाट जन्मेका चार जना
सन्तानमध्ये दुई जना
मृत जन्मे ।
मुलर दम्पतीले तिनीहरूको
छोरो एलियालाई निमोनियाको
कारणले गुमाउनुपर्यो
। त्यति ठुलो
सङ्ख्यामा अनाथहरूको हेरचाह गर्ने
क्रममा तिनीहरूका खाँचा पूर्ति
गर्न तिनले झेलेका
कठिनाइहरूले हाम्रा आँखाबाट आँसु
बर्सन्छ ।
तथापि
मुलर विश्वासका महानायक
थिए । तिनी
हरेक कुरोको निम्ति
परमेश्वरलाई बिन्ति चढाउँथे ।
तिनले जीवनमा परमेश्वरबाट
हजारौँ प्रार्थनाका जवाफहरू पाए
। परमेश्वरमाथि भएको
तिनको विश्वास लाखौँ
विश्वासीहरूका लागि प्रेरणा
बनेको छ । हडसन टेलर,
चाल्र्स स्परजिनजस्ता ख्रीष्टियान जगत्का नायकहरूले
मुलरबाट सल्लाह लिन्थे ।
अनाथहरूको
हेरचाहका अतिरिक्त मुलरले बाइबल
र पर्चाहरू छाप्नका
लागि रकम सहयोग
गर्थे । तिनले
२,५०,०००
भन्दा बेसी बाइबलहरू
चन्दास्वरूप दिए ।
तिनले जीवनमा प्रार्थनाद्वारा
झण्डै १३ अरब
बराबरको नेपाली रुपियाँ जुटाए
र ती सबै
प्रभुको कामको लागि खर्चे
। तिनको मृत्यु
हुँदा तिनीसित थोरै
पैसा मात्र बाँकी
थियो ।
१०
मार्च १८९८ का
दिन ९२ वर्षको
उमेरमा मुलरको निधन भयो
। तिनको सम्मानको
लागि हजारौँ मानिसहरू
सडकमा लस्कर लागेका
थिए । दुई
हजार अनाथ केटाकेटीहरू
उपस्थित थिए ।