पवित्र
धर्मशास्त्र बाइबलमा कम से
कम ९ जना
व्यक्ति र एउटा
समूह शारीरिक रूपमा
मरेर पनि पुन:
बाँचेको अभिलेख पाइन्छ ।
१.
सारपतकी विधवाको छोरो, एलियाद्वारा
(१ राजा १७:१७–२२)
।
२.
शूनम्मी स्त्रीको छोरो, एलीशाद्वारा
(२ राजा ४:३२–३५)
।
३.
एक जना मानिस,
एलीशाका हड्डीहरू छोएर (२
राजा १३:२०–२१) ।
४.
नाइनकी विधवाको छोरो, येशूद्वारा
(लूका ७:११–१५) ।
५.
याइरसकी छोरी, येशूद्वारा (लूका
८:४१–४२,
४९–५५) ।
६.
लाजरस, येशूद्वारा (यूहन्ना ११:१–४४)
।
७.
धेरै सन्तहरू (मत्ती
२७:५०–५३)
।
८. येशू, आफ्नै शक्तिद्वारा
(मत्ती २८:१–१०) ।
९.
डोरकास, पत्रुसद्वारा (प्रेरित ९:३६–४१) ।
१०.
युटिकस, पावलद्वारा (प्रेरित २०:७–१२)
।
पुरानो
करार र नयाँ
करार दुवैमा येशूभन्दा
अगि यति धेरै
मानिसहरू शारीरिक रूपमा मरेर
बाँचेको उदाहरण हुँदाहुँदै पनि
कलस्सी १:१८
मा पावल लेख्छन्,
“उहाँ शरीर, अर्थात्
मण्डलीका शिर हुनुहुन्छ,
उहाँ नै सुरु
हुनुहुन्छ, मरेकाहरूबाट
जीवित
हुनेहरूमा
उहाँ
[येशू]
ज्येष्ठ
हुनुहुन्छ,
ताकि प्रत्येक कुरामाथि
उहाँ सर्वोच्च होऊन्”
(प्रेरित २६:२३;
१ कोरिन्थी १५:२०–२३
र प्रकाश १:५ सित
पनि तुलना गर्नुस्)
। तब, मृत्युबाट
बिउँतनेहरूको सूचीमा कसरी प्रभु
येशू ख्रीष्ट ज्येष्ठ
अर्थात् प्रथम हुनुहुन्छ ?
मरेकाहरूबाट जीवित
हुनेहरूमा
येशू
यस
अर्थमा
ज्येष्ठ
अर्थात्
प्रथम
हुनुहुन्छ
कि
उहाँ
फेरि
कहिल्यै
मर्नुहुन्न
।
जब येशू पहिलो
इस्टरको दिनमा चिहानबाट बाहिर
निस्कनुभयो उहाँ सदाको
लागि बौरनुभयो ।
उहाँले चिहानलाई स्थायी रूपमा
बिदा दिनुभयो ।
उहाँले अमरणशील धारण गर्नुभयो
। उहाँले महिमित
शरीर प्राप्त गर्नुभयो
जुन कहिल्यै नष्ट
हुँदैन । “हामी
जान्दछौं कि ख्रीष्ट
मरेकाहरूबाट जीवित भएर फेरि
मर्नुहुनेछैन । अब
उसो उहाँमाथि मृत्युको
राज्य हुँदैन” (रोमी
६:९) ।
येशूको नमुनालाई पछ्याउँदै उहाँमाथि
विश्वास गर्नेहरूले पनि उहाँको
दोस्रो आगमनमा कहिल्यै नष्ट
नहुने महिमित शरीर
प्राप्त गर्नेछन् ।
निस्सन्देह,
मरेर जीवन प्राप्त
गर्नेहरू चाहे ती
येशूभन्दा अगिका हुन् (जस्तै:
शूनम्मी स्त्रीको छोरो, लाजरस
आदि) वा पछिका
(जस्तै: डोरकास, युटिकस आदि)
ती सबै पुन:
मरे । तिनीहरू
भावी शारीरिक पुनरुत्थानको
पर्खाइमा छन् ।
येशूले मात्रै मृत्युमाथि वास्तवमै
विजय हासिल गर्नुभएको
छ । त्यसैले,
मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ
ज्येष्ठ हुनुहुन्छ ।