कन्स्टेन्टाइन
महान् रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रीष्टाब्द ३०६–३३७
सम्म शासन गरे
। मण्डली र
साम्राज्य दुवैको इतिहासमा तिनको
शासन परिवर्तनको निर्णायक
बिन्दु साबित हुन पुग्यो
। इतिहासकारहरू तिनलाई
पहिलो ख्रीष्टियान सम्राट्को
रूपमा हेर्छन् ।
ख्रीष्टाब्द
२७२ तिर पिता
फ्लाभिअस कन्स्टेन्टिनस र माता
हेलेनाबाट रोमी प्रान्त
मोइसिया (आधुनिक युरोपेली मुलुक
सर्बिया) मा कन्स्टेन्टाइन
महान्को जन्म भएको
थियो । निम्न
शासकको रूपमा फ्लाभिअसले स्पेन,
गउल र ब्रिटेनमा
शासन गरेका थिए
र तिनलाई सफल
सेनापति ठानिन्थ्यो । सम्राट्
डायोक्लिसन (२८४–३०५)
ले गद्दी छाडेपछि
सेनापति फ्लाभिअस रोमी साम्राज्यको
पश्चिमी भूभागको सम्राट् बने
तर तिनको शासन
एक वर्ष मात्र
लम्बिन पायो ।
आफू
बिरामी परेर मर्न
लाग्दा पिता फ्लाभिअसले
छोरो कन्स्टेन्टाइनलाई पश्चिमी
रोमको सम्राट् बनाए
। त्यसपछि तिनले
ब्रिटेन, गउल र
स्पेनमाथि शासन गर्न
थाले । तिनले
आफ्नो राज्यको सिमानालाई
बढाए र जनताले
तिनलाई असल शासकको
रूपमा हेर्न लागे
।
तर
गृहयुद्ध चर्किएपछि धेरै शक्तिशाली
मानिसहरूले रोमी साम्राज्यलाई
आफ्नो कब्जामा पार्न
चाहे जसमध्ये एक
थिए, म्याक्सिन्टस ।
तिनले आफैलाई सम्राट्
घोषणा गरे ।
रोममा बस्ने यी
स्व–घोषित शासकले
रोम र इटालीमाथि
कब्जा जमाए ।
कन्स्टेन्टाइन
र तिनको सेना
म्याक्सिन्टसको विरुद्धमा युद्ध गर्न
अगाडि बढे ।
म्याक्सिन्टसको सेनाको आकारको तुलनामा
कन्स्टेन्टाइनको सेनाको आकार झण्डै
आधा भए तापनि
कन्स्टेन्टाइनले सपनामा ख्रीष्टको दर्शन
देखेका थिए जसमा
तिनले ख्रीष्टको नाउँमा
युद्ध गरे जित
हासिल गर्नेथिए भनी
तिनलाई बताइएको थियो ।
नभन्दै, ख्रीष्टाब्द ३१२ मा
तिनले युद्ध जिते
र तिनी पश्चिमी
रोमको एक मात्र
सम्राट् बने भने
लिसिनस पूर्वका सम्राट् बने
। कन्स्टेन्टाइनले युद्धको
सफलताको श्रेय ख्रीष्टियान परमेश्वरलाई
दिए यद्यपि यसभन्दा
अगि तिनले सूर्य
देवतालाई पुज्ने गर्थे ।
मण्डली
इतिहासमा ख्रीष्टाब्द ३१३ लाई
एउटा महत्त्वपूर्ण साल
मानिन्छ । यही
सालमा पूर्व र
पश्चिमका दुवै सम्राट्ले
हस्ताक्षर गरेको मिलानको घोषणा
जारी गरियो ।
अब ख्रीष्टियान धर्मले
वैधानिकता पायो ।
रोमी साम्राज्यमा ख्रीष्टियानहरूलाई
सताउन नपाउने भयो
यद्यपि यसभन्दा अगि मनग्गे
ख्रीष्टियानहरू ख्रीष्टमाथिको विश्वासकै कारणले सहिद
बन्नुपरेका थिए ।
राज्यले देवी–देवताहरूलाई
चढाउने पशु बलिले
निरन्तरता पाएन; सम्राट्ले मण्डलीलाई
उचित स्थान प्रदान
गरे; तिनले मानवतावादी
सुधारहरूको अनुसरण गरे; हरेक
नागरिकलाई धार्मिक स्वतन्त्रता प्रदान
गरियो; अगिल्ला सतावटहरूमा खोसिएका
विश्वासीहरूका सम्पत्ति फिर्ता गरिए
। सम्राट् कन्स्टेन्टाइन
आफै नै ख्रीष्टियान
बने ।
अनुगामी
वर्षहरूमा थप कानुनहरू
ल्याइए जुन ख्रीष्टियान
मूल्य मान्यताहरूमा आधारित
थिए । सबै
मानिसहरू परमेश्वरको स्वरूपमा सृष्टि
गरिएको छ भन्ने
बुझाइको कारणले दास र
अपराधीहरूलाई निधारमा छाप लगाउने
कार्यलाई निषेध गरियो; दासलाई
क्रूसमा झुन्ड्याउने चलनको निर्मूलन
गरियो; मान्छेले मान्छेको विरुद्धमा
लडेर रगत बगाई
मनोरञ्जन लिने खेललाई
मनाही गरियो; अनपेक्षित
शिशुहरूलाई मार्ने अभ्यासमा रोक
लगाइयो ।
सम्राट्को
संरक्षणबाट मण्डलीले आर्थिक र
भौतिक लाभ प्राप्त
गर्यो;
बाइबल धर्मशास्त्रका नयाँ
प्रतिहरू प्रकाशन गरिए; मण्डलीका
अगुवाहरूलाई राज्यका महत्त्वपूर्ण स्थानहरू
प्रदान गरिए; राज्यका केही
आम्दानी मण्डलीका गतिविधिहरूका लागि
छुट्टयाइए । ख्रीष्टियान
सहिदहरूले मृत्यु वरण गरेका
स्थानहरूमा थुप्रै मण्डली भवनहरू
खडा गरिए ।
सम्राट्ले ख्रीष्टलाई क्रूसमा टाँगिएको
वास्तविक स्थान पहिल्याउने चेष्टा
गरी त्यहाँ तिनले
मण्डली भवन निर्माण
गरे । रोममा
पत्रुस र पावलको
मृत्युको सम्झनामा दुई ओटा
ठुला–ठुला मण्डली
बनाइए ।
तर
पूर्वका सम्राट् लिसिअसलाई राज्यका
केही गतिविधिहरू मन
परिरहेको थिएन ।
त्यसैले तिनले ख्रीष्टियानहरूलाई पुन:
सताउन थाले ।
तर पश्चिमका सम्राट्
कन्स्टेन्टाइन त्यसको विपक्षमा उत्रिए
। कैयौँ युद्धहरूपश्चात्
कन्स्टेन्टाइनले लिसिअसलाई पराजित गरे
र ख्रीष्टाब्द ३२४
मा कन्स्टेन्टाइन एकीकृत
रोमको शासक बने
।
राज्यले
ख्रीष्टियानहरूलाई सहुलियत दिएकोले मानिसहरू
ख्रीष्टियान धर्मप्रति आकर्षित भए
। मण्डलीमा नामधारे
ख्रीष्टियानहरूको सङ्ख्या मात्र बढ्न
थालेन तर झुटा
शिक्षाहरू पनि देखा
परे । त्यसको
समाधानको लागि सम्राट्ले
ख्रीष्टाब्द ३२५ मा
एउटा भेला बोलाए
जसलाई मण्डली इतिहासमा
नैसियाको
परिषद्
भनेर चिनिन्छ ।
झण्डै ३०० जना
बिशपहरूको उपस्थित भएको यो
जमघट मण्डलीको पहिलो
विश्वव्यापी परिषद् थियो ।
येशूलाई परमेश्वरभन्दा कम दर्जा
दिने शिक्षाहरूलाई झुटो
मानी येशू “सार”
मा पिता परमेश्वर
बराबर हुनुहुन्छ भन्ने
कट्टरवादी शिक्षालाई अनुमोदन गरियो
।
सम्राट्ले
कन्स्टेन्टिनोपललाई नयाँ राजधानी
बनाए । झण्डै
६ वर्ष लगाएर
निर्माण गरिएको यो सहरले
३३० मा पूर्णता
पाएको थियो ।
यो यति वैभवशाली
थियो कि यसले
रोमसँग प्रतिस्पर्धा गथ्र्यो । ख्रीष्टाब्द
१४५३ मा यो
मुस्लिमहरूको हातमा नपरुञ्जेलसम्म यो
मध्यकालभरि नै सर्वाधिक
ठुलो सहर बन्यो
।
आफ्नो
मृत्युको केही समयअगि
मात्र बप्तिस्मा लिएका
कन्स्टेन्टाइन ख्रीष्टाब्द ३३७ मा
प्रभुमा सुते र
तिनको शवलाई नयाँ
राजधानीमा गाडियो । तिनको
मृत्युमा विश्वले शोक मनाएको
थियो ।