ख्रीष्टियान
धर्मशास्त्र बाइबलको पुरानो करारका
३९ ओटा पुस्तकहरूमध्ये
एउटा हो, यर्मिया
। यस पुस्तकका
लेखक स्वयम् यर्मिया
नै थिए जो
अगमवक्ता पनि थिए
। तिनले यहूदाको
आसन्न निर्वासनको विषयमा
भविष्यवाणी गर्दा थुप्रै राजनीतिक
अगुवाहरूले तिनको खेदो गरे
। अगमवक्ताको विरुद्धमा
उत्री तिनलाई सताउनेहरूमध्ये
एक थिए, पशहूरका छोरा गदल्याह
। यर्मिया अभिलिखित
गर्छन्:
मत्तानका
छोरा शपत्याह, पशहूरका छोरा गदल्याह,
शेलेम्याहका छोरा यहूकल
र मल्कियाहका छोरा
पशहूरले यर्मियाले सबै मानिसहरूलाई
यसो भन्दै गरेका
सुने, “परमप्रभु यसो भन्नुहुन्छ:
‘जो यस सहरमा
बस्छ त्यो तरवार,
अनिकाल र रूढीले
मर्नेछ, तर जो
निस्केर बेबिलोनीहरूकहाँ जान्छ त्यो बाँच्नेछ
। त्यसले आफ्नो
ज्यान जोगाएर उम्कनेछ,
र त्यो बाँच्नेछ
। अनि परमप्रभु
यसो भन्नुहुन्छ: ‘यो
सहर निश्चय नै
बेबिलोनका राजाका सेनाको हातमा
सुम्पिइनेछ, र त्यसले
यो कब्जा गर्नेछ’
।” तब अधिकारीहरूले
राजालाई भने, “यस मानिसलाई
मार्नैपर्छ, किनभने यसले यस्ता
कुरा गरेर यस
सहरमा बाँकी रहेका
सिपाहीहरू र मानिसहरूलाई
समेत निरुत्साहित पार्दैछ
। यस मानिसले
यी मानिसहरूको भलो
होइन तर तिनीहरूको
हानि चाहन्छ” (यर्मिया
३८:१–४)
।
यर्मियाको
यस विवरणमा उल्लिखित
व्यक्तिहरूमध्ये एक हुन्,
गदल्याह
जो पशहूरका छोरा थिए
। तिनको ऐतिहासिक
अस्तित्वलाई अहिले पुरातात्त्विक खोजले
शङ्का गर्नै नसक्ने
गरी पुष्टि गरिदिएको
छ ।
ख्रीष्टाब्द
२००८ को अगस्ट
महिनामा इस्राएलका पुरातत्त्वविद् इलट
मजारले माटोद्वारा निर्मित एउटा
छापको उद्घोष गरिन्
जसमा पशहूरका छोरा
गदल्याहको उल्लेख गरिएको छ
। दाऊदको सहर
अर्थात् प्राचीन यरूशलेममा उत्खनन
गर्ने क्रममा यो
खोज पत्ता लागेको
हो । पुरातत्त्वविद्
मजारको भनाइअनुसार यो छाप
छैटौँ शताब्दी ख्रीष्टपूर्वको
हो अर्थात् आजभन्दा
झन्डै २,६००
वर्ष अगाडिको हो
जुन बेला गदल्याह
यस धरतीमा बाँचेका
थिए ।
यस
खोजले यर्मिया ३८
मा उल्लिखित एक
पात्रको ऐतिहासिकताको पुष्टि गरी बाइबलीय
विवरणको ऐतिहासिक विश्वसनीयतामाथि प्रकाश
छर्ने काम गरेको
छ ।