ख्रीष्टियमतको
कुनेढुङ्गोको रूपमा लिइएको येशूको
शारीरिक पुनरुत्थानलाई लौकिक दृष्टिकोणबाट व्याख्या
गर्न क्रूसका वैरीहरूले
विभिन्न परिकल्पनाहरू अगाडि सारेका छन्
जसमध्ये एक हो—
दृष्टि भ्रमको सिद्धान्त ।
नयाँ करारअनुसार पुनरुत्थानपश्चात्
येशू विभिन्न मानिसहरूकहाँ
देखा पर्नुभयो ।
जो जतिले येशूलाई
देखे तिनीहरूले वास्तविक
येशूलाई नदेखेर तिनीहरू दृष्टि
भ्रममा परेका थिए भनी
यो सिद्धान्तले बताउँछ
। उन्नाइसौँ शताब्दीको
पूर्वाद्धमा डेभिड स्ट्राउसले यसलाई
प्रतिपादन गरेका थिए ।
यस परिकल्पनाको खण्डन
गर्ने विभिन्न तर्कहरूमध्ये
यहाँ हामी ५
ओटालाई ध्यान दिनेछौँ ।
१. पुनरुत्थानपश्चात्
येशूलाई
देख्ने
मानिसहरू
धेरै
थिए
।
दृष्टि
भ्रम निजी, व्यक्तिगतसाथै
आत्मपरक अनुभव हो ।
एकै चोटि धेरै
मानिसहरू एउटै कुरामा
दृष्टि भ्रममा पर्दैनन् ।
येशू विभिन्न मानिसहरूकहाँ
देखा पर्नुभयो: मरियम
मग्दलिनीकहाँ (यूहन्ना २०:११–१८); स्त्रीहरूकहाँ
(मत्ती २८:८–१०); पत्रुसकहाँ
(१ कोरिन्थी १५:५); दुई
जना चेलाकहाँ (लूका
२४:१३–३२);
१० जना प्रेरितकहाँ
(यूहन्ना २०:१९–२५); ११
जना प्रेरितकहाँ (यूहन्ना
२०:२६–२८);
सात जना चेलाकहाँ
(यूहन्ना २१:१–१४); ५००
जनाकहाँ (१ कोरिन्थी
१५:६); याकूबकहाँ
(१ कोरिन्थी १५:७); आफ्ना
चेलाहरूकहाँ (प्रेरित १:३–८) ।
यति धेरै मानिसहरू
उही कुरोमा भ्रममा
परे भन्ने व्याख्यालाई
मनोवैज्ञानिकहरूले स्वीकार गर्दैनन् ।
२. ५००
जना
मानिस
उही
कुरोमा
एकै
चोटि
दृष्टि
भ्रममा
पर्दैनन्
।
पुनरुत्थानपश्चात्
येशूका प्रकटीकरणहरूलाई सूचीकृत गर्ने क्रममा
प्रेरित पावल लेख्छन्,
“त्यसपछि उहाँ [येशू]
एकै समयमा पाँच
सयभन्दा बढी भाइहरूकहाँ
एकसाथ देखा पर्नुभयो,
जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन्
तर कोही–कोही
सुतिसकेका छन्” (१ कोरिन्थी
१५:६) ।
एकै चोटि उही
ठाउँमा पाँच सय
जनाभन्दा बेसी मानिसहरूले
पुनरुत्थान हुनुभएका येशूलाई देखे
भनी पावल बताउँछन्
। यदि पावलले
काल्पनिक कुरो लेखिरहेका
थिए भने तिनको
लेखलाई सजिलैसित खण्डन गर्न
सकिन्थ्यो किनकि येशूलाई देख्नेहरूमध्ये
धेरै जना जीवितै
थिए जसकहाँ गएर
यथार्थताबारे सोध्न सकिन्थ्यो ।
अनुसन्धानपश्चात् नास्तिकवादबाट ख्रीष्टियान बनेका लि
स्ट्रोबेलले भनेका छन्, “येशूको
मृत्युपश्चात् ५०० जना
मानिसहरूले उहाँलाई देखेको दाबी
कतै दृष्टि भ्रम
त होइन भनेर
एक जना मनोवैज्ञानिक
मित्रकहाँ गएर सोधेँ
मैले । दृष्टि
भ्रमहरू व्यक्तिगत घटनाहरू हुन्
भनी तिनले बताए
। यदि ५००
जना मानिस उही
कुरोमा दृष्टि भ्रममा परे
भने त्यो [येशूको] पुनरुत्थानभन्दा
ठुलो आश्चर्यकर्म हुन
जान्छ ।”
३. दृष्टि
भ्रम
केही
सेकेन्ड
वा
मिनेटसम्म
मात्र
लम्बिन्छ
।
दृष्टि
भ्रम घण्टौँसम्म लम्बिदैन
। येशू सुटुक्क
कोही एक वा
दुई जनाकहाँ मात्र
देखा परेर स्वर्ग
जानुभएन । उहाँ
चालिस दिनसम्म विभिन्न
थरीका मानिसहरूकहाँ देखा
पर्नुभयो, “आफ्नो दु:ख–भोगपछि धेरै अकाटय
प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँ
[येशू]
ले आफैलाई जीवित
प्रस्तुत गर्नुभयो । चालीस
दिनसम्म उहाँ तिनीहरूकहाँ
देखा पर्नुभयो अनि
परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई
बताउनुभयो” (प्रेरित १:३)
।
४. दृष्टि
भ्रमले
खाँदैन
।
कम
से कम दुई
ओटा अवसरमा पुनरुत्थान
हुनुभएका येशूले केही न
केही खानुभएको छ
।
येशू
चेलाहरूकहाँ देखा पर्नुभएपछि
तिनीहरू डरले आत्तिए
र तिनीहरूलाई येशू
प्रेतजस्तो लाग्यो । तर
आफू प्रेत नभएको
र वास्तवमै पुनरुत्थान
भएको पुष्टि गर्न
उहाँले तिनीहरूलाई प्रश्न गर्नुभयो,
“के तिमीहरूसित यहाँ
केही खानेकुरो छ
?” चेलाहरूबाट उहाँले पकाएको माछाको
टुक्रा “लिएर तिनीहरूकै
सामुन्ने खानुभयो” (लूका २४:३६–४३)
।
अर्को
अवसरमा येशू तिबेरियास
समुद्रको छेउमा सात जना
चेलाकहाँ देखा पर्नुभयो
जहाँ येशूले तिनीहरूसँगै
खानपान गर्नुभयो (यूहन्ना २१:१–१४;
प्रेरित १०:४१) ।
यदि
येशूका चेलाहरूले जे देखिरहेका
थिए त्यो केवल
तिनीहरूको दृष्टि भ्रम थियो
भने भ्रमले कसरी
खान सक्छ ?
५. दृष्टि
भ्रमले
रित्तो
चिहानलाई
व्याख्या
गर्न
सक्दैन
।
चेलाहरूले
त्यही ठाउँमा साहसपूर्वक
येशूको पुनरुत्थानको घोषणा गर्न थाले
जुन ठाउँमा येशूलाई
गाडिएको थियो ।
यदि येशूका सबै
प्रकटीकरणहरू दृष्टि भ्रम थिए
भने येशूको मृत
शरीर अरिमाथियाका योसेफको
चिहानमा नै हुनुपथ्र्यो
। पुनरुत्थानको विषयमा
चेलाहरूको प्रवचनलाई सुन्नेहरूले येशूको
मृत शरीरलाई देखाई
सजिलैसित चेलाहरूको खण्डन गर्न
सक्थे । तर
कहिल्यै त्यसो भए ।
येशूको
पुनरुत्थानसित जोडिएका सबै विवरणहरूलाई
विश्लेषण गर्दा दृष्टि भ्रमको
परिकल्पना बौद्धिक वृत्तमा टिक्न
सक्दैन । मनोवैज्ञानिक
गेरी कोलिन्सको भनाइसँगै
हामी यस आलेखलाई
निष्कर्षमा ल्याउँछौँ, “दृष्टि भ्रमहरू
व्यक्तिगत घटनाहरू हुन् ।
तिनको स्वभावको कारणले
केवल एक जना
व्यक्ति एउटा समयमा
दृष्टि भ्रममा पर्न सक्छ
। निस्सन्देह, ती
मानिसहरूको समूहद्वारा देख्न सकिने
कुरो होइन ।
... दृष्टि भ्रम केवल
आत्मपरक, वैयक्तिक अर्थमा अस्तित्वमा
हुने भएकोले यो
प्रस्ट छ कि
अरूहरूले यसलाई देख्न सक्दैनन्
।”