गत
२५ अप्रिल अर्थात्
बैशाख १२ गते
गोरखाको बार्पाकलाई केन्द्र बिन्दु
बनाएर गएको ७.८ रेक्टर
स्केलको महाभूकम्प र त्यसपछिका
अनुकम्पाहरूले ९,०००
भन्दा बेसी मानिसहरूको
ज्यान लिए भने
२३,००० भन्दा बढीलाई घाइते बनाए ।
८.२ किलो
मिटर गहिराइमा गएको
उक्त विनाशकारी भूकम्प
१५ जनवरी १९३४
(बि. सं. १९९०
माघ २) मा
पूर्वी नेपाललाई केन्द्र बिन्दु
बनाएर गएको भूकम्पपछिको
सर्वाधिक शक्तिशाली भूकम्प हो
। नेपालको प्रामाणिक
समयअनुसार बिहान ११ बजेर
५६ मिनेट जाँदा
गएको १२ गतेको
महाभूकम्पले राजधानीको मुटुमा अवस्थित
ऐतिहासिक महत्त्व बोकेको ९
तले धरहरालाई गल्र्यामगुर्लुम्मै
ढलाएर ध्वस्त मात्र
पारेन तर ऐतिहासिकसाथै
पुरातात्त्विक महत्त्वका अन्य सम्पदाहरूमा
पनि क्षति पुर्यायो
। हजारौँ सरकारीसाथै
गैरसरकारी भवनहरू भग्नावशेषमा परिणत
भए ।
यस्तो
प्राकृतिक विपत्तिमा धेरैको मनमा
उदय हुने प्रश्न
हो, “किन यस्तो
हुन्छ ?” आफन्त गुमाएका आस्तिकहरू
प्रश्न गर्छन्, “हे प्रभु,
तपाईं कहाँ हुनुहुन्थ्यो
?” परमेश्वर दयालु हुनुहुन्छ भने
उहाँले यस्तो दु:ख
कष्टलाई किन अनुमति
दिनुहुन्छ ? परमेश्वर शक्तिशाली हुनुहुन्छ
भने उहाँले यस्तो
विपत्तिलाई किन रोक्नुहुन्न
? प्रश्नहरूको सूची लामै
बन्छ ।
शीर्षकमा
उल्लिखित प्रश्नलाई विभिन्न कोणबाट
सम्बोधन गर्न सकिन्छ
। तर यस
स्तम्भकारले भने ख्रीष्टियान
ईश्वरशास्त्रको चस्मा लगाएर त्यसलाई
हेर्ने कोसिस गर्दै छ
।
भूकम्प
दुष्टयाइँको एउटा रूप
हो । दुष्टयाइँको
आफ्नै अस्तित्व छैन
। यो पहिले
नै अस्तित्वमा रहेको
वस्तुको विकृति हो ।
दुष्टयाइँ भनेको जे कुरो
असल छ त्यसको
अनुपस्थिति हो तर
यो कुनै भ्रम
भने होइन ।
ख्रीष्टियान ईश्वरशास्त्री नर्मन गेइस्लरका अनुसार
“दुष्टयाइँ पाखुरामा लागेको चोट
वा वस्त्रमा किराले
बनाएको प्वालजस्तै हो ।
यो अरूको कारणले
गर्दा मात्र अस्तित्वमा
छ, आफै अस्तित्वमा
छैन ।”
बाइबल
धर्मशास्त्रअनुसार मुल सृष्टि
“सार्है
राम्रो थियो” (उत्पत्ति १:३१) ।
त्यहाँ कुनै पाप
थिएन, न दर्द,
न रोग, न
मृत्यु, न त
भूकम्प । तर
आज हामीले यी
सबै दुष्टयाइँको सामना
गरिरहनुपरेको छ ।
पहिलो दम्पत्तिले परमेश्वरले
दिनुभएको स्वतन्त्र इच्छालाई परमेश्वरको
आज्ञा उल्लङ्घनको लागि
प्रयोग गरेकाले मानव–जाति
दुष्टयाइँ विद्यमान संसारमा बस्नुपरको
हो ।
दुष्टयाइँलाई
दुई भागमा वर्गीकरण
गर्न सकिन्छ: नैतिक दुष्टयाइँ र प्राकृतिक दुष्टयाइँ
। युद्ध, अपराध,
दासत्व, क्रूरता आदिजस्ता दुष्टयाइँहरू
पहिलो वर्गमा पर्छन्
भने भूकम्प, बाढी,
पैरो, सुनामी आदिजस्ता
दुष्टयाइँहरू दोस्रो वर्गमा ।
आज हामीले यी
दुवै किसिमका दुष्टयाइँहरू
झेलिरहेका छौँ ।
हामी
पापले प्रवेश पाएको
पतित संसारमा बाँचिरहेका
छौँ । तर
ख्रीष्टको दोस्रो आगमनसँगै दुष्टयाइँको
निराकरण हुनेछ भनी बाइबलले
प्रतिज्ञा गरेको छ । जसरी पाप
प्रवेशअगिको अदनको बगैँचा नैतिक
र प्राकृतिक दुष्टयाइँरहितको
थियो त्यसै गरी
नयाँ स्वर्ग र
नयाँ पृथ्वी दृष्टयाइँरहितको
हुनेछ । अन्तत:
न्यायले विजय हासिल
गर्नेछ । परमेश्वर
पूर्णत: असल हुनुभएकोले
एक दिन उहाँले
दुष्टयाइँलाई पराजित गर्नुहुनेछ ।
उहाँ सर्वशक्तिमान् हुनुभएकोले
उहाँले एक दिन
दुष्टयाइँलाई पराजित गर्न सक्नुहुन्छ
।
रक्षाशास्त्रीसाथै
लेखक डन स्टोरी
भन्छन्, “आज, मानिसहरू
परमेश्वरको विरुद्धमा बागी बन्दै
छन् । हामी
उहाँलाई सराप्छौँ; उहाँको उपेक्षा
गर्छौं; हाम्रो आज्ञा उल्लङ्घनलाई
प्रदर्शन गर्छौं । घमन्ड,
लालच र स्वार्थबाट
प्रेरित भई मानिसहरू
एकले अर्काको विनाश
गर्छन् र परमेश्वरको
पृथ्वीलाई जानाजानी दुरुपयोग गर्छन्
र दुषित् पार्छन्
। ... परमेश्वरले आफ्नो
धैर्य नगुमाई हामी
सबैलाई नष्ट पार्नुभएको
छैन जुन उदेकको
कुरो हो ।
दुष्टयाइँलाई अनुमति दिनुभएको लागि
परमेश्वरलाई निन्दा गर्नुको साटो
हामीले पाउनुपर्ने दण्डलाई उहाँले
रोक्नुभएको लागि हामी
उहाँप्रति धन्यवादी हुनुपर्छ ।”
हामीले भोगेका दु:ख
कष्टको पछाडि कारण छ
भन्दै अर्का लेखक
व्यक्छ गर्छन्, “हाम्रो मार्गमा
आइपरेका दर्दनाक परिस्थितिहरूलाई हामीले
बुझ्न नसके तापनि
तिनको अनुमतिको लागि
उहाँसित कारण छ
।” “दु:खकष्ट दुष्टयाइँलाई पराजित
गर्ने परमेश्वरको तरिका
हुन सक्छ” भनी
दार्शनिकसाथै लेखक पिटर
क्रिफ्ट हामीलाई सान्त्वना दिन
चाहन्छन् ।