menu bar

Saturday, October 3, 2015

के येशू कहिल्यै पुनरुत्थानपश्चात् १२ जनाकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५:५) ?



कोरिन्थी १५: मा प्रेरित पावलले पुनरुत्थानपश्चात् विभिन्न मानिसहरूकहाँ येशूका प्रकटीकरणहरूलाई उल्लेख गर्ने क्रममा पद मा तिनी लेख्छन् कि येशू पुनरुत्थान हुनुभएपछिबार्है जनाकहाँ देखा पर्नुभयो तर हामीलाई प्रस्ट रूपमा थाहा कि येशूका १२ जना चेलामध्ये यहूदा इस्करियोतले येशूको क्रूसारोहणअगि नै झुण्डेर आत्महत्या गर्यो (मत्ती २७:) यो पनि सुस्पष्ट कि यहूदा इस्करियोतको सट्टामा मतियासको नियुक्ति येशूको स्वर्गारोहणपश्चात् मात्र भएको थियो (प्रेरित :२६) येशूको क्रूसारोहण स्वर्गारोहणबिच भएको ४० दिनको अवधिमा केवल ११ जना चेलाहरू थिए, १२ जना होइन तब कसरी येशूबार्है जनाकहाँ देखा पर्न सक्नुहुन्छ ?

आफ्नो लेखाइमा पावलले भुल गरे भन्ने अवधारणा पूर्णत: वाहियात त्यसो भए, पुनरुत्थानपश्चात् येशूबार्है जनाकहाँ देखा पर्नुभयोभन्ने भनाइको अर्थ के ? यस समस्याको सामान्य समाधान यही हो कि पावलद्वारा अभिलिखित शब्दबार्हैले अक्षरश: सङ्ख्या १२ लाई उल्लेख नगरी यसले चेलाहरूको सेवाको ओहोदालाई उल्लेख गर्दछ यो चेलाहरूको समाजलाई उल्लेख गर्ने शब्द थियो तिनीहरू सङ्ख्यामा जम्माजम्मी ११ जना भए तापनि १२ तिनीहरूको ओहोदा भएकोले एक जनाको अनुपस्थिति हुँदा पनि तिनीहरूको जमातलाईबार्हैभनिएको हो नयाँ करार (यूहन्ना :६७,७०; प्रेरित :) साथै आदि ख्रीष्टियान रचनाहरूमा प्रेरितहरूलाई प्रायश: “बार्हैभनी उल्लेख गरिएको पाइन्छ               

Leave Your Comments Here.