येशूको
पुनरुत्थानलाई लौकिक दृष्टिकोणबाट व्याख्या
गर्न अगाडि सारिएका
विभिन्न सिद्धान्तहरूमध्ये एक हो—
काल्पनिक
सिद्धान्त
। येशूको पुनरुत्थानको
बारेमा भएको बाइबलीय
विवरण दन्य कथा
हो भनी यस
सिद्धान्तले बताउँछ । येशूको
ऐतिहासिकतालाई यसले स्वीकार
गरे तापनि येशूको
जीवनीसित जोडिएका विश्वास गर्न
नसकिने घटनाहरू भने किँवदन्ती
हुन् जुन परम्परगत रूपमा सुन्दै–सुनाउँदै आएका थिए
भनी यसले व्याख्या
गर्छ र उहाँको
पुनरुत्थानको कथा त्यही
दर्जामा पर्छ भन्ने
यस परिकल्पनाको दाबी
रहेको छ । उन्नाइसौँ शताब्दीका जर्मनीका
लिबरल ईश्वरशास्त्री डेभिड
स्ट्राउसले यस काल्पनिक
सिद्धान्तको प्रतिपादन गरेका थिए
। तर तलका
पाँच ओटा तर्कहरूले
यसको खण्डन गर्छन्
भनी यस स्तम्भकार
विश्वस्त छ ।
१. सुसमाचारको
शैली
काल्पनिक
कथाको
शैलीभन्दा
नितान्त
भिन्नै
छ
।
अलङ्कृत
र अनर्गल वर्णनहरू
ऐतिहासिक विवरणमा किँवदन्तीहरू थपिएका
छन् भन्ने मजबुत
चिन्हहरू हुन् ।
तर पुनरुत्थानबारे सुसमाचारीय
विवरणहरू त्यस्ता छैनन् ।
इतिहास र किँवदन्तीको
बिचमा भएको भिन्नतालाई
छट्टयाउन सक्ने कुनै पनि
दक्ष साहित्यिक विद्वान्ले
येशूको पुनरुत्थानसम्बन्धी सुसमाचारीय विवरणहरूलाई किँवदन्तीभित्र
राख्दैन । अज्ञेयवादीबाट
ख्रीष्टियान बनेका बिसौँ शताब्दीका
अति नै प्रभावशाली
लेखक सी. एस.
लेविस भन्छन्, “मेरो
निजी जीवनमा म
सधैँ साहित्यिक समालोचक
र इतिहासकार हुँ
। त्यो मेरो
पेसा हो ।
... यसैको आधारमा म यो
भन्न तयार छु
कि यदि कसैले
सुसमाचारहरूलाई काल्पनिक कथा या
उपन्यास भनी ठान्छ
भने एउटा साहित्यिक
समालोचकको रूपमा उसले आफ्नो
असक्षमतालाई देखाउँदै छ । मैले थुप्रै
उपन्यासहरू पढेको छु र
आदि मानिसहरूको बिचमा
उदय भएका काल्पनिक
कथाहरूलाई म राम्ररी
जान्दछु र मलाई
सिद्ध रूपमा थाहा
छ कि सुसमाचारहरू
त्यस्ता किसिमका सामग्रीहरू होइनन
।”
२. किँवदन्तीको
विकासको
लागि
पर्याप्त
समय
थिएन
।
सम्मिलित सुसमाचारहरू
(मत्ती, मर्कूस र लूका)
ख्रीष्टाब्द ७० भन्दा
अगाडि लेखिए भने
यूहन्नाको सुसमाचार पहिलो शताब्दीको
अन्त्यतिर । प्रेरित
पावलका प्राय: सबै पत्रहरू
सुसमाचारहरूभन्दा अगाडि नै लेखिएका
थिए । यसको
अर्थ हुन्छ कि
पृथ्वीमा येशूको मिसनको समापन
भएको केही दसकभित्रमा
नै येशूको बारेमा
लेख्न थालियो ।
घटना भएको लगभग
३० वर्षभित्रमा नै
मर्कूसको सुसमाचार लेखियो ।
प्राचीन संसारमा काल्पनिक कथाको
वृद्धि भई मुख्य
ऐतिहासिक सच्चाइलाई तोड्न दुई
पुस्ताको समय अन्तर
पनि पर्याप्त थिएन
भनी अक्सफोर्ड विश्वविद्यालयका
इतिहासकार ए. एन.
शेर्विन ह्वाइटले बताएका छन्
। कुनै घटना
वा व्यक्तिको सम्बन्धमा
उही पुस्तामा दन्त्यकथाको
विकास भई साधारणत:
त्यसलाई स्वीकार गरिएको तथ्य
जानकारीमा आएको छैन
।
३. प्रत्यक्षदर्शीहरूले
काल्पनिक
कथालाई
खण्डन
गर्न
सक्थे
।
पुनरुत्थान
हुनुभएका प्रभु येशूलाई ५००
भन्दा बेसी मानिसहरूले
देखे भनी प्रेरित
पावलले लेखेका छन्, “त्यसपछि
उहाँ [पुनरुत्थान
हुनुभएका येशू]
एकै समयमा पाँच
सयभन्दा बढी भाइहरूकहाँ
एकसाथ देखा पर्नुभयो,
जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन्
तर कोही–कोही
सुतिसकेका छन्” (१ कोरिन्थी
१५:६) ।
यसका अतिरिक्त उहाँको
मृत्यु, गडाइ र
रित्तो चिहानलाई देख्ने मानिसहरू
थिए । सुसमाचारीय
विवरणहरूको रचना हुँदा
प्रत्यक्षदर्शीहरू अझै जीवितै
थिए जसले सजिलैसित
दस्तावेजको जाँच गर्न
सक्थे । घटनालाई
प्रत्यक्ष रूपमा देख्ने मानिसहरू
जीवितै छँदा काल्पनिक
कथाको उदय हुन
सक्दैन ।
४. पुनरुत्थानपश्चात्
येशू
पहिलो
पटक
स्त्रीहरूकहाँ
देखा
पर्नुभयो
भनी
बताइएको
छ
।
येशूको
चिहान रित्तो थियो
भनी पत्ता लगाउनेमा
स्त्रीहरू पहिला मात्र थिएनन्
तर चार ओटै
सुसमाचारमा तिनीहरू उल्लिखित पनि
छन् । पुरुष
गवाहहरू त पछि
आएका हुन् ।
स्त्रीहरूका गवाही यस अर्थमा
महत्त्वपूर्ण छ कि
पहिलो र दोस्रो
शताब्दीका यहूदीसाथै रोमी संस्कृतिमा
स्त्रीहरूलाई कम आदर
गरिन्थ्यो । तिनीहरूको
गवाहीमाथि प्रश्न चिन्ह ठड्याइन्थ्यो
। पुरुषहरूको साक्षीको
तुलनामा तिनीहरूको साक्षीलाई कमजोर
मानिन्थ्यो । अरूलाई
मूर्ख बनाउने प्रयासमा
तपाईंले एउटा काल्पनिक
कथाको रचना गर्न
खोज्नुभएको छ भने
ती दिनमा स्त्रीहरूले
रित्तो चिहान पत्ता लगाए
भनी तपाईंले कहिल्यै
बताउनुहुन्नथ्यो । सुसमचारका
लेखकहरूले यस्तो कथा बुने
भनी कल्पना गर्नु
ज्यादै असम्भव छ किनकि
यसबाट तिनीहरूलाई कुनै
लाभ हुँदैनथ्यो ।
यसले तिनीहरू आफैलाई
चोट पुर्याउँदथ्यो । घटना
नभई यदि तिनीहरूले
कथा नै बुन्न
चाहेका थिए भने
लेखकहरूले पत्रुस, यूहन्ना वा
अरिमाथियाका योसेफले पहिलो पटक
रित्तो चिहान देखे भनी
बताउँथे । स्त्रीहरूले
पहिलो पटक रित्तो
चिहान पत्ता लगाए
भनी बताउने यस्तो
लज्जास्पद विवरणलाई तिनीहरूले समावेश
गर्नुको एउटै कारण
यो हो कि
घटना वास्तवमै घटेको
थियो ।
५. ख्रीष्टियमतको
उदय
पुनरुत्थानमाथि
चेलाहरूको
विश्वासमा
आश्रित
छ
।
यदि
येशू ख्रीष्टको पुनरुत्थानको
कथा काल्पनिक हो
भने ख्रीष्टियमत कुन
जगमाथि निर्मित मार्ग थियो
त ? येशूको बौरी
उठाइविना ख्रीष्टियमतको उद्भवलाई व्याख्या गर्न
सकिँदैन । येशूका
ती प्रारम्भिक चेलाहरू
आफैले कल्पना गरेको
दन्त्यकथाको लागि सहिद
भएर यस धरतीबाट
बिदा भए भनी
व्याख्या गर्नु तर्कसङ्गत देखिन्छ
र ?
उपलब्ध
विवरणहरूलाई होसियारीपूर्वक तौलँदा येशूको पुरुत्थानको
विषयमा भएको काल्पनिक
सिद्धान्तमा कुनै तौल
देखिँदैन । यो
स्पष्टत: खण्डनीय छ । तब हामी
प्रसिद्ध लेखक थोमस
अर्नोल्डसितै सहमत हुँदा
तर्कसङ्गत देखिन्छौँ, “हरेक न्यायाधीशले
आफ्नो मुद्दालाई निकै
महत्त्वपूर्ण ठानेझैँ दसौँ हजारले
यस [येशूको
पुनरुत्थान] लाई होसियारीपूर्वक
एक एक गरी
केलाएका छन् ।
म आफैले पनि
धेरै पटक त्यसो
गरेको छु, अरूलाई
मनाउन होइन तर
आफैलाई सन्तुष्ट पार्न ।
... र, मानव–जातिको
इतिहासमा मलाई अर्को
कुनै सत्यता थाहा
छैन जुन एउटा
निष्पक्ष खोजकर्ताको लागि ख्रीष्ट
मर्नुभयो र मृतकहरूबाट
बौरी उठ्नुभयो भन्ने
सत्यताको निम्ति असल र
पर्याप्त साक्षी छ ।”