menu bar

Saturday, October 17, 2015

किन येशूले मरियमलाई “मलाई नछोऊ” भन्नुभयो ? (यूहन्ना २०:१७)



प्रभु येशू पुनरुत्थान हुनुभएपछि पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो यी तिनै स्त्री थिइन् जसबाट येशूले सात ओटा भूत निकाल्नुभएको थियो (लूका :) मरियमले येशूलाई पुनरुत्थान हुनुभएका प्रभुको रूपमा पहिचान गरेपछि येशूले उनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने अहिलेसम्म पिताकहाँ गएको छैनँ तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता तिमीहरूका पिता, मेरा परमेश्वर तिमीहरूका परमेश्वरकहाँ गइरहेछु’ ” (यूहन्ना २०:१७) तर आठ दिनपश्चात् येशू थोमा उपस्थित चेलाहरूको माझमा देखा पर्नुहुँदा उहाँले थोमालाई भन्नुभयो, “तिम्रो औँला यहाँ राख, मेरा हातहरू हेर तिम्रो हात बढाएर मेरो कोखामा हाल शङ्का नगर, तर विश्वासी होऊ” (यूहन्ना २०:२७) कुनै अर्को क्षणमा पुनरुत्थान हुनुभएका प्रभुलाई देखेपछि स्त्रीहरूलेउहाँ [येशू] का पाउ पक्रेर उहाँलाई दण्डवत् गरे” (मत्ती २८:) येशूले यसको अनुमोदन गर्नुभएन भनी उल्लेख गरिएको छैन तर मरियमलाईचाहिँ उहाँले किनमलाई नछोऊभन्नुभयो ?

यूहन्ना २०:१७ मा क्रियापदनछोऊको लागि जुन ग्रिक शब्दको प्रयोग गरिएको त्यसलाईनटाँसिऊ वा नअँठयाऊभनेर पनि अनुवाद गर्न सकिन्छ पुनरुत्थान हुनुभएका येशूलाई छुनै नमिल्ने थिएन किनकि पछि अरूहरूले छोएका छन् येशूले मरियमलाई केवलनछोऊमात्र भन्नुभएन तर सम्भवत: उहाँको भनाइको अर्थ थियो, “मलाई समातेर नराख मरियमले येशूलाई समात्न खोज्दा सायद येशूले यसो भन्नुभयो, “मलाई थाहा तिमी मलाई यहाँ राख्न चाहन्छयौ सधैँ तिमीसँगै भएको तिमी चाहन्छयौ मर्नुभन्दा अगिका परिस्थितिहरू सबै राम्रा थिए तिमी त्यही परिवेश चाहन्छयौ तर हाम्रो सम्बन्ध परिवर्तन हुनै लागेको मैले स्वर्ग प्रस्थान गर्ने बेला आएको मेरो सट्टामा सल्लाहकार अर्थात् पवित्र आत्मा आउँदै हुनुहुन्छ

क्रूसारोहणको समयमा मरियमले प्रभु येशूलाई गुमाएकी थिइन् अब फेरि उनी प्रभुलाई गुमाउन चाहन्नँ थिइन् त्यसैले प्रभु सधैँ उनको साथमा होस् भन्ने उनको इच्छा थियो तर प्रभु येशूको मिसन उनले सोचेजस्तो थिएन पुनरुत्थानको शुभ खबर चेलाहरूलाई सुनाउनु जरुरी थियो त्यसैले येशूले मरियमलाई चेलाहरूकहाँ गएर त्यसबारे बताउन आज्ञा दिनुभयो उनी गइन्          

Leave Your Comments Here.