येशू
वास्तवमा क्रूसमा मर्नुभएको थिएन
तर उहाँ बेहोस
मात्र हुनुभएको थियो
भन्ने सिद्धान्तलाई मुर्छाको
सिद्धान्त भनिन्छ । उहाँलाई
योसेफको चिहानमा राखिँदा उहाँ
अझै जीवितै हुनुहुन्थ्यो
र केही घण्टा
बितेपछि चिहानको चिसो वातावरणमा
उहाँको होस खुल्यो
अनि उहाँ त्यहाँबाट
प्रस्थान गर्नुभयो भनी यस
परिकल्पनाले बताउँछ । येशूको
शारीरिक पुनरुत्थानलाई पाखा लगाउन
दुष्प्रयास गर्ने यस सिद्धान्तलाई
ख्रीष्टाब्द १७८० मा
कार्ल फ्रेडरिकले अगाडि
सारेका थिए ।
तलका ५ ओटा
तर्कहरूले यस परिकल्पनाको
खण्डन गर्छन् भनी
यस सिकारु विश्वस्त
छ ।
१. येशू
रोमी
क्रूसारोहणबाट
बाँच्न
सक्नुहुन्नथ्यो
।
रोमी
पद्धति यति होसियार
थियो कि क्रूसारोहणबाट
येशू बाँच्न सक्ने
सम्भावनालाई त्यसले नामेट पाथ्र्यो
। पेसेवार जल्लादहरूले
येशूलाई कोर्रा लगाएका थिए;
उहाँलाई निर्ममतापूर्वक पिटेका थिए ।
उहाँका हात र
खुट्टामा ६/६
इन्च लामा काँटीहरू
ठोकी उहाँलाई क्रूसमा
झुण्डयाइएको थियो ।
उहाँको शिरमा काँडाको मुकुट
लगाइएको थियो ।
रोमी कानुन यति
कडा थियो कि
मृत्युदण्ड पाएको अपराधी बाँचेको
खण्डमा सिपाहीलाई नै मृत्युदण्ड
दिइन्थ्यो ।
२. येशू
मर्नुभएको
थियो
भनी
शत्रुहरूसाथै
मित्रहरूले
निष्कर्ष
निकाले
।
येशू
शुक्रबार नै मरिसक्नुभएको
थियो भन्ने तथ्यमा
कसैले शङ्का गरेन
। प्रत्यक्षदर्शी यूहन्नाले
गवाही दिएका छन्
कि एक जना
सिपाहीले येशूको कोखामा घोच्दा
रगत र पानी
निस्क्यो (यूहन्ना १९:३४)
। यसले येशूको
फोक्सोले काम गर्न
छाडेकोले श्वास अवरोधबाट उहाँको
मृत्यु भइसकेको थियो भनी
देखाउँछ ।
क्रूसमा टाँगिएको व्यक्तिलाई चाँडै
मृत्युको मुखमा पुर्याउन खुट्टा
भाँच्ने गरिन्थ्यो । तर
येशूको मृत्यु भइसकेकोले सिपाहीहरूले
उहाँको खुट्टा भाँचेनन् (यूहन्ना
१९:३३) ।
येशूको मृत्यु भएको पक्का
थाहा भएपछि मात्रै
पिलातसले उहाँको मृत शरीर
योसेफलाई लैजाने अनुमति दिए
(मर्कूस १५:४५)
।
३. चेलाहरूले
वास्तवमै
पुनरुत्थान
हुनुभएका
येशूलाई
देखे
।
यदि
येशू ख्रीष्ट केवल
बेहासीपश्चात् चिहानबाट आउनुभएको थियो
भने उहाँमा शारीरिक
कमजोरीहरू हुनैपथ्र्यो । तर
पुनरुत्थानपश्चात् उहाँका विभिन्न प्रकटीकरणका
विवरणहरूमा यसको कुनै
सङ्केत पाईंदैन । पुनरुत्थानपश्चात्
येशूका प्रकटीकरणहरूलाई चेलाहरूले वास्तविक बौरी
उठाइको रूपमा बुझेका थिए
। येशू बेहोस
भएर चिहानबाट फर्कनुभएको
थियो भनी तिनीहरूले
कल्पनासमेत गरेका थिएनन् ।
चेलाहरूले रगताम्मे, शरीरभरि चोट
लागेका, औषधीको खाँचोमा परेका
येशूलाई देखेनन् । त्यस्तो
दृश्यले तिनीहरूलाई कहिल्यै बदल्दैनथ्यो
। तिनीहरूले मृत्युमाथि
विजय हासिल गर्नुभएका
येशूलाई देखे जसले
तिनीहरूलाई सदाको निम्ति परिवर्तन
गरिदिनुभयो ।
४. येशूको
चिहान
रुँग्न
पहरेदारहरूको
एउटा
दल
खटाइएको
थियो
।
येशूलाई
जुन चिहानमा राखिएको
थियो त्यसको मुखमा
एउटा ठुलो ढुङ्गो
राखिएको थियो जसमा
छाप लगाइएको थियो
। पहरेदारहरू चिहानको
सुरक्षाको लागि खटिएका
थिए । मर्नै
लागेको मान्छेले कसरी चिहानको
विशाल ढुङ्गोलाई हटाउन
सक्छ ? कसरी येशू
ती पहरेदारहरूबाट उम्केर
आउन सक्नुहुन्थ्यो ? के
येशूको मृत शरीर
कुनै पनि तरिकाले
त्यहाँबाट गायब नहोस्
भनेर पहरेदारहरू सजग
थिएनन् र ?
५. थुप्रै
गैरख्रीष्टियान
लेखकहरूले
क्रूसारोहणबाट
येशूको
मृत्यु
भएको
साक्षी
दिएका
छन्
।
येशूको
क्रूसारोहणको निम्ति हामीसँग चार
ओटा सुसमाचारीय श्रोतका
अतिरिक्त थुप्रै गैरख्रीष्टियान श्रोतहरू
पनि छन् ।
उदाहरणको लागि रोमी
इतिहासकार टासिटसले बताए कि
येशूले “तिबेरिअसको शासनकालमा चरम
दण्ड भोग्नुभयो ।”
यहूदी इतिहासकार योसिफसले
अभिलिखित गरेका छन् कि
पिलातसले “उहाँ [येशू]
लाई क्रूसारोहणको निम्ति
सुम्पिदिनुभयो ।” सामोसाटाका
ग्रिक व्यङ्ग्यकार लुसियनले
क्रूसारोहणलाई उल्लेख गरेका छन्
। मारा बार
सेरापियोनले येशूलाई मृत्युदण्ड दिइयो
भनी बताएका छन्
। यहूदी ताल्मुडले
पनि अभिलिखित गरेको
छ, “येशू झुण्डयाइनुभयो
।”
येशूको
पुनरुत्थानसित सम्बन्धित सबै विवरणहरूलाई
एकत्रित गरी तिनको
विश्लेषण गर्दा मुर्छाको सिद्धान्त
जाँच पडतालमा खडा
हुन सक्दैन ।
यो तर्कसङ्गत व्याख्या
हुन सक्दैन ।
येशू क्रूसबाट उम्कन
सक्नुहुन्थेन । उहाँ
मर्नुभयो । येशू
वास्तवमै मर्नुभएको थियो भनी
आधुनिक डाक्टरहरू पनि सहमत
छन् । तिन
जना डाक्टरहरूले निकालेको
निष्कर्ष यस्तो छ, “स्पष्टत:,
ऐतिहासिक र चिकित्सकीय
साक्षीले अङ्कित गर्छ कि
उहाँको दायाँपिट्ट भएको चोटलाई
खलबल्याउनुअगि उहाँ मरिसक्नुभएको
थियो र उहाँको
दायाँ करङको बिचमा
घुसारिएको भालाले सम्भवत: दाहिने
फोक्सोलाई मात्र छेडेन तर
मुटुको थैली र
मुटुलाई नै छेड्यो
जसबाट उहाँ निश्चित
तवरले मर्नुभएको थियो
भन्ने परम्परागत दृष्टिकोणलाई
पनि यसले समर्थन
गर्छ । तदनुसार,
येशू क्रूसमा मर्नुभएन
भन्ने अनुमानमा आश्रित
अर्थ खोलाइहरू आधुनिक
चिकित्सकीय ज्ञानसित बेमेल देखा
पर्छन् ।”