menu bar

Monday, October 19, 2015

दुष्टयाइँबारे १३ ओटा भनाइहरू



दुष्टयाइँ असल कुरोको अनुपस्थिति हो
रोनाल्ड रोडस, रक्षाशास्त्री, लेखकसाथै वक्ता

दुष्टयाइँ पाखुरामा लागेको चोट वा वस्त्रमा किराले बनाएको प्वालजस्तै हो यो अरूको कारणले गर्दा मात्र अस्तित्वमा , आफै अस्तित्वमा छैन
नर्मन गेइस्लर, रक्षाशास्त्री, दार्शनिक, ईश्वरशास्त्रीसाथै लेखक

दुष्टयाइँ भ्रम होइन, यो वास्तविक हो
नर्मन गेइस्लर तथा रोनाल्ड ब्रुक्स 

यदि परमेश्वर अस्तित्वमा हुनुहुन्न भने निरपेक्ष मापदण्ड छैन जसद्वारा कसैले कुनै कुरो (वा कोही व्यक्ति) लाई दुष्ट भनी न्याय गर्न सक्छ ।
रोनाल्ड रोडस, रक्षाशास्त्री, लेखकसाथै वक्ता

दुष्टयाइँको यथार्थताले वास्तवमा परमेश्वरको अस्तित्वलाई अप्रमाणित गर्नुको साटो उहाँको अस्तित्वको खाँचोलाई दर्शाउँछ
रोनाल्ड रोडस, रक्षाशास्त्री, लेखकसाथै वक्ता

यदि परमेश्वर पूर्णत: असल हुनुहुन्छ भने उहाँले दुष्टयाइँलाई पराजित गर्नुहुनेछ यदि परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ भने उहाँले दुष्टयाइँलाई पराजित गर्न सक्नुहुन्छ दुष्टयाइँलाई अझै पराजित गरिएको छैन तसर्थ, परमेश्वरले एक दिन दुष्टयाइँलाई पराजित गर्न सक्नुहुन्छ गर्नुहुनेछ
नर्मन गेइस्लर तथा रोनाल्ड ब्रुक्स
 
हाम्रो मार्गमा आइपरेका दर्दनाक परिस्थितिहरूलाई हामीले बुझ्न नसके तापनि तिनको अनुमतिको लागि उहाँ [परमेश्वर] सित कारण
रोनाल्ड रोडस, रक्षाशास्त्री, लेखकसाथै वक्ता

आज, मानिसहरू परमेश्वरको विरुद्धमा बागी बन्दै छन् हामी उहाँलाई सराप्छौँ; उहाँको उपेक्षा गर्छौं; हाम्रो आज्ञा उल्लङ्घनलाई प्रदर्शन गर्छौं घमन्ड, लालच स्वार्थबाट प्रेरित भई मानिसहरू एकले अर्काको विनाश गर्छन् परमेश्वरको पृथ्वीलाई जानाजानी दुरुपयोग गर्छन् दुषित् पार्छन् ... परमेश्वरले आफ्नो धैर्य नगुमाई हामी सबैलाई नष्ट पार्नुभएको छैन जुन उदेकको कुरो हो दुष्टयाइँलाई अनुमति दिनुभएको लागि परमेश्वरलाई निन्दा गर्नुको साटो हामीले पाउनुपर्ने दण्डलाई उहाँले रोक्नुभएको लागि हामी उहाँप्रति धन्यवादी हुनुपर्छ
डन स्टोरी, रक्षाशास्त्रीसाथै लेखक

परमेश्वरले दुष्टयाइँको सम्भाव्यतालाई सृजनुभयो मानवजातिले त्यस सम्भावनालाई वास्तविक बनाइदिए दुष्टयाइँको स्रोत परमेश्वरको शक्ति होइन तर मानवजातिको स्वतन्त्रता हो सर्वशक्तिमान् परमेश्वरले पनि यस्तो संसारको सृष्टि गर्न सक्नुहुन्थेन जसमा मानिससित विशुद्ध स्वतन्त्रता हुन्थ्यो पनि पापको लागि सम्भाव्यता हुन्नथ्यो किनकि हाम्रो स्वतन्त्रतामा पाप गर्ने सम्भावना सामेल
पिटर क्रिफ्ट, रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

परमेश्वर हाम्रो आनन्दमा कानेखुसी गर्नुहुन्छ; हाम्रो विवेकमा बोल्नुहुन्छ; तर हाम्रो दर्दमा चिच्च्याउनुहुन्छ बैरो संसारलाई जगाउने यो उहाँको मेगाफोन (ठुलो आवाज बनाउने यन्त्र) हो
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

ठिक यस सेवाअगि मैले एक जना जवान बहिनीलाई देखेँ मैले उनलाई भनेँ, ‘तपाईंले कहिले प्रभुलाई पाउनुभयो ?’ उनले जवाफ दिइन्, ‘ बेस्सरी बिरामी हुँदा हो, प्राय: यस्तै समयमा प्रभुलाई पाइन्छ हामीले परमेश्वरको विषयमा सोच्न सकूँ हामी उहाँकहाँ फर्कन सकूँ भन्ने हेतुले परमेश्वरले हाम्रो शरीरलाई बिसन्चो पार्नुहुन्छ ... महासङ्कष्ट कालो कुकुर हो जुन बरालिएका भेडाहरूको पछि दौडन्छ तिनीहरूलाई असल गोठालोकहाँ फर्काएर ल्याउन कराउने काम गर्छ हाम्रो आत्मालाई जोगाई त्यसलाई ख्रीष्टकहाँ ल्याउन सुधारको सजाय पवित्र अनुशासनजस्ता कुराहरू भएकोमा परमेश्वरलाई धन्यवाद दिन्छु
चाल्र्स स्परजिअन, पास्टर, लेखकसाथै प्रचारक   

दु:खकष्ट दुष्टयाइँलाई पराजित गर्ने परमेश्वरको तरिका हुन सक्छ
पिटर क्रिफ्ट, रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

एक पटक कसैले बिल्ली ग्राहमलाई सोध्यो, “यदि ख्रीष्टियमत जायज भने संसारमा किन थुप्रै दुष्टयाइँ छन् ?” प्रसिद्ध प्रचारकले जवाफ दिए, “थुप्रै साबुनका बाबजुत पनि संसारमा किन धेरै मानिसहरू फोहोरी छन् ? ख्रीष्टियमत साबुनजस्तै हो यदि यसले हाम्रो जीवनमा भिन्नता ल्याउने हो भने यसलाई व्यक्तिगत रूपमा लागु गरिनुपर्छ
बिल्ली ग्राहाम, सर्वश्रेष्ठ प्रचारक 




Leave Your Comments Here.