ख्रीष्टाब्द
१५७१ मा जर्मनीमा
जन्मेका जोहानन केप्लर गणितज्ञसाथै
खगोलविद् हुन् ।
सत्रौँ शताब्दीको वैज्ञानिक क्रान्तिका
मुख्य पात्र केप्लर
ग्रहको चालसम्बन्धी नियमहरूका लागि
प्रसिद्ध छन् ।
ग्रहको चालसम्बन्धी तिनका तिन
ओटा प्रसिद्ध नियमहरूलाई
विज्ञानमा प्रायश: अगिल्ला “प्राकृतिक
नियमहरू” भनिन्छ । तिनका
कृतिहरूले न्युटनको विश्यव्यापी गुरुत्वाकर्षणको
नियमको लागि आधार
तयार पारेका थिए
। चन्द्रमाको शक्तिको
कारणले गर्दा समुद्रमा ज्वारभाटा
आउँछ भनी बताउने
तिनी प्रथम वैज्ञानिक
हुन् । अन्य
थुप्रै खोजहरूका प्रतिपादक केप्लर
विश्व प्रसिद्ध वैज्ञानिक
हुनुको एउटा कारण
हो, तिनका खोजहरू
क्रान्तिकारी थिए ।
क्रान्तिकारी यस अर्थमा
कि प्राचीन वैज्ञानिक
अरस्तुको पृथ्वी–केन्द्रित सिद्धान्तलाई
तिनले बेठिक साबित
गरिदिएका थिए ।
जोहानन
केप्लर एक भक्त
ख्रीष्टियान थिए ।
पास्टर हुनको लागि तिनले
तिन वर्षको अध्ययन
गरे तापनि पछि
तिनको रुचि खगोल
विज्ञानतर्फ बढेको थियो ।
जीवनमा मनग्गे सङ्घर्णको अनुभूति
गरेका केप्लरको कृति
विश्वको
रहस्यको निष्कर्षमा
तिनले सबै महिमा
र प्रशंसा परमेश्वरलाई
दिएका छन् ।
तिनले एक पटक
यसो भनी प्रार्थना
चढाए, “कोपरनिकस [केप्लर
अगिका वैज्ञानिक]
ले जे साँचो
थियो भनी भनेका
थिए म त्यसमा
सफल हुन सकूँ
भनी मैले परमेश्वरलाई
निरन्तर रूपमा प्रार्थना चढाएको
छु ।” केप्लरको
मृत्युअगि एक जना
पास्टरले तिनले कसमाथि विश्वास
राखेका थिए भन्ने
प्रश्नमा तिनले जवाफ दिए,
“केवल हाम्रा उद्धारकर्ता
येशू ख्रीष्टको काममा
।”