लिओ
टाल्सटाय विश्व साहित्यमा एक
ओजस्वी नाउँ हो
। रुसी उपन्यासकार
टाल्सटायलाई एक महानतम
स्रष्टाको रूपमा आदर गरिन्छ
। वार एन्ड
पिस
र अन्ना करेनिना
नामक दुई ओटा
शक्तिशाली उपन्यासका लागि तिनी
विख्यात छन् ।
तिनका कृतिहरूले तिनको
जीवन कालमा मात्र
नभएर अनुगामी इतिहासमा
पनि विचारणीय प्रभाव
पारेका छन् ।
ख्रीष्टाब्द
१८२८ मा रुसमा
जन्मेका टाल्सटायले दुई वर्ष
नपुग्दै आफ्नी आमा गुमाएका
थिए । कुलीन
परिवारमा जन्मेका टाल्सटायले उपन्यास
अन्ना
करेनिनालाई पूर्णता
दिएसँगै तिनी आत्मिक
सङ्कष्टको भूमरीमा जेलिए ।
तिनी निकै निराश
भए । जीवनको
उद्देश्य प्राप्तिको लागि तिनले
सङ्घर्ष गरे ।
अन्तत: आत्महत्या गरी आफ्नो
जीवनलाई पाखा लगाउने
विचार गरे यी
विख्यात उपन्यासकार टाल्सटायले ।
तर तिनी रोकिए
।
ख्रीष्टाब्द
१८७९ मा तिनी
ख्रीष्टियमतमा आए
। ह्वाट आई
बिलिभ
नामक आफ्नो पुस्तकमा
तिनले खुला रूपमा
ख्रीष्टियान विश्वासलाई स्वीकार गरेको
तथ्यलाई अभिलिखित गरेका छन्
। तिनले येशू
ख्रीष्टको शिक्षामाथि विश्वास गरे,
खास गरी तिनी
डाँडाको उपदेश (मत्ती ५–७) बाट
औधी प्रभावित भएका
थिए ।
आर्थिक
भौतिकबाट नभई मानवीय
स्वभावको असल अवस्थालाई
वृद्धि गरेर सिद्ध
समाजको स्थापना गर्न सकिन्थ्यो
भन्ने टाल्सटायको विचार
रहेको थियो ।
तत्कालीन रुसी अर्थोडक्स
मण्डलीसित तिनको
पूर्णत: सहमति नभए तापनि
ख्रीष्टको शिक्षाको सारमा तिनी
रमाएका थिए ।