menu bar

Tuesday, October 20, 2015

६८ वर्षसम्म ख्रीष्टलाई इन्कार गरेका निभेलले बप्तिस्मा लिए



अप्रिल २००७ का दिन अमेरिकाको क्यालिफोर्नियास्थित क्रिस्टल मण्डलीभित्र ,००० भन्दा बेसी मानिसहरूको घुइँचो लागेको थियो, पाम सन्डे अर्थात् खजुरे आइतबारको उत्सव मनाउनका लागि उक्त दिन एक जना निडर व्यक्तिको लागि अविस्मरणीय दिन साबित हुन जाँदै थियो तिनले आफूले येशूमाथि विश्वास गरेको घोषणा गर्नै लागेका थिए तिनको नाउँ हो, इभेल निभेल

ख्रीष्टाब्द १९३८ मा अमेरिकामा जन्मेका निभेल साहसी व्यक्ति थिए चित्रकारसाथै मनोरञ्जनकर्ता निभेल मोटर साइकलको करामतको लागि परिचित छन् गिनिज बुकमा नाउँ लेखाउन सफल यी व्यक्तिले ६८ वर्षसम्म येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नदेखि इन्कार गरेका थिए तर अप्रिलमा दुनियाँले देख्ने गरी तिनले आफूले येशू ख्रीष्टमाथि पहिलो पटक विश्वास गरेको घोषणा गरे आवर अफ पावर नामक टेलिभिजन कार्यक्रमबाट १०० भन्दा बढी राष्ट्रका दसौँ लाख दर्शकहरूले उनको गवाहीलाई हेरिरहेका थिए  

आफ्नो परिवर्तनको अनुभवलाई तिनले यसो भन्दै व्याख्या गरे, “अकस्मात् मैले येशू ख्रीष्टमाथि विश्वास गरेँ मैले उहाँमाथि विश्वास गरेँ ! ... मैले घुँडा टेकेँ अनि प्रार्थना गरेँ कि परमेश्वरले आफ्ना पाखुरा मेरो वरिपरि राख्नुहुनेछ अनि कहिल्यै हटाउनुहुनेछैन कैयौँ मानिसहरूले तिनको निम्ति प्रार्थना गरिरहेका थिए भनी तिनले बताए

निभेलको अनुरोधमा टेलिभिजन हेरिरहेका दर्शकहरूका सामु क्रिस्टल मण्डलीमा पास्टर स्कुलरले तिनलाई बप्तिस्मा दिए तिनको शक्तिशाली गवाहीलाई सुनेपछि ५०० भन्दा बेसी मानिसहरूले सामूहिक रूपमा बप्तिस्मा लिएका थिए


     

Leave Your Comments Here.