ख्रीष्टाब्द
१७६४ मा कृष्ण
पलको जन्म भारतको
कलकत्तामा भएको थियो
। हिन्दु धर्ममा
जन्मेका कृष्ण पेसाले सिकर्मी
थिए । साँढे
तिन दसकको उमेरमा
काम गर्ने क्रममा
तिनको पाखुरा भाँचिएपछि
उपचारको लागि तिनी
डाक्टर जोन थोमसकहाँ
पुगे । थोमस
सर्वप्रथम नेपाली भाषामा नयाँ
करारलाई अनुवाद गर्ने विलियम
केरीद्वारा स्थापित मिसनरी समाजका
डाक्टर थिए ।
उपचारको
क्रममा अर्का मिसनरी जोसुआ
मार्सम्यानको सहायतामा डाक्टर थोमसले
कृष्णलाई अझै घातक
रोगको विषयमा बताए
। त्यो रोग
थियो, पाप ।
येशू ख्रीष्ट मानव–जातिको पापको लागि
क्रूसमा मर्नुभयो भन्ने कथाले
कृष्णको ह्दयलाई छोयो ।
त्यसपछि तिनले प्रभु येशूमाथि
विश्वास गरे ।
ख्रीष्टाब्द १,८००
को डिसेम्बर महिनामा
विलियम केरीको हातबाट तिनले
गंगा नदीमा पानीको
बप्तिस्मा लिए ।
यसरी, कृष्ण पल
ब्याप्टिस्ट सम्प्रदायमा आउने पहिलो
भारतीय ख्रीष्टियान मात्र बनेनन्
तिनी मिसनरी केरीको
सात वर्षे परिश्रमको
पहिलो फल पनि
बने ।
कृष्णले
विश्वास गरेको केही समयपछि
तिनका अन्य नातेदारहरूले
पनि तिनकै पाइला
पछ्याउँदै प्रभु येशू ख्रीष्टलाई
अङ्गाले । तिनीहरू
विश्वासी बनेको क्षणदेखि नै
तिनीहरूले जातपातलाई मान्न इन्कार
गरेका थिए ।
जुनसुकै जातको भए तापनि
तिनीहरू सँगसँगै प्रभु–भोजमा
सामेल हुन्थे ।
आफ्नो
जीवन प्रभु येशूमा
समर्पित गरेपछि कृष्ण एक
प्रचारक बने ।
तिनी विभिन्न ठाउँमा
सुसमाचार सुनाउन हिँडे ।
तिनले बङ्गाली भाषामा
प्रसिद्ध भजनहरू पनि लेखेका
छन् । तिनका
कैयौँ भजनहरू अङ्ग्रेजी
भाषामा पनि अनुवाद
गरिएका छन् ।
प्रचारकसाथै भजन लेखक
कृष्ण ख्रीष्टाब्द १८२२
मा आफ्नो अनन्त
घरमा प्रस्थान गरे
।