menu bar

Tuesday, October 6, 2015

पुरातात्त्विक खोज पत्ता लागेसँगै बाइबलका आलोचाकहरू स्तब्ध पारिए



प्रेरितहरूका काम नामक पुस्तक बाइबलको नयाँ करारको पाँचौँ पुस्तक हो जसले ख्रीष्टियान मण्डलीको स्थापना रोमी साम्राज्यमा ख्रीष्टियान सन्देशको फैलावटलाई अभिलिखित गर्दछ लगभग ख्रीष्टाब्द ६२ तिर लेखिएको यो पुस्तक डा. लूकाको दोस्रो पुस्तक हो (तिनको पहिलो पुस्तक लूकाको सुसमाचार हो जुन नयाँ करारको तेस्रो पुस्तक हो) आफ्नो दोस्रो पुस्तकमा डा. लूकाले प्रेरित पावल तिनका सहकर्मीहरूका सुसमाचारीय यात्रालाई सबिस्तार ढङ्गमा वर्णन गरेका छन् पावलले वर्तमान समयका टर्की ग्रिसका भूगोलहरूमा यात्रा गरेका थिए  

आफ्नो इतिहासलाई अभिलिखित गर्ने क्रममा डा. लूकाले लेखेका छन् कि हुलदङ्गा मच्चाउने भिडले पावल सिलासलाई फेला पार्न नसकेकाले तिनीहरूलेयासोन कुनैकुनै भाइहरूलाई सहरका शासकहरूकहाँ यसो भनेर कराउँदै घिस्स्याएर ल्याए, ‘संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् तिनीहरू यासोनका पाहुना भएका छन्, तिनीहरू सबैले येशू भन्ने एक जना अर्कै राजा छन् भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन् यो कुरा सुनेर मानिसहरू सहरका शासकहरू आत्तिए उनीहरूले यासोन तिनका साथमा भएका बाँकी मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए” (प्रेरित १७:)  

नेपाली बाइबलमा उल्लिखितसहरका शासकहरूअङ्ग्रेजी rulers of the city को अनुवाद हो जसलाई ग्रिक भाषामा पोलिटार्खस भनिन्छ डा. लूकाले आफ्नो ऐतिहासिक पुस्तकमा यस ग्रिक शब्दलाई दुई पटक उल्लेख गरेका छन् (१७: )

थेसलोनिकेका अधिकारीहरूलाई उल्लेख गर्न डा. लूकाले यस शब्द (पोलिटार्खस) को प्रयोग गरेकाले लूकाले आफ्नो इतिहासमा भुल गरेका छन् भनी नयाँ करारका आलोचकहरूले लामो समयदेखि लूकालाई दोष लगाउँदै आएका थिए आलोचकहरूको तर्क थियो कि सहरका अधिकारीहरूलाई उल्लेख गर्न ग्रिक साहित्यमा यो शब्दको प्रयोग गरिएको छैन त्यस्ता ओहोदाका मानिसहरूलाई उल्लेख गर्न स्ट्रिटिगोई (दण्डाधिकारीहरू) वा एक्सुसिआइस (अधिकारीहरू) जस्ता सामान्य ग्रिक शब्दहरूको प्रयोग गरिनुपथ्र्यो भन्ने आलोचकहरूको दाबी गरेको रहेको थियो आलोचकहरू प्रश्न गर्थे, “अस्तित्वमा नै नभएको शब्दलाई इतिहासकार लूकाले कसरी प्रयोग गरे ?”

तर पुरातात्त्विक खोजले बाइबलका आलोचकहरूलाई फेरि एक चोटि स्तब्ध पारिदिएको ख्रीष्टाब्द १८३५ मा थेसलोनिकेको अर्धवृत्ताकार संरचनामा एउटा शिलालेख फेला पारिएको थियो जसमा शब्द पोलिटार्खस पनि उल्लिखित थियो १८६७ मा उक्त संरचना नष्ट गरिए तापनि शिलालेख भने ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित ख्रीष्टाब्द १९६० मा कार्ल स्कुलरले पोलिटार्खस लेखिएको ३२ ओटा शिलालेखको सूची प्रकाशित गरे जसमध्ये झण्डै १९ ओटा थेसलोनिकेमा फेला पारिएका थिए कम से कम तिन ओटा पहिलो शताब्दीका शिलालेखहरू थिए ३० ख्रीष्टपूर्वदेखि ख्रीष्टाब्द १४३ को मिति दिइएको एउटा विशेष शिलालेख यसरी आरम्भ हुन्छ, “सहरका शासकहरू [पोलिटार्खस] को समयमा ...

खोजपछिका खोजले एकातिर बाइबलका आलोचकहरूलाई तिनीहरूको दृष्टिकोण बदल्न बाध्य पारिदिएका छन् भने अर्कोतिर डा. लूकालाई प्राचीन संसारको विश्वसनीय इतिहासकारको रूपमा उभ्याइदिएका छन्          

Leave Your Comments Here.