एउटा
ख्रीष्टियान भेलामा एक जना
नाउँ चलेका प्रचारकलाई
प्रवचन तोड्नका लागि निमन्त्रणा
दिइएको थियो ।
प्रचारको समय आएपछि
वक्ताको खोजी गर्दा
तिनलाई कतै पनि
फेला पारिएन ।
अगुवाहरूले भवनको चारैतिर खोजेपछि
अन्तत: तिनलाई देखे— तिनी
पुरुष शौचालय सर
सफाइ गर्दै थिए
। ती वक्ता
हुन्, तोयोहिको कागवा
।
कागवा
ख्रीष्टियान शान्तिवादी, सुधारक, उपन्यासकारसाथै
श्रम अभियन्ता हुन्
। जापानी अधिकारीहरूका
उग्र आलोचना र
यदाकदा कारावासको बाबजुत पनि
तिनले जीवनमा १५०
भन्दा बेसी पुस्तकहरू
लेखे । सामाजिक
सुशासनमा ख्रीष्टियान सिद्धान्तहरूलाई लागु
गराउन तिनी परिश्रमपूर्वक
लागिरहे— लेखेर, बोलेर र
गरेर । गरिबहरूलाई
मदत गर्ने क्रममा
कागवा तिनीहरूकै बिचमा
जिए । तिनले
स्कुल, अस्पतालसाथै मण्डलीहरू स्थापना
गरेका छन् ।
तोयोहिको
कागवाको जन्म १०
जुलाई १८८८ मा
जापानमा भएको थियो
। धनी परिवारमा
जन्मेका कागवाले चार वर्षको
उमेरमा नै आफ्ना
माता पितालाई गुमाएका
थिए । तिनी
ठिटो हुँदा जापानमा
ख्रीष्टियमत प्राय: अज्ञात नै
थियो । तिनको
जन्मको सोह् वर्षपश्चात्
मात्रै जापानले धार्मिक स्वतन्त्रता
पाएको थियो ।
कागवा
जन्मेको गाउँमा गाउँलेहरूको जुवा
खेल्ने आदत थियो
। तिनी पनि
तिनीहरूसँगै मिसिन्थे र तिनी
निकै सिपालु जुवाडे
बने । तिनले
स्कुलमा बुद्ध धर्म र
कन्फ्युसियस धर्मको बारेमा सिके जसले
तिनलाई असल केटो
बन्न सिकाउँथे ।
तिनको प्रयासको बाबजुत
पनि तिनी असल
केटो बन्न सकेनन्
।
एक
दिन ख्रीष्टको प्रेम
र बलिदानको बारेमा
तोडिएको प्रवचनलाई सुनेपछि तिनी
औधी प्रभावित भए
र पछि तिनले
येशू ख्रीष्टमाथि विश्वास
गरे अनि पन्ध्र
वर्षको उमेरमा बप्तिस्मा लिए
।
अमेरिकाबाट
ईश्वरशास्त्रको अध्ययन गरेर फर्केपछि
कागवा ख्रीष्टियान सामाजिककर्ता
बने र जापानी
कामदारहरूलाई ट्रेड युनियनको सदस्य
बनाउने काममा लागे ।
तिनले शान्तिवादको वकालत
गर्थे र तिनी
अहिंसात्मक आन्दोलनका पक्षधर थिए
। कागवा जापानी
सैन्यवाद र दोस्रो
विश्व युद्धमा जापानको
भूमिकाको खरो विरोधी
थिए । साहित्य
र शान्तिको क्षेत्रमा
नोबेल पुरस्कारको लागि
तिनको नाउँ दुई–दुई पटक
चुनिएको थियो ।
आफ्नो
जीवन कालभरि तिनी
पक्का सुसमाचार प्रचारक
थिए । सामाजिक
न्याय, शान्ति र गरिबहरूका
निम्ति तिनले गरेको परिश्रम
ख्रीष्टियान शिक्षाप्रति तिनको प्रतिबद्धताको
उपज थिए ।
ट्रेड
युनियनमा कागवाको भूमिकाको लागि
ख्रीष्टाब्द १९२१ र
१९२२ मा तिनी
छोटो समयमो लागि
गिरफ्तार गरिए ।
जेलमुक्त भएपछि जापानी श्रम
सङ्घको स्थापनाको लागि तिनले
उल्लेखनीय भूमिका निभाए ।
२३
अप्रिल १९२३ मा
यस धरतीबाट सदाको
लागि बिदा हुनुअगि
तिनले भनेका आखिरी
वचनहरू मननयोग्य छन्, “कृपया,
विश्व शान्ति र
जापानको मण्डलीको लागि तपाईंहरूले
गर्न सक्ने जति
गर्नुस् ।”
कागवाको
मृत्यृपश्चात् तिनी जापानको
दोस्रो उच्चतम इनामद्वारा आभूषित
गरिए । इतिहासकार
रिचार्ड हेन्रीका अनुसार कागवा
“निस्सन्देह, बिसौँ शताब्दीका महानतम
मानिसहरूमध्ये एक हुन्
र सामाजिकसाथै राजनीतिक
सुधारको क्षेत्रमा जापानको इतिहासमा
तिनी सर्वाधिक सृजनशील
व्यक्तिहरूमध्ये एक हुन्
।”