“हाम्रा
परमेश्वर शक्तिशाली कील्ला हुनुहुन्छ”
नामक भजन सर्वोत्तम
भजनहरूको सूचीमा पर्छ ।
ख्रीष्टाब्द १५२९ तिर
सुधारवादी मार्टिन लुथरद्वारा रचिएको
यस भजनलाई “सुधारवादको
राष्ट्रिय गान” भनिएको
छ । यस
भजनलाई अङ्ग्रेजी भाषामा मात्रै
कम से कम
७१ पटक अनुवाद
गरिएको छ ।
ख्रीष्टियान जगत्मा गाइने अन्य
कुनै पनि भजनभन्दा
यस भजनलाई सबैभन्दा
बेसी भाषाहरूमा अनुवाद
गरिएको छ ।
संसारका विभिन्न मण्डलीहरूमा आज
पनि लाखौँ मानिसहरूले
यसलाई गाउँछन् ।
भजनसङ्ग्रह
४६ का वचनहरूको
आधारमा रचना गरिएको
यस भजनले परमेश्वरको
सार्वभौम शक्तिको जयजयकार गर्दछ
। उहाँको शक्ति
सारा पृथ्वी र
संसारका सबै शक्तिहरूभन्दा
माथि छ भनी
यसले उहाँको तारिफ
गर्दछ । यसको
प्रकाशनपश्चात् सारा युरोपभरि
यसको लोकप्रियता ह्वात्तै
बढेको थियो ।
कुन
परिस्थितिमा यो भजन
लेखिएको थियो होला
भन्ने सम्बन्धमा विभिन्न
परिकल्पनाहरू अगाडि सारिएको भए
तापनि एउटा तथ्यचाहिँ
प्रस्ट छ कि
यस भजनले धेरैलाई
प्रेरणा दिनुका साथै यसले
मानिसको ह्दयलाई सान्त्वना दिएको
छ । क्याथोलिकहरूले
यसलाई लामो समयसम्म
मन नपराए तापनि
आज तिनीहरूका भजन
पुस्तकहरूमा पनि यस
गितलाई समावेश गरिएको पाइन्छ
।