आदम
र हव्वाबाट जन्मेका
सन्तानहरूमध्ये कयिन जेठा
थिए भने हाबिल
माहिला । कयिन
किसान बने भने
हाबिल गोठाला ।
मानव–जातिद्वारा परमेश्वरलाई
भेटी चढाइएको पहिलो
उदाहरण उत्पत्ति ४ अध्यायमा
पाइन्छ जहाँ परमेश्वरले
हाबिलको भेटीलाई ग्रहण गर्नुभएको
छ भने कयिनको
भेटीलाई इन्कार गर्नुभएको छ,
“केही समय बितेपछि
कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही
ल्याए । तर
हाबिलले आफ्ना भेडाको बगालबाट
पहिलो बियाएका पाठाहरूका
बोसे भाग ल्याए
। परमप्रभुले हाबिल
र तिनको भेटी
ग्रहण गर्नुभयो, तर
कयिन र उनको
भेटी ग्रहण गर्नुभएन”
(उत्पत्ति ४:३–५) ।
बारम्बार सोधिएको प्रश्न यो
हो कि किन
परमेश्वरले कयिनको भेटी ग्रहण
गर्नुभएन जब कि
हाबिलको भेटी ग्रहण
गर्नुभयो ?
प्रस्ट
कारण अभिलिखित नगरिएकोले
बाइबल विद्यार्थीहरूले विभिन्न
धारणाहरू अगाडि सारेका छन्
जसमध्ये चार ओटा
मुख्य छन् ।
१. यो
परमेश्वरको
रोजाइ
थियो
।
एउटा
भेटीको स्वीकार र अर्को
भेटीको इन्कार परमेश्वरको आफ्नै
रोजाइको उपज हो
भनी यस दृष्टिकोणले
तर्क गर्दछ ।
स्वीकार तथा इन्कार
भेटीको गुणमा नभई उहाँको
छनौटमा आश्रित छ ।
२. कयिनको
भेटी
रगतविनाको
बलिदान
थियो
।
हाबिलको
भेटी रगतसहितको थियो
भने कयिनको रगतविनाको
। रगतसहितको बलिदानलाई
मात्र परमेश्वरले स्वीकार
गर्नुहुने भएकोले परमेश्वरले कयिनको
बलिदानलाई इन्कार गर्नुभयो ।
कयिनले मानवीय विधिद्वारा परमेश्वरसित
सम्बन्ध गाँस्न खोजे भने
हाबिलले ईश्वरीय विधिद्वारा ।
हिब्रूका लेखक बताउँछन्,
“विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले
भन्दा अझ ग्रहणयोग्य
बलि चढाए, र
त्यसद्वारा नै हाबिल
धर्मी ठहरिए ।”
भेटीको प्रकृतिको कारणले गर्दा
नै परमेश्वरले कयिनको
भेटीलाई इन्कार गर्नुभएको थियो
भनी धेरैले यसलाई
बुझ्दछन् ।
३. कयिनको
भेटी
गुणस्तरहीन
थियो
।
कयिनले
भूमिको उब्जनीबाट परमेश्वरलाई जे
चढाएका थिए त्यो
गुणस्तरहीन थियो भन्ने
अर्को सम्भाव्य कारण
हुन सक्छ ।
हाबिलले पहिले जन्मेको पाठा
ल्याए भन्ने तथ्यले
यस तर्कलाई मजबुत
बनाउँछ । कयिनको
भेटीले तिनको हेलचेक्र्याइँलाई दर्शाउँछ
। कयिनको जीवनमा
पापको समस्या भएकोले
तिनले परमप्रभुलाई सर्वोत्तम
चढाएनन् ।
४. कयिनको
मनसाय
नै
गलत
थियो
।
भेटी
रगतविनाको थियो कि
रगतसहितको थियो वा
भेटी गुणस्तरीय थियो
कि गुणस्तरहीन थियो
भन्ने कुरामा परमेश्वरले
चासो राख्नुभएन तर
परमेश्वरले भेटी चढाउनेको
मनसायद्वारा उहाँले भेटीको मूल्याङ्कन
गर्नुभयो भनी यसका
समर्थकहरू तर्क गर्छन्
। कयिनको ह्दय
अशुद्ध भएकोले परमेश्वरले तिनको
भेटीलाई इन्कार गर्नुभयो ।
भेटीको निम्ति प्रयोग गरिएको
हिब्रू शब्दले चौथो दृष्टिकोणलाई
मजबुत बनाउँछ ।
कयिन र हाबिल
दुवैले ल्याएको भेटीलाई हिब्रूमा
मिनहा
भनिएको छ जुन
रगतसहतिको बलिदानलाई उल्लेख गर्ने
सामान्य शब्द होइन
। उत्पत्ति ४
ले प्रस्ट पार्छ
कि तिनीहरूले परमेश्वरको
सामु भेटी ल्याए,
बलिदान होइन ।
कयिनको भेटीको गुणस्तरबारे यस
अध्यायमा केही बताइएको
छैन ।
कयिन
र हाबिलको विषयमा
बाइबलका पछिल्ला खण्डहरूमा पनि
बताइएको छ ।
कयिनलाई दुष्ट भनिएको छ
भने हाबिललाई धर्मी
। येशूले हाबिललाई
“धर्मी जन” भन्नुभयो
(मत्ती २३:३५)
। कयिन र
हाबिलको विषयमा प्रेरित यूहन्ना
लेख्छन्, “कयिनजस्तो नहोओ, जो
दुष्टको थियो ।
उसले आफ्नो भाइको
हत्या गर्यो ।
उसले आफ्नो भाइको
हत्या किन गर्यो
? किनकि उसका आफ्ना
कामहरू दुष्ट थिए, अनि
उसको भाइका कामहरूचाहिँ
धार्मिक थिए” (१ यूहन्ना
३:१२) ।
यहूदाले कयिनको चालमा हिँड्नेहरूलाई
“धिक्कार छ !” भनेका
छन् (यहूदा ११)
।
निष्कर्षमा,
किन परमेश्वरले कयिनको
भेटीलाई इन्कार गर्नुभयो तर
हाबिलको भेटीलाई स्वीकार गर्नुभयो
भनी बाइबलमा प्रस्ट
रूपमा कारण नखुलाइएकोले
विभिन्न अवधारणाहरू देखा परेका
छन् यद्यपि चौथोचाहिँ
दृष्टिकोण मजबुतजस्तो देखिन्छ ।