menu bar

Saturday, October 31, 2015

के बाइबलले तिन ओटा स्वर्गको चर्चा गर्दछ (२ कोरिन्थी १२:१) ?




पावलले चिनेको एक जना मानिस (तिनी आफै ?) तेस्रो स्वर्गसम्म उचालिए भनी तिनले बताएका छन् ( कोरिन्थी १२:) तिनको भनाइबाट प्रस्ट हुन्छ कि पहिलो दोस्रो स्वर्ग पनि अस्तित्वमा छन्

आज हामीले विश्व अर्थात् युनिभर्सलाई जुन दृष्टिकोणबाट बुझ्दछौँ प्राचीन समयका मानिसहरूले त्यसरी बुझ्दैनथ्ये तिनीहरूले त्यसरी नै लेखे जसरी तिनीहरूले बुझे स्वर्गको बारेमा उल्लेख गर्ने पदहरूलाई एकत्रित गरी अध्ययन गर्दा हामी यही निष्कर्षमा पुग्छौँ कि बाइबलले तिन ओटा बेग्लाबेग्लै स्वर्गको चर्चा गरेको

. पहिलो स्वर्गपृथ्वीको वायुमण्डल
पहिलो स्वर्गमा पृथ्वीको वरिपरिको वायुमण्डल पर्दछ प्राविधिक भाषामा यसलाई न्यूनमण्डल (अर्थात् ट्रोपोस्फेएर) भनिन्छ यो पृथ्वीको वायुमण्डलको सबैभन्दा तल्लो भाग हो यो पृथ्वीको सतहदेखि झण्डै बिस माइल माथिसम्म फैलिएको यो त्यही स्थान हो जहाँ हामी सास फेर्छौं; हामीले वृष्टि पाउँछौँ अनि चराचुरुङ्गीहरू रमाउँछन् यस स्वर्गको बारेमा चर्चा गर्ने तलका यी केही पदहरू हुन्:
  • परमप्रभुले आकाश [अङ्ग्रेजीमा ह्याभेन्स अर्थात् स्वर्ग], आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ (व्यवस्था २८:१२)
  • तिनले फेरि प्रार्थना गरे, आकाश [अङ्ग्रेजीमा ह्याभेन अर्थात् स्वर्ग] बाट वर्षा भयो, भूमिले उब्जनी दियो (याकूब :१८)

. दोस्रो स्वर्गअन्तरिक्ष
यो पृथ्वीको वायुमण्डलभन्दा बाहिरको स्थान हो जसलाई अन्तरिक्ष भनिन्छ यहीँ नै सूर्य, चन्द्रमासाथै ताराहरू छन्   
  • तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान , तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन्   उहाँले आकाश [अङ्ग्रेजीमा ह्याभेन्स अर्थात् स्वर्ग] मा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको (भजनसंग्रह १९:)
  • आकाश [अङ्ग्रेजीमा ह्याभेन अर्थात् स्वर्ग] का ताराहरू तिनका तारापुञ्जले आफ्नो चमक दिनेछैनन् सूर्य पनि उदय हुँदाहुँदै अँध्यारो हुनेछ, चन्द्रमाले ज्योति दिनेछैन (यशैया १३:१०)  

. तेस्रो स्वर्गपरमेश्वरको वासस्थान
यो त्यो ठाउँ हो जहाँ परमेश्वर बास गर्नुहुन्छ परमेश्वर सर्वव्यापी हुनुभएकोले उहाँ कुनै एउटा निश्चित भूगोलमा सिमित नहुनु भए तापनि उहाँ स्वर्गमा बास गर्नुहुन्छ भनी धर्मशास्त्रले बताउँछ
  • यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, तिनीहरूले तिमीहरूका सुकर्म देखून्, स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् (मत्ती :१६)
  • अब हामीले भन्न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ (हिब्रू :)

माथिका यी खण्डहरूबाट हामी बुझ्छौँ कि बाइबल धर्मशास्त्रमा तिन ओटा बेग्लाबेग्लै किसिमका स्वर्गको उल्लेख गरिएको यद्यपि नेपाली बाइबलमा पहिलो दोस्रो किसिमको स्वर्गलाई उल्लेख गर्नआकाशभनी अनुवाद गरिएको पृथ्वीको वरिपरिको वायुमण्डल पहिलो स्वर्ग हो जहाँबाट हामी वृष्टि पाउँछौँ त्यसभन्दा माथिको भाग दोस्रो स्वर्ग अर्थात् अन्तरिक्ष हो जहाँ सूर्यलगायतका आकाशीय पिण्डहरू छन् तेस्रो स्वर्ग परमेश्वरको वासस्थान हो   



Leave Your Comments Here.