तिनले
आफूलाई इङ्गल्यान्डको राजधानी लन्डनमा तयार
पार्दै थिए, नेपालको
छिमेकी मुलुकमा मिसनरी भई
प्रभुको सेवा गर्न
। त्यसै क्रममा
तिनको भेट एउटा
गरिब परिवारसँग भयो
। घर मुलीले
ती प्रभुका जनलाई
प्रार्थनाको लागि अनुरोध
गरे । तिनकी
पत्नी सिकिस्त थिइन्
जो उठेर बस्न
पनि सक्दिनथिइन् ।
जेठोचाहिँले भर्खरै जन्मेको बच्चालाई
बोकिरहेको थियो ।
त्यो शिशु पोषणको
कमीले कमजोर भएको
थियो । खानाको
कमीले बाँकी पाँच
जना सन्तानका शरीरमा
छाला र हड्डीसिवाय
केही देखिँदैनथ्यो ।
ती
प्रभुका जनले उक्त
परिवारको लागि प्रार्थना
त गरे तर
तिनी बेचैन भए
। भौतिक रूपमा
नै केही सहयोग
गर्नुपर्छ भन्ने लाग्यो तिनलाई
। तिनीसँग भाडाको
लागि तिर्न राखिएको
पैसा मात्र थियो
। त्यही पैसा
पनि तिनले भोलिपल्ट
तिर्नुपर्ने थियो ।
ती प्रभुका जनसँग
आफ्नै खानाको लागि
पनि पैसा थिएन
। तथापि तिनले
आफूसित भएका सबै
रुपियाँ ती गरिब
मानिसलाई दिए ।
ती
प्रभुका जन घर
फर्के । आफूले मूर्ख काम
गरेको जस्तो लाग्यो
तिनलाई । भाडा
नतिरेको खण्डमा तिनी आफै
नै घरविहीन हुनेथिए
। तिनले परमेश्वरलाई
बिन्ती चढाए र
भाडा माग्न आउने
घरधनीलाई के भन्ने
भनी आफूलाई तयार
पारे ।
भोलि
पल्ट बिहान घरधनी
आए र तिनले
प्रभुका जनको हातमा
एउटा चिठी थमाइदिँदै
यसो भने, “तिमीले
आज भाडा तिर्नुपर्छ
।” आफ्नो समस्याबारे
बताउन नपाउँदै ती
घर धनी आफ्ना
कामधन्दामा लागे ।
चिठी खोलेर हेर्दा
प्रभुका जन तिन
छक खाए, “तिमीलाई
यसको काम लाग्नेछ
भनी हामी आशा
गर्दछौँ ।” त्यहाँ
तिनको भाडा र
खानाको लागि पैसा
राखिएको रहेछ ।
ती
प्रभुका जनको नाउँ
हो— हडसन टेलर
। ख्रीष्टाब्द १८३२
मा इङ्गल्यान्डमा जन्मेका
टेलर चीनमा मिसनरी
भएर आएका थिए
जुन भूमिमा तिनले
५१ वर्ष बिताए
।