menu bar

Monday, November 30, 2015

मण्डलीबारे १४ ओटा भनाइहरू



जहाँसुकै हामी परमेश्वरको वचनलाई विशुद्ध रूपमा प्रचार गरिएको सुनिएको देख्छौँ त्यहाँ परमेश्वरको मण्डली अस्तित्वमा हुन्छ, यद्यपि त्यहाँ थुप्रै त्रुटिहरू नै किन नहोऊन्
जोन काल्भिन, ईश्वरशास्त्री, लेखकसाथै पास्टर 

तपाईं मण्डलीप्रति समर्पित हुनुभई ख्रीष्टप्रति समर्पित नहुन सक्नुहुन्छ तर तपाईं ख्रीष्टप्रति समर्पित नहुनुभई मण्डलीप्रति समर्पित हुन सक्नुहुन्न
जोएल ओस्टिन,

मण्डली सभाहरूमा हुने विश्वासयोग्य उपस्थितिले यस्ता आशिष्हरू ल्याउँछ जुन तपाईंले अन्य कुनै पनि तरिकाले प्राप्त गर्न सक्नुहुन्न
एज्रा टी. बेनसन

मण्डली मानवजातिको लागि खडा हुँदा मात्र यो साँचो अस्तित्व बनेको हुन्छ
डाइट्रिच बोनहफर, ईश्वरशास्त्री, पास्टरसाथै लेखक 

मण्डली परमेश्वरका सन्तानको जमघट हो जहाँ तिनीहरूलाई बच्चालाई जस्तै मदत गर्न सकिन्छ खुवाउन सकिन्छ अनि तिनीहरूलाई आमाले जस्तै हेरचाह गर्न सकिन्छ त्यसपछि तिनीहरू विश्वासको परिपक्वतामा बढ्छन्
जोन काल्भिन, ईश्वरशास्त्री, लेखकसाथै पास्टर 

जसरी परमेश्वरको इच्छा सृष्टि हो यसलाईसंसारभनिन्छ, त्यसै गरी उहाँको मनसाय मानिसहरूको उद्धार हो जसलाईमण्डलीभनिन्छ
क्लेमेन्ट (अलेक्ज्यान्ड्रियाका), मण्डलीपिता, ईश्वरशास्त्री

मण्डली मात्र एउटा यस्तो संस्था हो जसलाई परमेश्वरद्वारा अलौकिक रूपमा योग्य तुल्याइएको यो एउटा यस्तो संस्था हो जसको बारेमा येशूले प्रतिज्ञा गर्नुभयो कि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्
चाल्र्स कोलसन, वकिलसाथै लेखक

जहाँ परमेश्वरको मण्डली हुन्छ त्यहाँ परमेश्वरका आत्मा हुनुहुन्छ जहाँ परमेश्वरका आत्मा हुनुहुन्छ त्यहाँ मण्डली सारा अनुग्रह हुन्छ
आइरेनियस, रक्षाशास्त्री, बिशपसाथै मण्डलीपिता

ख्रीष्टियान मण्डली धर्मीहरूको सभा होइन यो त्यस्ताहरूको समाज हो जो असल छैनन् भनी तिनीहरू जान्दछन्
डी. . स्टिभेन्सन

पृथ्वीमा मण्डली मात्र एउटा यस्तो समाज हो जुन गैरसदस्यहरूको फाइदाको लागि अस्तित्वमा
विलियम टेम्पल

सहिदहरूको रगत मण्डलीको बिउ हो
तर्तुलियन, लेखकसाथै रक्षाशास्त्री 

मण्डलीले विनम्रताको बारेमा सिक्नुपर्छ   यसलाई सिकाउनैपर्छ
जर्ज बर्नाड सा, नाटककार, समालोचकसाथै समाजवादी 

मण्डली कुनै उद्देश्यको लागि नभई ख्रीष्टमा मानिसहरूलाई खिँच्न, तिनीहरूलाई साना ख्रीष्टहरू बनाउन अस्तित्वमा यदि यसले त्यसो गरिरहेको छैन भने सबै मण्डली भवन, पादरी, मिसन, प्रवचन, बाइबल आफै पनि समयको बर्बादी मात्र हुन् परमेश्वर मानिस बन्नुभयो, अरू कुनै उद्देश्यको लागि होइन
सी. एस. लेविस, रक्षाशास्त्री, उपन्यासकारसाथै समालोचक

साँचो मण्डली कहिल्यै असफल हुन सक्दैन किनकि यो चट्टानमाथि बसालिएको
टी. एस. एलिअट



Leave Your Comments Here.


Sunday, November 29, 2015

मालीद्वारा बचाइएको बालक दुई पटक इङ्गल्यान्डको प्रधानमन्त्री बने



त्यो मित्रहरूको जमघट थियो तर त्यो रमाइलो भेटघाट झण्डै शोकपूर्ण कोलाहलमा परिणत भएको थियो एक जना बच्चा गहिरो पानीभित्र खस्यो उसको गुहारलाई काम गर्ने मालीले सुने ती माली पानीभित्र हामफाले अनि तिनले डुबिरहेको बच्चालाई सकुशल उद्धार गरे ती बच्चालाई पछि सारा दुनियाँले विन्सटन चर्चिलको नाउँले चिन्यो

ख्रीष्टाब्द १८७४ मा इङ्गल्यान्डमा जन्मेका चर्चिल दुई पटक इङ्गल्यान्डका प्रधानमन्त्री बने ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने तिनी इतिहासकार, लेखकसाथै कलाकार पनि थिए तिनले साहित्यमा नोबेल पुरस्कार जितेका थिए

त्यसरी मालीद्वारा बच्चाको उद्धार गरिएपछि बुबा आमाले मालीलाई इनाम दिन चाहे अनकनाउँदै तिनले भने, “कुनै दिन मेरो छोरो कलेज जाओस् डाक्टर बनोस् भन्ने मेरो इच्छा चर्चिलका मातापिताले प्रतिज्ञा गरे, “हामी हेर्नेछौँ

वर्षौं बितेपछि चर्चिल इङ्गल्यान्डको प्रधानमन्त्रीको पदमा थिए तिनलाई निमोनियाले समात्यो मुलुककै सबैभन्दा उत्कृष्ट डाक्टरलाई बोलाइयो तिनको नाउँ थियो, डा. अलेक्जान्डर फ्लेमिङ्ग जसले पेन्सिलिनको आविष्कार गरेका थिए उदेकको कुरो के थियो भने यी डाक्टर तिनै मालीका छोरा थिए जसले चर्चिललाई पानीमा डुब्नबाट बचाएका थिए   

Leave Your Comments Here.


Saturday, November 28, 2015

शाऊलले दाऊदलाई चिनेका थिए (१ शमूएल १६:१९–२१) वा थिएनन् (१ शमूएल १७:५५–५६) ?



शमूएल १६:१९२१ मा अभिलिखित विवरणबाट प्रस्ट हुन्छ कि राजा शाऊलले दाऊदलाई चिनेका थिए, “यसैकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए, भेडा चराउने तिनका छोरा दाऊदलाई शाऊलकहाँ पठाउने हुकुम गरे यिशैले एक मशक दाखमद्य एउटा पाठोसमेत रोटीले लादिएको गधा आफ्नो छोरा दाऊदसँग शाऊलकहाँ पठाइदिए दाऊद शाऊलकहाँ आए, उनको सेवामा नियुक्त गरिए शाऊलले तिनलाई खूबै प्रेम गर्न लागे, तिनी शाऊलका हतियार बोक्ने भए तर दाऊदले गोल्यतलाई मारिसकेपछि दाऊदको विषयमा शाऊलले जुन प्रश्न गरेका छन् त्यसबाट राजाले दाऊदलाई चिन्दैनथ्ये जस्तो देखिन्छ, “शाऊलले दाऊदलाई त्यस पलिश्तीको विरुद्धमा गइरहेका देख्दा, उनले आफ्ना सेनापति अबनेरलाई सोधे, ‘अबनेर, त्यो ठिटो कसको छोरो हो ?’ अबनेरले भने, ‘हजूरका जीवनको शपथ खाएर भन्दछु कि मलाई थाहा छैन राजाले अबनेरलाई भने, ‘त्यो ठिटो कसको छोरो रहेछ, निधो गर’” ( शमूएल १७:५५५६) यी दुई ओटा विवरणलाई पढ्दा राजा शाऊलले दाऊदलाई पहिले चिनेका थिए तर पछि नचिनेको जस्तो देखिन्छ बाइबलका आलोचकहरूले यसलाई बाइबलमा अन्तर्विरोध भन्ने प्रमाणको रूपमा पेस गर्छन् वास्तविकता के हो ?

निस्सन्देह, शाऊलले दाऊदलाई चिनेका थिए यदि तिनले चिनेका थिएनन् भने तिनले यसरी सोध्थे, “तिम्रो नाउँ के हो ?” दाऊदले गोल्यतमाथि विजय हासिल गरेपछि तिनका पिता को रहेछन् भनी राजा जान्न चाहन्थे त्यसैले, राजाको प्रश्न थियो, “त्यो ठिटो कसको छोरो हो ?” दाऊदको अद्भूत विजय देखेपछि दाऊदको परिवारमा तिनीजस्ता अरू वीर पुरुषहरू पनि छन् कि भनेर राजाले जान्न चाहेका थिए किनभने यो जिज्ञासा शाऊलको नीतिसित मेल खान्थ्योशाऊलको जीवनपर्यन्त पलिश्तीहरूसित घमासान भइरह्यो   उनले भेट्टाएको कुनै पनि बलियो वा वीर मानिसलाई शाऊलले आफ्नो काममा नियुक्त गरिहाल्थे” ( शमूएल १४:५२)

तब हामी उचित तवरले निष्कर्ष निकाल्न सक्छौँ कि यी दुई ओटा प्रसङ्गमा अन्तर्विरोध छैन यी दुई ओटा विवरणहरूलाई तिनीहरूका आफ्नै सन्दर्भमा बुझ्दा ती जायजै देखिन्छन्      

Leave Your Comments Here.


Friday, November 27, 2015

म्याकडोलले असम्भवजस्तो देखिने प्रार्थनाको जवाफ पाए



ख्रीष्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल ख्रीष्टियान रक्षाशास्त्री, सुसमाचार प्रचारकसाथै लेखक हुन् तिनी लगभग ११५ ओटा पुस्तकका लेखकसाथै सहलेखक हुन्

म्याकडोल क्यालिफोर्नियास्थित सेमिनारीमा अध्ययन गरिरहँदा तिनका पिता प्रभुको घरमा प्रस्थान गरेका थिए तिनकी आमाको वर्षौं पहिले नै निधन भइसकेको थियो तर आमाले उद्धार पाएकी थिइन् या थिइनन् भन्ने विषयमा म्याकडोल अन्योलमा थिए कतै उनले मुक्ति नै पाएकी थिइनन् कि भनेर म्याकडोल चिन्तित थिए

त्यसैले, तिनले प्रार्थना गरे, “हे प्रभु, मलाई कुनै तरिकाले तपाईंले जवाफ दिनुहोस् ताकि सामान्य अवस्थामा फर्कन सकूँ यो जान्न चाहन्छु लाग्थ्यो, यो एउटा असम्भव अनुरोध थियो

दुई दिनपश्चात् म्याकडोलले एउटी स्त्रीलाई भेटे जसले तिनलाई सोधिन्, “तपाईंको मूल घर कहाँ हो ?”

म्याकडोलको जवाफ थियो, “मिचिगनको युनियन सहरमा

स्त्रीले भनिन्, “त्यहाँ मेरो एक जना नातेदार थियो के तपाईंले म्याकडोलको परिवारलाई चिन्नुहुन्थ्यो ?”

छक्क पर्दै म्याकडोले जवाफ फर्काए, “ जोस म्याकडोल हुँ

स्त्रीले भनिन्, “पत्याउनै गाहे भो तपाईंकी आमाको काकीकी छोरी हुँ

मेरो आमाको आत्मिक जीबनबारे तपाईंलाई केही याद ?” म्याकडोलले जान्न चाहे

उनले व्याख्या गरिन्, “याद नि सहरमा जागृति सभा आउँदा हामी किशोरी अवस्थाका केटीहरू थियौँ चौथो साँझमा ख्रीष्टलाई स्वीकार गर्न हामी दुवै जना अगाडि बढेका थियौँ

खुसीले गद्गद् हुँदै म्याकडोल उफ्रिए, “प्रभुको स्तुति होस् !” तिनले आफूले खोजेको प्रार्थनाको जवाफ पाएका थिए



Leave Your Comments Here.


Thursday, November 26, 2015

परमेश्वरले परिचित बाइबल शिक्षक आइरनसाइडको प्रार्थना यसरी सुन्नुभयो



एच. . आइरनसाइड एक परिचित बाइबल शिक्षकको नाउँ हो ख्रीष्टाब्द १८७६ मा क्यानडामा जन्मेका आइरनसाइड बाइबल शिक्षक, प्रचारक, ईश्वरशास्त्री, पास्टरसाथै लेखक बने तिनले असी ओटाभन्दा बेसी पुस्तकसाथै पर्चाहरू प्रकाशित गरे तिनी कहिल्यै अभिषिक्त नभए तापनि आत्मिक कुराहरूका निम्ति तिनमा ह्दयदेखिको भोक थियो तिनले अमेरिकाको एउटा ख्याति प्राप्त मण्डलीलाई १८ वर्षसम्म अगुवाइ गरे

अमेरिकाको दल्लास थियोलोजिकल सेमिनारीले आर्थिक समस्या झेलिरहँदा त्यसलाई सहयोग गर्न आइरनसाइडलाई अनुरोध गरियो एक बिहान तिनले सेमिनारीका कर्मचारीहरूलाई प्रार्थना भेलामा निम्तो थिए पवित्र निराशासहित तिनले प्रार्थना गरे, “हे प्रभु, हामी जान्दछौँ कि तपाईं हजारौँ डाँडाहरूका गाईबस्तुका मालिक हुनुहुन्छ केहीलाई बेचेर हामीलाई पैसा पठाइदिनुस् ” 

केही मिनेट बित्न नपाउँदै एक जना पशु पालक अफिसमा देखा परे व्यापारको लागि भनेर तिनले भर्खरै थुप्रै गाईहरू बेचेका रहेछन् तर त्यो असफल भएको रहेछ त्यसैले, बाइबल स्कुलले त्यो रुपियाँपैसा प्रयोग गर्न सक्छ भनी तिनी त्यहाँ आएका रहेछन् चेक हस्तान्तरण गरी तिनी त्यहाँबाट प्रस्थान गरे बाइबल स्कुलको बचावटको लागि त्यो पैसाको आवश्यकता थियो

वचनमा लेखिएको , “हे मेरो प्रजा, सुन्, तँसँग बोल्नेछु, हे इस्राएल, तेरो विरुद्धमा गवाही दिनेछु परमेश्वर हुँ, तेरा परमेश्वर तेरा बलिदानहरूका लागि तँलाई दोष दिन्नँ, वा तेरा होमबलिहरूका लागि, जो निरन्तर मेरो सामुन्ने छन् तेरो गोठको साँढे, अथवा तेरा गोठहरूबाट बोकाको मलाई आवश्यकता छैन किनकि जङ्गलको हरेक बस्तु हजारौँ डाँडाहरूका गाईबस्तु मेरै हुन्” (भजनसंग्रह ५०:१०)


    

Leave Your Comments Here.