ख्रीष्टाब्द
१८८० मा जेकब
स्पाफोर्ड नाउँ गरेका
जवान ठिटोले यरूशलेमको
पूर्वपट्टि पर्ने सिलवान गाउँमा
एउटा शिलालेख फेला
पारे जसलाई सिलोआमको शिलालेख भनिन्छ । सिलोआम
तलाउमा पानी लैजाने
सुरुङ पार गर्ने
क्रममा तिनले अकस्मात् उक्त
शिलालेख पत्ता लगाएका थिए
।
यहूदाका
राजा हिजकियाले आठौँ
शताब्दी ख्रीष्टपूर्वमा सिलोआम तलाउको निर्माण
गरेका थिए ।
गीहोन नदीको माथिल्लो
मूललाई थुनेर १,७७७
फिट लामो चट्टानको
सुरुङमार्फत राजाले यस तलाउमा
पानी ल्याएका थिए
। अश्शूरीहरूको सम्भाव्य
आक्रमणबारे राजा हिजकिया
दूरदर्शी थिए ।
त्यसैले आक्रमणको बेलामा यरूशलेममा
पानीको हाहाकार नहोस् भन्ने
हेतुले राजाले सुरुङ खनेर
पानी ल्याएका थिए
।
यहूदाका
तेहैँ राजा हिजकियाद्वारा
निर्मित सिलोआमको सुरुङको पूर्णताबारे
बयान गरिएको यस
शिलालेखलाई ७०० ख्रीष्टपूर्वको
मिति दिइएको छ
। यसको अर्थ
हुन्छ कि यो
आजभन्दा लगभग २,७०० वर्ष
पुरानो शिलालेख हो ।
प्राचीन हिब्रू भाषामा लेखिएको
यस खोजमा जम्माजम्मी
६ ओटा हरफहरू
छन् । १.३२ मिटर
चौडाइ र ०.२१ मिटर
उचाइ भएको यस
शिलालेखलाई हाल टर्कीको
इस्तानबुल
आर्खियोलोजी
म्युजियम्समा राखिएको
छ ।
बाइबलीय
पुरातत्त्वविद्याको अध्ययनमा सिलोआमको शिलालेख
महत्त्वपूर्ण छ ।
२ राजा २०:२० ले
बताउँछ, “हिजकियाको राजकालका अरू
घटनाहरू र तिनका
सबै उपलब्धिहरू, र
तिनले कसरी पोखरी
र सुरुङ बनाएर
सहरमा पानी ल्याए
के ती यहूदाका
राजाहरूका इतिहासको पुस्तकमा लेखिएका
छैनन् र ?” नयाँ
करारमा सिलोआमको तलाउको उल्लेख
येशूको आश्चर्यकर्मसित जोडिएर आएको छ,
“ यी कुरा भनेर
उहाँ [येशू
ख्रीष्ट] ले भूइँमा
थुक्नुभयो, र थूकले
माटो मुछेर लेप
बनाई त्यसका आँखामा
लगाइदिनुभयो । अनि
उहाँले त्यसलाई भन्नुभयो, ‘जाऊ,
सिलोआमको (जसको अर्थ
हो, पठाइएको) तलाउमा
गएर पखाल ।’
त्यसले गएर पखाल्यो,
र देख्ने भएर
फक्र्यो” (यूहन्ना ९:६–७) ।
आठौँ
शताब्दी ख्रीष्टपूर्वका राजा हिजकियाले
सुरुङ खनेर यरूशलेममा
पानी ल्याएका थिए
भन्ने बाइबलीय विवरणसित
यो खोज सोर्है
आना मेल खान्छ । बाइबलको
ऐतिहासिकताको पुष्टि गर्ने यो
अर्को महत्त्वपूर्ण खोज
हो ।