menu bar

Monday, November 2, 2015

विश्वासबारे ११ ओटा भनाइहरू


सूर्योदयमाथि विश्वास गरेझैँ ख्रीष्टियमतमाथि विश्वास गर्दछु, मैले यसलाई देखेकोले गर्दा मात्रै होइन तर यसद्वारा मैले हरेक कुरोलाई देखेकोले गर्दा पनि हो
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

बचाउने ख्रीष्टियान विश्वासबारे भएको बाइबलीय दृष्टिकोणमा कहिल्यै अन्धो भएर छलाङ् मार्ने कुरो पर्दैन हामीले सत्यतालाई जान्न सक्छौँ, केवल कुनै आत्मिक वा रहस्यमय तरिकाले होइन भन्ने अवधारणामा येशू आफै नै निश्चित हुनुहुन्थ्यो हामीले परमेश्वर, मानिस उद्धारको विषयमा वस्तुपरक तरिकाले जान्न सक्छौँ भनी उहाँले सिकाउनुभयो त्यही नै अनुसन्धान, साक्षीका उत्कृष्ट रूपहरू हुन् होसियार तर्क गराइले निश्चय नै परमेश्वर हाम्रा निम्ति उहाँका महान् योजनाहरूतर्फ लैजान्छ
क्रेग हाजेन, लेखकसाथै सम्पादक

विश्वासमा पर्याप्त साक्षी हुनैपर्छ, नत्रभने यो केवल अन्धविश्वास बन्छ
अर्खिबाल्ड अलेक्ज्यान्डर होज, पास्टरसाथै लेखक

प्रत्येक विज्ञान कुनै कुनै मात्रामा विश्वासबाट आरम्भ हुन्छ , यसको विपरीत विज्ञानतर्फ नडोर्याउने विश्वास गलत विश्वास वा अन्धविश्वास हुन्छ, त्यो वास्तविक वा विशुद्ध विश्वास हुँदैन
अब्राहाम कुपर, ईश्वरशास्त्री, पत्रकारसाथै राजनीतिज्ञ

ख्रीष्टियान विश्वास सबैभन्दा युक्तिसङ्गत विश्वदृष्टि हो भनी पूर्णत: विश्वस्त छु
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक

ख्रीष्टियान विश्वासको मुटुमा येशूको मृत्यु पुनरुत्थानको कथा
जोन ओर्टबर्ग, लेखक, वक्तासाथै पास्टर

ख्रीष्टियान विश्वास ... आधारभूत रूपमा प्रेम, प्रेम गरिने मिलापको विषयमा हो यी कुराहरू अति नै महत्त्वपूर्ण छन्; ती आधारभूत छन् तिनले व्यक्तिसाथै परिवारलाई रूपान्तरण गर्न सक्छन्
फिलिप यान्सी, ख्रीष्टियान लेखक

ख्रीष्टको शारीरिक बौरी उठाइमाथि विश्वास गर्दछु यो मेरो ख्रीष्टियान विश्वासको कुनेढुङ्गो हो
फ्रान्सिस कोलिन्स, ख्रीष्टियान वैज्ञानिक

तर्क विश्वासको पूर्वानुमान हो विश्वास तर्कको समाप्ति हो
पावल तिलिक, ख्रीष्टियान दार्शनिकसाथै ईश्वरशास्त्री

विश्वास भनेको तपाईंले पुरै भर्याङलाई नदेख्नु भए तापनि तपाईंले चाल्ने पहिलो कदम हो
मार्टिन लुथर किङ्ग, पास्टर, अभियन्तासाथै मानवतावादी

विश्वासले प्रश्नहरूलाई नामेट गर्दैन तर तिनलाई कहाँ लैजाने भनी विश्वासलाई थाहा
एलिजाबेथ एलिअट, लेखिकासाथै वक्ता 




Leave Your Comments Here.