सेवाको
मूल्याङ्कन गर्ने निरीक्षकले विश्वासयोग्य
पास्टरसँग गुनासे गरे, “तपाईंको
मण्डलीमा यो वर्षभरि
जम्मा एक जनाले
मात्र विश्वास गरेको
छ । त्यो
पनि केटो !”
त्यस्तो
कुरो सुनेपछि त्यही
दिन गरुङ्गो ह्दय
लिएर पास्टरले प्रार्थना
गरिरहँदा कोही व्यक्ति
तिनीकहाँ आएको तिनले
थाहा पाए ।
ती अरू कोही
नभएर त्यही ठिटो
थिए ।
ठिटोले
भने, “पास्टर बा,
तपाईंको विचारमा के कुनै
दिन म प्रचारक
वा मिसनरी बन्छु
होला ?”
त्यस
विषयमा प्रार्थना गर्न र
परमेश्वरको इच्छाको खोजी गर्न
पास्टरले केटोलाई उत्साह दिए
। यी तिनै
ठिटा थिए जसलाई
पछि विश्वले रोबर्ट
मोफाटको नाउँले चिन्यो ।
अठारौँ
शताब्दीको अन्त्यतिर स्कटल्यान्डमा जन्मेका
रोबर्ट मोफाट अफ्रिकामा मिसनरी
भएर गएका थिए
। विश्व प्रसिद्ध
मिसनरी डेभिड लिभिङ्गस्टोनका ससुरा
मोफाट सेत्सवाना भाषामा
बाइबललाई अनुवाद गर्ने प्रथम
अनुवादक हुन् ।
कथा
यहीँ टुङ्गिदैन ।
वर्षौं बितेपछि मोफाटले एउटा
मण्डलीमा प्रचार गरिरहेका थिए
जहाँ एक जवान
मानिसले पनि उपस्थिति
जनाएको थियो ।
मोफाटको प्रचारद्वारा ती जवान
मानिस औधी प्रभावित
भए । ती
थिए— डेभिड लिभिङ्गस्टोन
।
उन्नाइसौँ
शताब्दीको पूर्वाद्धमा स्कटल्यान्डमा जन्मेका
लिभिङ्गस्टोन मिसनरीसाथै अन्वेषक थिए
। मिसनरी गाथामा
तिनको नाउँ स्वर्णीम
अक्षरले लेखिएका छन् ।
तिनी हिरो हुन्
। अफ्रिकाका लागि
मिसनरी भएर गएका
यी नायकलाई थरीथरीका
पदवीले रङ्ग्याउँदा पनि अपुरै
हुन्छ: मिसनरी, सहिद, डाक्टर,
वैज्ञानिक अनुसन्धानकर्तासाथै अन्वेषक, साम्राज्य सुधारवादी,
दास प्रथा विरुद्धको
अभियन्ता आदि ।
यी
सबै फल हात
पार्नुको पछाडिको कथा थियो—
ती विश्वासयोग्य पास्टरले
ती जवान मानिसलाई
उत्साह दिएका थिए ।