menu bar

Thursday, November 19, 2015

पहिलो पटक येशूको फिल्म हेर्ने जङ्गली जातिले अनौठो प्रतिक्रिया देखायो



पूर्वी एसियाको जङ्गलमा बस्ने एउटा जातिको बिचमा मिसनरीहरूले येशूको फिल्म देखाउँदै थिए त्यहाँका स्थानीयहरूलाई सुसमाचार सुनाउने हेतुले यो फिल्म देखाइएको थियो यी मानिसहरूमध्ये केहीले येशूको बारेमा कहिल्यै सुनेका थिएनन् तिनीहरूले कहिल्यै चलचित्र देखेका थिएनन् पहिलो पटक तिनीहरूले आफ्नो जीवन कालमा फिल्म हेर्न पाएका थिए त्यो तिनीहरूको आफ्नै भाषामा थियो

येशूका ती आश्चर्यपूर्ण कामहरूलाई तिनीहरूले निकै ध्यान लगाएर हेरिरहेका थिए तिनीहरूले येशूलाई कोर्रा लगाइरहेका दृश्य देख्दा तिनीहरू ती क्रूर सिपाहीहरूको विरुद्धमा यति धेरै चिच्च्याए कि तिनीहरूले त्यसलाई रोक्न आदेश दिए

केही पनि नभएपछि तिनीहरू मिसनरीमाथि आइलाग्न थाले सायद मिसनरीले गर्दा पो यस्तो अन्याय भएको थियो कि ! मिसनरी फिल्म रोक्न बाध्य भए कथा सकिएको छैन भनी जब मिसनरीले व्याख्या गरे त्यसपछि आफ्ना भावनालाई काबुमा राख्दै तिनीहरू फेरि भुइँमा बसे

क्रूसारोहणको दृश्य आयो तिनीहरूले आफूलाई नियन्त्रण गर्न सकेनन् तिनीहरू यति ठुलो सोरमा रुन चिच्च्याउन थाले कि पुन: फिल्मलाई बन्द गरिनुपर्यो कथा अझै सकिएको छैन भनी व्याख्या गर्दै मिसनरीले तिनीहरूलाई शान्त पार्ने प्रयत्न गरे तिनीहरू फेरि बसेर बाँकी भाग हेर्न थाले

त्यसपछि पुनरुत्थानको दृश्य आयो त्यहाँ कोलाहल मच्चियो तर यस पटक फरक उद्देश्यको लागि थियो त्यो भेला एकै छिनमा भोजमा परिणत भयो त्यो हर्षोल्लास विजयको ध्वनि थियो त्यहाँ गुञ्जायमान भएको थियो मानिसहरू नाच्दै थिए, रमाउँदै थिए किनकि येशू वास्तवमै बौरी उठ्नुभएको थियो    

Leave Your Comments Here.