menu bar

Monday, November 9, 2015

मान्छेको मासु खाने टापुवासीहरूलाई बदल्यो येशूको सुसमाचारले




प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देशको नाउँ हो, फिजी एक जना कलेजका प्राध्यापक त्यहाँ पुगे जो धार्मिक दृष्टिकोणबाट अज्ञेयवादी थिए परमेश्वर हुनुहुन्छ या हुनुहुन्न भनेर जान्न सकिँदैन भनी विश्वास गर्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ

ती अज्ञेयवादी प्राध्यापकले एक जना मुखियालाई भने, “तपाईं महान् अगुवा हुनुहुन्छ तर मिसनरीहरूले तपाईंलाई पङ्गु बनाएकोमा मलाई दु: लागेको तपाईंलाई प्रयोग गरेर तिनीहरू केवल धनी हुन चाहन्छन् अब बाइबललाई कसैले विश्वास गर्दैन ख्रीष्ट येशू मानवजातिको पापको लागि क्रूसमा मर्नुभयो भन्ने थोत्रो कथा सुनेर मानिसहरू वाक्क भइसकेका छन् तिनीहरूका कथालाई स्वीकार गरेर तपाईं पटमूर्ख हुनुभएकोमा मलाई दु: लगेको

ती पाका मुखियाले जवाफ दिए, “त्यो ठुलो चट्टानलाई तपाईं देख्नुहुन्छ ? त्यहाँ हामीले हाम्रा मानिसका शिरहरूलाई धुजाधुजा बनाउँथ्यौँ त्यहाँ नजिकै भएको आगोको भट्टीलाई देख्नुहुन्छ ? त्यहाँ हामीले हाम्रा शत्रुका शरीरहरूलाई जलाउँथ्यौँ यदि ती मिसनरीहरूले बताएको येशूको प्रेमद्वारा हामी मान्छेको मासु खाने जातिबाट ख्रीष्टियानमा परिवर्तन नभएको भए तपाईं यहाँबाट कहिल्यै जिउँदै फर्केर जान सक्नुहुन्नथ्यो हाम्रा मानिसहरूले तपाईंलाई खाइदिन्थे त्यसैले, सुसमाचारको लागि प्रभुप्रति धन्यवादी हुनुस् बाइबलको कारणले गर्दा हामी नबद्लिएको भए तपाईं हाम्रो खाना बन्नुहुन्थ्यो ”       

Leave Your Comments Here.